
बुटवल, साउन ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले कृषि क्षेत्रको विकासको लागि विद्यालय स्तरमा प्राविधिक धार(कृषि)को अध्यापन गराउने वातावरण मिलाउन प्रदेश सरकारसंग छलफल अगाडी बढाएको छ ।
कृषि क्षेत्रको विकास विना आर्थिक समृद्धिको परिकल्पन गर्न ग्राह्रो हुने भन्दै मन्त्रालयले प्रदेश ५ सरकारका मुख्य मन्त्री शंकर पोखरेलसंग छलफल अगाडी बढाएको हो ।
प्रदेश ५ सरकारले गत बर्ष देखि सुरु गरेको स्मार्ट कृषि गाउँको उपलब्धी, यसको प्रभावकारीताको विषयमा विहिबार मुख्य मन्त्री कार्यालयमा विज्ञ सहितको छलफल गरिएको जनाइएको छ ।
कृषि तथा वन विश्वविद्यालय अध्यायन संस्थानका प्रोफेसर प्रो.डा. ईश्वरी कडरिया, अरुण के.सि. र पक्लिहवा कृषि क्याम्पसका प्रोफेसर जन्मजय गैरे लगाएत्का बिज्ञहरु छलफलमा सहभागीता रहेको थियो ।
उत्पादन दोब्बर के कसरी गर्न सकिन्छ भन्ने विषयमा आवश्यक छलफल गरिएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले जानकारी दिनुभयो ।
कृषि मन्त्रालयका श्रीमान सचिव बैकुण्ठ अधिकारी, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरे, कृषि विकास महाशाखा प्रमुख श्रीधर ज्ञवाली, माननीय मुख्यमन्त्री का निजि सचिव कृष्ण के.सि., स्वकीय सचिव सरोज रेग्मी, प्रेस सल्लाहकार शेर ब. के.सी. लगायतको सहभागीता रहेको थियो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलेका स्वकीय सचिव सुर्य रोकायका अनुसार बाँके जिल्लाको कोहलपुरको समग्र विकास तथा प्रत्येक विद्यालयमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने विषयमा समेत छलफल गरिएको जानकारी दिनुभयो ।