कृषि विकास निर्देशनालयद्धारा दुई स्थानमा मुल्य सूची बोर्ड स्थापना

  • मूल्यसूची बोर्ड स्थापना
  • बुटवल, साउन ।
    कृषि विकास निर्देशनालय प्रदेश ५ ले बुटवलले मूल्यसूची बोर्ड स्थापना गरेको छ। उपभोक्ताबाट जनगुनासो आएपछि बुटवलको दुई स्थानमा मूल्यसूची बोर्ड राखेको हो ।

    कृषि विकास निर्देशनालयका अनुसार बुटवलको कृषि उपज थोक बजार केन्द्र र बुटवल–८ सुख्खानगरमा रहेका पैचो पसल प्रालि मा मूल्यसूची देखिने गरी डिस्प्ले बोर्ड राखिएको छ।

    कृषि विकास निर्देशनालयका योजना अधिकृत युवराज ढकालले निर्देशनालयको सहयोगमा दैनिक रुपमा थोक तथा खुद्रा मूल्यको अपडेट गर्ने गरी दुई स्थानमा डिजिटल बोर्ड राखिएको जानकारी दिनुभयो ।

    निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले संघको सशर्त बजेटअनुसार डिजिटल बोर्डको स्थापना गरिएको हो । उहाँका अनुसार डिजिटल बोर्ड १ फिट चौडाई र ६ फिट लम्बाइको छ। मूल्यमा एकरूपता ल्याउन, बजारको मूल्यका बारेमा उपभोक्तालाई जानकारी दिन र मूल्य सोध्दै हिड्ने झन्झटबाट मुक्त दिनका लागि डिजिटर बोर्ड फलदायी हुने देवकोटाको भनाई छ।

    © 2025 krishipatra All right reserved