बुटवल
प्रदेश नम्बर ५ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका २५ वटै मातहतका कार्यालयहरु को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्टि दुई दिने गोष्ठी बुटवलमा सुरु भएको छ ।
मन्त्रालयका सचीव बैकुण्ठ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
गोष्ठीमा कृषि बिकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटा र पशुपक्षी तथा मत्स्य बिकास निर्देशनालयका प्रमुख दिपक भुसाल, कृषि बिकास महाशाखा प्रमुख श्रीधर ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु लाई योजना महाशाखा प्रमुख बिनोद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रम सञ्चालन कृषि प्रशार अधिकृत आशा भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन कृषि ज्ञान केन्द्र र प्रयोगशालाहरु बाट प्रस्तुति भयो भने श्रवाण ९ गते भेटेनरी अस्पताल तथा बिज्ञ केन्द्र ले प्रस्तुति गर्ने कार्यक्रम तय गरिएको छ ।