कोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रादेशिक कार्याशाला आयोजना

बुटवल,  साउन ।  भुमि व्यववस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजना बुटवलमा कोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रदेशस्तरीय एक दिने कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । सहकारीमा आवद्ध रहेका पदाधिकारीहरु तथा सदस्यहरुको विचमा सहकारी व्यवस्थापन, व्यवसायीक रुपमा सहकारीले के कसरी काम गर्ने भन्ने विषयमा कार्यशाला गोष्ठी आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
भुमि व्यवसथ कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सहकारी बाट नै प्रदेशको आर्थिक समृद्धिको आधार हुने विश्वास सरकारले लिएको जानकारी दिदै खासगरी कृषि कर्ममा सहकारीको विशेष महत्व रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो–‘हामी सहकारीको माध्यमबाट किसानहरुको जीवनस्तर माथि उकास्ने योजनामा रहेका छौं । ’


सहकारीताको माध्यमबाट उद्यमशिलता विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले प्रदेश सरकार सहकारी मार्फत के कसरी व्यवसायीकता बनाउने र उद्यमशिलता बनाउने भन्ने विषयमा लागिपरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा भौतिक पुर्वाधार विकास समितिका सभापती आशा स्वर्णकार, समाजिक विकास समितिका सभापती दृग नारायण पाण्डे, प्रदेश सभा सदस्यहरु दिपा विश्वकर्मा, पुष्पा थरुनी, डा.कृष्ण न्यौपाने, तुल्सी चौैधरी, दीपेन्द्र पुन, आशा स्वर्णकार, भोज राज श्रेष्ठ ,कमला विश्वकर्मा, अष्ठनारायण पाठक, रमा अर्याल लगायतले सहकारीताको विविध विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बोल्दै सहकारीले स्थानिय स्तरमा उद्यमशिलता विकासमा महत्पूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । कार्य   शालामा सहकारी बिज्ञहरु डाखगराज शर्मा ले प्रदेश सहकारी ऐनको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अर्का विज्ञ दमोदर अधिकारी ले समृद्ध प्रदेशको लागि सहकारी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै प्रदेश ५ सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले प्रदेशका १२ जिल्लामा रहेका सहकारीहरुको अवस्था, सहकारीले गरेका कामको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा पशुपन्छी बिकास महाशाखा प्रमुख डा.प्रदिप शर्मा पौडेलको स्वागत र अधिकृत ज्ञानहरी पन्थी को संचालनमा भएको थियो ।

© 2024 krishipatra All right reserved