नेपालमै पहिलो पटक बुटवलमा सडक पुष्पखेती प्रर्दशनी हुँदै 

  • योगीकुटी देखि बुटवल चौराहसम्म ५० हजार सयपत्रीफुलका विरुवा रोपिने
  • बुटवल, साउन
    पुष्पखेतीमा आत्र्मनिभर बनाउने उदेश्यका साथ बुटवलमा पहिलो पटक सडक पुष्प खेती प्रर्दशनीको तयारी गरिएको छ । खासगरी तिहारलाई लक्षित गरेर भारतबाट आयात हुने सयपत्री फुललाई रोक्नको लागि घर घरमा सयपत्री फुलका विरुवा उत्पादन गर्नलाई प्रेरित गर्नको लागि सडक पुष्प खेती प्रर्दशनी गर्न लागिएको हो ।

    लुम्बिनी पुष्प व्यवसायी संघको आयोजनामा हुन लागेको यस्तो प्रकृतिको प्रर्दशनी नेपालमै पहिलो भएको दावि गरिएको छ । लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेले बुटवलको योगीकुटी देखि राजमार्ग चौराह सम्म सडककको दुई डिभाईडरमा नमुना पुष्प खेती गरिने जानकारी दिए । उनका अनुसार पुष्प खेती प्रर्दशनीको लागि १२ वटा टोल विकास संस्थाहरुले सहभागीता जनाउने पक्का पाएको छ ।
    लुम्बिनी नर्सरी तिलोत्तमा तथा बुटवल तामनगर नर्सरीले विरुवा उत्पादनको लागि १÷१ लाख रुपैयाँ लगानी गर्ने भएका छन् । उनले खासगरी लुम्बिनी भ्रमण बर्षलाई समेत लक्षित गरेर यस्तो प्रकृतिको सडक पुष्प पर्दशनी गर्न लागिएको जानकारी दिए ।

    सडक डिभाईडरमा त सयपत्री फुल फुलाउन सकिन्छ भने घर घरमा त अवश्यक पनि फुल फुलाउन सकिन्छ भन्ने मुल भावलाई जागृ गर्नकोलागि यस्तो प्रकृतिको अभियानको थालनी गर्न लागिएको लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेको भनाई रहेको छ ।
    डिभाईडरमा सयत्र पत्री, मखमली, गोदावारी फुल करिव ५० हजार विरुवा रोपीने छन् । यसरी रोपीएका विरुवाको हेरचाह, संरक्षण तथा उत्कृष्ठ बनाउने जिम्मा दर्ता गरिएका टोल विकास समिति, आमा समुह वा फर्मको हुने छ ।

    दुई पटकका फुलका विरुवा फुलाउने गरी गरिएको यो तयारीमा पहिलो पटक दशैंको सेरोफेरोमा मुल्यांकन गरिने छ भने दोस्रो पटक तिहारको बेलामा मुल्यांकन गरिने छ । यसरी मुल्यांकन गरिएको फुलको उत्कृष्ठताको अधारमा उत्कृष्ठ ४ वटा समुह लाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
    उत्कृष्ठ समुहलाई २५ हजार, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार र सान्तवना स्थान प्राप्त गर्ने समुहलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने गरी तयारी गरिएको लुम्बिनी पुष्प व्यवसायी संघले जनाएको छ ।

    दशैं तिहारकोसमयमा भारतबाट ठुलो मात्रामा फुल आयात हुने गरेको कारण आयात प्रतिष्थापनको साथै निर्यात प्रर्वद्धनको लागि जागरण स्वरुप यो कार्यक्रम गर्न लागिएको हो । जसमा प्रदेशका विभिन्न मन्त्रालय, स्थानिय निकायहरुबाट सहयोगको अपेक्षा समेत गरिएको बुटवल तामनगर नर्सरीका सञ्चालक सृजना ढकालले जानकारी दिईन् ।
    यसको अलवा हरभार र सुन्दर देखाउनको लागि सडकको विच डिभाईडरमा समेत विशेष संरक्षण गरी सौदन्र्दकृत फुलका विरुवा समेत लगाइईने तयारी गरिएको छ ।उक्त स्थानमा रोप्नको लागि अहिले सयपत्री फुल, गोदावारी, मखमलीका विरुवाहरु अहिले नर्सरीमा उत्पादन भैरहेका छन् । तस्वीरः फुलको लागि नर्सरीमा तयारी गर्दै महिलाहरु ।

    (यो समाचार बुटवल टुडे दैनिकबाट साभार गरिएको हो । )

    © 2025 krishipatra All right reserved