जुनोटिक रोग सम्बन्धीत जनचेतना अभिवृद्धि कार्यक्रम

  • रोग सम्बन्धी सचेतनाको जरुरी
  • बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजानमा पशुबाट मानिस मा र मानिसबाट पशुमा सर्ने‘जुनोटिक’ रोग सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कुनै पनि व्यक्तिमा रोग सम्बन्धी सचेतनाको जरुरी भएको बताउनुभयो।

    प्रदेशका विभिन्न जिल्लाहरुबाट व्यवसायीक पशुपालक किसान, मासु तथा पोल्ट्री व्यवसायीहरुको सहभागीता रहेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्थानिय स्तरबाट समेत यस प्रकृृतिको सचेतानमुलक कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । उहाले जनको स्वाथ्य नै महत्पूर्ण भएको भन्दै यसमा सबै किसान दाजुभाई दिदी बहिनीहरु सबैले समयमा नै ख्याल गनुपर्ने धारणा राख्नुभयो् ।

    कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को पशुपंक्षि विकास महाशाखा प्रमुख बरिष्ठ पशु पशु चिकित्सक डा। प्रदिप शर्मा पौडेलले जुनोटिक रोग सम्बन्धी विविध विषयमा जानकारी दिदै कार्य पत्र प्रस्तुत गर्नुभएको थियो।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का पशु चिकित्सक देवीराम मरासीनीको सञ्चालनमा भएको कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष विरेन्द्र राना, दुग्ध उत्पादक किसान संघ नवलपरासीका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सीना, अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्था मोतिपुरका अध्यक्ष यशोधा खरेल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

    © 2025 krishipatra All right reserved