भान्सारबाट आएको २६ वटा परिक्षणमा एउटामा बढि विषादी भेटियो

  • दिनभर २६ वटा नमुना परिक्षण गरिएको छ
  • बुटवल, असार ।
    बुटवलमा विहिवाबार बाट सुरु भएको विषादी परिक्षणमा दिनभर २६ वटा नमुना परिक्षण गरिएको छ । बुटवलमा रहेको विषादी अवशेष द्रत विश्लेषण परिक्षण ईकाई(प्रयोशाला)मा २६ वटा नमुना परिक्षण गरिएको कार्यालय प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले जानकारी दिए ।

    उनका अनुसार भन्सारबाट आएको नमुना परिक्षण गर्दा १ वटा आलुको नमुनामा ‘ईरर’ देखिएको छ । अर्थात उक्त आलुको नमुनामा बढि विषादी राखीएको पाइएको हो । यसरी बढि विषादी राखेर पाइएपछि पुनः परिक्षणको लागि अर्को दिनको लागि राखिएको कार्यालय प्रमुख खत्रीले जानकारी दिए । उनले भने–‘पहिलो दिन ईरर देखिएको छ, अनी होल्डीङ्गको लागि राखीएको छ ।’
    कर्मचारी अभावको कारण बन्द रहेको प्रयोगशाला विहिबार बाट एक जना कर्माचारीको भरमा सञ्चालनमा आएको हो ।

    © 2025 krishipatra All right reserved