मल वितरण सहज बनाउन कृषि मन्त्री पौडेलको साल्टटेडीङ्ग र कृषि सामग्री कम्पनीमा अनुगमन

  • किसानलाई सहज रुपमा मल वितरण गर्ने वातावरण सहज बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन
  • भैरहवा, असार ।

    रोपाईको सिजन सुरु भएसंगै मलको अभाव भएको गुनासो बढे पछि प्रदेश ५ सरकारका भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले चासो देखाएकी छन् । उनले भैरहवा स्थित साल्ट टे«डि¨ लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पुगि किसानलाई सहज रुपमा मल वितरण गर्ने वातावरण सहज बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।
    «
    रोपाईको बेला किसानले पाउनुपर्ने मल सहज बनाउन कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिइन् । किसानको समस्यालाई आफ्नो समस्या ठानेर अगाडी बढ्न उनले आग्रह गरिन् । कृषिप्रधान देशमा मलको अभावमा वर्षेनी किसानले दुःख पाउने कुरा ठीक नभएको उनले बताइन् ।

    सो क्रममा साल्ट टे«डि¨ लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठले माटोलाई सन्तुलनमा ल्याउन सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट उपयुक्त मल भएको बताए । उनले गैर अनुदानको मलले खेतीलाई नोक्सानी तथा उत्पादकत्व कम भए क्षतिपूर्ति दिने व्यवस्था गरिएको कार्यालयका बताए । साल्ट ट्रेडिङ्गले गएको ३ वर्ष देखि सरकारको अनुमतिमा अनुदानको सहित गैर अनुदानको मल समेत विक्री गर्दै आएको छ । “सुरुमा गैर अनुदानको ६ सय मेट्रिक टन मल विक्री गर्न गाह्रो थियो, अहिले हामी किसानलाई मलको बारेमा सिकाउँदै हिडेका छौँ, अहिले हाम्रो २८ सय मेट्रिक टन मल विक्री भैसकेको छ ।” श्रेष्ठले भने ।

    त्यस्तै कृषि सामाग्री कम्पनी लिमिटेड कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाका प्रबन्धक राजेन्द्र बहादुर कार्कीले डिएपी मल नआउँदा किसानलाई वितरण गर्न नसकेको बताए । उनले मलका लागि जिटुजी प्रक्रिया नै उपयुक्त हुने बताए । कार्कीले युरिया मल भए पनि डिएपीको अभाव भएकै कारण किसानलाई मल वितरण गर्न कठिनाइ भएको बताए ।

    त्यस्तै मन्त्री पौडेलले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेललाई भेटेर मल सहज वितरणका लागि समन्वय गरिदिन आह्वान गरेकी छन् । सो क्रममा प्रजिअ पोखरेलले रोपाईको समयमा किसानले मलको अभावमा दुःख पाएको गुनासो आएकोले यसलाई गम्भिर रुपमा लिएको बताए ।

    वर्षेनी रोपाईको सिजनमा मलको अभाव हुने गर्दछ । डिएपी आवश्यकता भएको बेला युरिया पाइने र युरिया आवश्यकता भएको बेला डिएपी पाउने कारणले किसानहरुलाई धान रोपाइ गर्न असहज हुँदै आएको छ

    © 2022 krishipatra All right reserved