बुटवल, १७ असार
संघीय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणी खनाल(बलदेब)ले अर्को बर्ष मलको अभाव नहुने बताउनुभएको छ ।
सरकारसंग युरिया मल वनाउने उद्योग स्थापना गर्ने क्षमता नभएको भन्दै उहाँले मल आयात समयमा नै सकेर किसानलाई अर्को बर्ष सरकारले अनुदानमा मल समयमा नै उपलब्ध गराउने बताउनुभएको हो ।
रिर्पोटस क्लव नेपाल प्रदेश ५ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कृषि मन्त्री खनालले सरकार संग १५ अरव रुपैयाँ मन्त्रालयले माग गरेको जानकारीदिदै उहाँले समयमा नै किनीएको मल ५ ठाउँमा भण्डारण गरि राखिने जानकारी दिनुभयो ।
देशका विभिन्न ५ स्थानमा करिव १२ अरव रुपैयाँको मल राखि वितरण गरिने र १ लाख मेट्रिक टन मल स्टकमा केन्द्रमा नै राख्ने गरी अर्को बर्ष मल समयमा नै उपलब्ध गराउने गरी सरकार लागिपरेको बताउनुभएको हो ।
सरकारले कृषिमा छुट्याएको २८ अरब बजेट मध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उहाँले पूजिगत बजेट २ अरब रहेको जानकारी दिनुभयो । कृषि मन्त्री खनालले खाद्य,प्लान्ट,पशु क्वारेन्टाइनको रिर्पाेटपछि भन्सार हुनुपर्ने भन्दै नेपालमा भन्सारमा दलालको बिगबिगी रहेको स्वीकार गर्नुभयो ।
नेपाल दुधमा आत्मनिर्भर हुनुपर्ने भन्दै उनले गतसाल असारबाट धुलो दुध आयातमा बन्द गर्यौं गरेको उनले बताउनुभयो ।
फरक प्रसंघमा मन्त्री खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गर्नुभएको छ । ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुदैन,अरुलाइ पालो पनि दिनुपर्छ,मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन ।’ उहाँले भनन्ुभयो—‘पार्टीमा गज्याङमज्याङ छ ,बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ ,जवज र २१ शताब्दीको जनबाद दुइवटै परिमार्जन रुप नै जनताको जनबाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ ।’
तत्कालीन अवस्थामा दुइ पार्टीबिच पार्टी एकता पनि गरांै,सरकार आलोपालो पनि गरौं भनिएकै हो तर अहिले बेला भएको छैन,अढाइ बर्ष त भएको छैन नी ।’ उहाँले भननुभयो । पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताउनुभयो । पार्टी एकतापछि ३ वटा कुरा चर्चामा छन् उनले भने —बैचारिक एकता,सांगठनिक कुरा ,सरकार र नेतृत्व आलोपालो ।’ मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबि गर्नुभयो । सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गर्नुभयो ।