बुटवल, असार ।
नेपाल सरकारको आयोजनामा पहिलो पटक राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बर्दिया जिल्लाको राजापुरमा मनाइएको छ । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनालको सक्रियातामा १६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ ।
‘धान खेतिमा प्रबिधी र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ १६ औं धान दिवस मनाइएको हो ।
दिवसको कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले राजापुरमा ट्रयाकटर जोतेर र धान रोपेर उद्घाटन गरेका हुन ।
यस्तै प्रदेश नम्बर ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बाँके जिल्लामा राष्ट्रिय धान दिवस मनाइएको छ ।
धान दिवस को अबसरमास्मार्ट कृषि गाउँ खाड्कवार कोहलपुर –१३ बाके मा धान खेतीमा प्रबिधि र यान्त्रिकिकरण,चामल आयतमा न्यूनीकरण भन्ने मुलनारा का साथ किसान भद्र जङ्ग ओलि को खेत मा मेसिन ले धान रोप्दै भुमि व्यवसथा कृषि तथा सहकारी मन्त्री आरती पौडेलेले धान दिवसको शुभारम्भ गरेकी हुन ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किसानहरुलाई आधुनिक प्रविधि बाट धान खेती गर्न आग्रह गर्दे मन्त्रि पौडेलले मन्त्रालयले किसानका लागी ल्याएको योजनाका बारेमा जानकारी गराएकी थिइन ।
स्मार्ट कृषि गाउँ साचिकै स्मार्ट रुपमा अघि बढ्न किसानहरुलाई आग्रह समेत गरिन । मन्त्रालयले युवा किसान लक्षित कार्यक्रमहरु ल्याएकाले गाउँमा रहेका पढेलेखेका कुनैपनि किसानहरु अव खालि बस्न नपर्ने उल्लेख गरिन ।
उनले युवा किसानहरुलाई आफुले गर्न चाहेको कृषि कर्म बारे प्रदेश सरकारलाई प्रताव पेस गर्न समेत आह्वान गरेकी छन् । धान दिवस तथा रोपाई महोत्सवमा मन्त्रि पौडेलले हातले धान नरोपेर मेसिनले धान रोपेर कृषिमा आधुनिकिकरण महत्वपुर्ण रहेको बताएकी थिइन ।रोपाई महोत्सवमा हिले दौड प्रतियोगिता समेत गरीएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए । बाँकेमा पछिल्लो समय कृषिमा आधुनिक प्रबिधिबाट धान रोपाई गर्ने गरिएको छ ।