बुटवल उपमहानगरपालिकाद्धारा नीति कार्यक्रम प्रस्तुत, आधुनिक बधशालाको निर्माण यसै वर्ष, कृषिलाई प्राथमिकता

  • कृषि विकास “के पाइन्छ होइन के चाँहिन्छ” भन्ने नीति
  • बुटवल, असार ।
    शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गर्नुभयो ।
    ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ ।

    बहुप्रतिक्षित पशु बधशाला निर्माणका लागि यसैवर्षदेखि काम सुरु हुने भएको छ । यस्का लागि बुटवलले प्रदेश सरकारसँगको संयुक्त लगानी र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा डीपीआर तयार पारेको छ ।

    बुटवलमा बन्ने बधशाला प्रदेश स्तरको हुने छ । यसै वर्ष आधुनिक पशु बधशाला निर्माण कार्य प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । बुटवलले नगरको आर्थिक विकासको मुख्य आधारका रुपमा कृषिलाई लिएको छ । यस्का लागि कृषि उत्पादन, दुग्ध उत्पादन र मासुजन्य उत्पादनका लागि उत्पादक सहकारीसँगको सहकार्यमा कार्यव्रmमहरु सञ्चालन गरिने भएको छ ।

    एक वडा एक उत्पादनको नीति अनुरुप उत्पादित वस्तु तथा सेवालाई बजारीकरण गर्नसमेत बुटवलले सहयोग गर्नेभएको छ । शहरी क्षेत्रमा विषादी रहित ताजा तरकारी उत्पादन कार्यक्रमका लागि कौसी खेती प्रवद्र्धन तथा पुष्प खेती कार्यक्रम संचालन गरिने भएको छ ।

    कृषि विकास “के पाइन्छ होइन के चाँहिन्छ” भन्ने नीति अनुरुप मागमा आधारित कृषि कार्यव्रmम सञ्चालन गरिने भएको छ ।
    उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा नगर सभामा प्रमुख सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    यस्तो छ, नगरको नीति तथा कार्यक्रम(पुर्णपाठ)

    पाचौं नगर सभाको अधिवेशनमा प्रस्तुत गर्नका लागि तयार पारिएको नीति तथा कार्यव्रmमको प्रारम्भीक मस्यौदा

    सभाध्यक्षज्यू तथा नगरसभाका सदस्यज्यूहरु
    १. यस गरिमामय नगरसभा समक्ष स्थानीय सरकार प्रमुखको हैसियतले आगामी आ.व. २०७६÷०७७ को लागि नीति तथा कार्यव्रmम पेश गर्न पाउँदा मलाई खुशी लागेको छ ।
    २. नगरसभा नेपाली जनताको त्याग बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धि हो । यो औपचारिक सभा मात्र नभएर सार्वभौमसत्ता सम्पन्न नेपाली जनताका प्रतिनिधिहरु रहेको जनताका आधारभूत विषय एवं संविधानले तोकी दिएका सीमाहरुको अधीनमा रही स्थानीय विधायिकी अभ्यास गर्ने स्थलमा यस ऐतिहासिक क्षणमा सर्वप्रथम म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको व्रmममा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञाँत अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै विभिन्न आन्दोलनका व्रmममा घाइते, बेपत्ता नागरिकहरुप्रति सम्मान व्यक्त गर्दछु ।
    ३. संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख शासन व्यवस्था र सोको अनुभूती दिलाउन सक्ने अवस्थामा मात्रै “सम्वृद्ध नेपाल सुखी नेपालीको महाअभियान” अन्तर्गत “सम्वृद्ध बुटवल सुखी बुटवलबासीको” परिकल्पनालाई सार्थक बनाउन सकिन्छ भन्ने कुरामा दृढ संकल्पित रहेको व्यहोरा अनुरोध गर्दछु । निर्वाचन पश्चातका दुई वर्ष हामीले व्यतित गरेका छौं । यस बीचमा केही सिकाई र सार्थक उपलब्धिहरु हासिल भएका छन् । संविधान प्रदत्त स्थानीय सरकार सञ्चालनका लागि र स्थानीय सेवा प्रवाहका लागि अति आवश्यक केही स्थानीय कानूनहरुको तर्जुमा, एकिकृत शहरी योजना निर्माण केही महत्वपूर्ण परियोजनाहरुको डिपिआर तयार गरी कार्यान्वयन गर्ने जस्ता आधारभूत कार्यहरु गरिएको छ । कतिपय आयोजनाहरु प्रारम्भ भएका छन भने कतिपय कार्यव्रmमहरु सम्पन्न भइसकेका छन् । यसबिचमा केही महत्वपूर्ण आयोजनाहरुको निर्माण तथा सञ्चालन प्रदेश तथा संघीय सरकारले गर्ने गरी कार्यान्वयनको चरणमा रहेका छन । आ.व. २०७४÷०७५ लाई अध्ययन वर्ष घोषणा गरी सोको अनुभवको आधारमा आ.व. २०७५÷०७६ लाई “कार्यान्वयन वर्ष” घोषणा गरी कार्यान्वयन गरिएको थियो ।

    यस चालु आ.व.मा हामीले स्वीकृत गरेका कार्यव्रmमहरुमध्ये ज्येष्ठ मसान्त सम्म  कार्यक्रम कार्यान्वयनमा गएका छन् ।
    ४. संविधानद्वारा प्रदत्त नागरिकहरुका अधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई आर्थिक सम्वृद्धिको मार्गमा डो¥याउनका लागि यस बुटवल उप–महानगरपालिकाले आफूलाई प्राप्त अधिकारहरुको प्रयोग गर्दै सीमित स्रोत र साधनहरुलाई अधिकतम परिचालनद्वारा “सबल आर्थिक केन्द्र समुन्नत बुटवल” मार्फत समृद्ध बुटवल र सुखी बुटवलवासी दीर्घकालिन लक्ष्य हासिल गर्न यो नीति तथा कार्यव्रmम प्रस्तुत गरेको छु ।
    ५. संघीय, प्रादेशिक र स्थानीय सरकारहरु बीच सहकारीतामा आधारित संघीयताको अभ्यासमा हामी छौं । सहकार्य, सह–अस्तित्व र समन्वयका साथ संविधानको भावना अनुकुल अगाडि जाने नीति लिई सोही अनुरुप नै आगामी यात्रा अगाडि बढाइने छ । संविधान प्रदत्त नागरिकका मौलिक हकहरुको प्रचलन साथै राज्यका निर्देशक सिद्धान्त र नीति तथा दायित्वलाई बुटवल उप–महानगरपालिकाले आफ्नो वार्षिक नीति कार्यव्रmमको अभिन्न अङ्गको रुपमा आत्मसाथ गरि आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म लागू गर्दै जाने नीति लिइनेछ । संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको एकल अधिकारको प्रयोग गरी स्थानीय सेवा प्रवाह गर्न हामी कटिबद्ध छौं । प्रदेश र संघसँगका साझा अधिकारहरुको कार्यान्वयनमा पनि महत्वपुर्ण भुमिका खेल्दै संघीयतालाई सफल पार्नका लािग केन्द्रिकृत एकात्मक मनोविज्ञानलाई संघीयता अनुकुल बनाउन नगरको तर्फबाट पहलकदमी लिइनेछ ।

    नगरसभा सदस्यज्यूहरु,
    अब म आर्थिक वर्ष २०७६/०७७ मा हामीले अवलम्बन गर्ने नीति तथा कार्यव्रmम सम्मानित यस नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
    नेपालको संविधानको प्रस्तावना, मौलिक हक सम्बन्धी व्यवस्था तथा राज्यका नीतिहरु एवं निर्देशक सिद्धान्त र संघीय तथा प्रदेश सरकारले लिएका नीतिहरु एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गरिएका व्यवस्थालाई आधार मानेर हाम्रा नीति तथा कार्यव्रmमहरु सोही दिशा तर्फ उन्मुख रहने गरी तर्जुमा गरिएको छ । हामीले तय गरेका नीति तथा कार्यव्रmमहरुले समग्र नगरबासीको विकास प्रतिको उत्कट चाहना, नगरबासीहरुको जीवनस्तरमा स्तरोन्नती तथा निर्वाचनका व्रmममा हामीले व्यक्त गरेका प्रतिवद्धता प्रतिबिम्बित हुनु पर्दछ भन्ने कुरामा हामी दृढ छांै । यसका साथै हामीले निर्माण गरेको एकीकृत शहरी विकास गुरुयोजना समेत नीति निर्माणको मुख्य आधारको रुपमा लिएका छौं ।
    अब म आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि देहाय बमोजिमका विषयगत नीति तथा कार्यव्रmम प्रस्तुत गर्दछु ।

    १. स्थानीय सेवा, जनशक्ति विकास व्यवस्थापन तथा सुशासन प्रवद्र्धन
    1 चालु आ.व. को नीति कार्यव्रmममा उल्लेख भए बमोजिम यस उप–महानगरपालिकाको संगठन अध्ययन तथा सर्वेक्षण इ७ः क्गचखभथ कार्य सम्पन्न भईसकेको हुँदा आगामी आ.व. को प्रारम्भ देखि नै लागु हुने गरी नयाँ संगठन स्वरुप, दरबन्दी एवं जनशक्ति व्यवस्थापन, कार्य विभाजन गर्ने र जनप्रतिनिधि तथा कर्मचारीहरुको ज्ञान, सीप, क्षमता अभिवृद्धि गराउन क्षमता विकास कार्यव्रmम सञ्चालन गरिने छ ।
    1। सुशासनका आधारभूत सिद्धान्तहरुप्रति पूर्ण प्रतिवद्ध रही उत्तरदायित्व र कर्तव्य पालना गर्दै सुशासन प्रवद्र्धनका विभिन्न विधि र औजारहरुको प्रयोग गरिने छ ।
    3। जनशक्तिको मनोवल उच्च बनाउन स्पष्ट मापन योग्य सूचक परिभाषित गरी सोही आधारमा पुरस्कृत गर्दै स्थानीय सेवालाई सरल, सहज र थप प्रभावकारी बनाइने छ ।
    4। विगतमा स्थानीय निकायमा कार्यरत भई यस नगरपालिकामा कार्यरत जनशक्तिलाई परिवर्तित सन्दर्भमा निजहरुको वृत्ति विकास र कार्य वातावरण कायम गर्न आवश्यक कानूनी प्रबन्ध मिलाइने छ । संघीय सरकारबाट समायोजन भई आएका जनशक्तिलाई समेत स्थानीय सेवा एउटा आर्कषक गन्तव्य हो भन्ने अनुभूति हुने गरी प्रोत्साहन एवं कार्य वातावरणको प्रबन्ध मिलाइने छ र स्थानीय सेवालाई आकर्षक सेवाको रुपमा विकास गरिनेछ ।
    छ। पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि स्वीकृत महत्वपूर्ण कार्यव्रmमहरुको विवरण नगर कार्यपालिका कार्यालय तथा वडा कार्यालयहरुमा देखिने गरी राख्ने प्रबन्ध मिलाइने छ ।
    ट। नगर प्रहरी सेवाको पुर्नसंरचनासहित कानूनी प्रबन्ध मिलाइ नगर प्रहरी सेवालाई चुस्त बनाइनेछ ।
    ठ। उप–महानगरपालिकाबाट कार्यान्वयन हुने योजना कार्यव्रmमहरुमा वित्तिय जोखिम न्यूनिकरणका लागि निर्माण तथा खरिद प्रव्रिmयालाई वढि प्रतिस्पर्धात्मक वनाउन विगत देखि प्रयोगमा ल्याइएको विद्युतीय वोल कवोल भ्(द्यष्ममष्लन प्रणालीलाई निरन्तरता दिइनेछ ।
    ड। आन्तरिक लेखा परिक्षण पद्धतिलाई थप प्रभावकारी बनाइने छ ।
    ढ। कार्यालयका सवारी साधन र अफिस उपकरणको मितव्ययी ढंगबाट परिचालन गरिनेछ ।
    ज्ञण्। उप–महानगरपालिकाको केन्द्र र वडा कार्यालयहरुमा हाल व्यवस्थापन भैरहेको पत्र पत्रिकाको खर्चमा मितव्ययिता अपनाउन अनलाइन बुलेटिन प्रकाशन गर्नुका साथै अनलाइन मिडिया समेतको प्रयोग गरिनेछ ।
    ज्ञज्ञ। सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाउदैं कागजको प्रयोग घटाइदै लग्ने नीति लिइनेछ ।
    ज्ञद्द। संविधान तथा प्रचलित कानून बमोजिमका अधिकारहरुको कार्यान्वयनको लागि आवश्यक स्थानीय कानून, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
    ज्ञघ। सेवाग्राहीको सहयोग र कार्यालयवाट प्रवाह गरिने सेवालाई व्यवस्थित बनाउन जनप्रतिनिधि रहेको ज्भउि म्भकप लाई निरन्तरता दिइनेछ ।
    ज्ञद्ध। नगर कार्यपालिका कार्यालय तथा वडा कार्यालयहरुमा सर्वसाधारण सेवाग्राहीको पहुँच पुग्ने गरी नागरिक वडापत्र तयार गरी प्रत्येक वर्ष अद्यावधिक गरिनेछ ।
    ज्ञछ। जनप्रतिनिधि तथा कर्मचारीहरुको आचार संहिताको कार्यान्वयनलाई थप प्रभावकारी बनाइनेछ ।
    ज्ञट। प्रादेशिक नगर अध्ययन केन्द्रको सञ्चालनलाई थप प्रभावकारी बनाई सिकाई केन्द्रको रुपमा विकास गरिनेछ ।
    ज्ञठ। देशभित्रका विभिन्न नगर तथा मित्र राष्ट्रका नगरहरुसँग भगीनी सम्बन्ध कायम गरी अनुभव तथा सहयोग आदान प्रदान गर्ने नीति लिइनेछ ।
    ज्ञड। न्यायमा सर्वसाधारणको पहुँचका लागि मेलमिलाप केन्द्रको क्षमता अभिवृद्धि गर्नुका साथै न्यायिक समितिलाई थप प्रभावकारी बनाउदै लगिनेछ ।

    २. राजश्व परिचालन एवं श्रोत अभिवृद्धि
    ज्ञ। व्यवसायकरको दायरा बढाउने र बढीभन्दा बढी व्यवसायीहरुलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम संचालन गरिनेछ । वडा कार्यालयहरुबाटै कर, शुल्क दस्तुर असुल भई रहेकोमा सो कार्यलाई तथ्यांकमा आधारित गराई थप ब्यवस्थित गरिनेछ । यस कार्यमा टोल विकास समिति तथा आवश्यकतानुसार स्वयंसेवक समेत परिचालन गरिनेछ ।
    द्द। कर तिर्नु सम्मानित नागरिक बन्नु पनि हो भन्ने भावना जगाउन करदाता सम्मान, दुर्घटना वीमा लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    घ। रिक्सा र विद्युतीय रिक्सा तथा टेम्पु दर्ता नवीकरण र सिफारिस प्रक्रियालाई व्यवस्थित गरिनेछ । उक्त साधनहरु व्यवस्थापनका लागि आवश्यक संख्या निर्धारण, रुट निर्धारण, रुट परमिटको व्यवस्था गरी बार्षिक सवारी कर असुली गरिने छ ।
    द्ध। अपाड्ड, असहाय, अशक्त (फरक क्षमता भएका)दैवि प्रकोप पिडित, द्वन्द्व पिडित, जेष्ठ नागरिक एकल महिला जस्ता सिफारिस र नेपाली नागरिकता प्राप्तिको अनुसूची बमोजिमको सिफारिसहरु निःशुल्क गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
    छ। विगत लामो समय देखि व्यवसाय गर्दै आएका तर उपमहानगरपालिकामा व्यवसाय दर्ता नगराएका साथै व्यवसाय दर्ता गरी विभिन्न कारणबाट व्यवसाय नवीकरण नगराई बसेका व्यवसायीहरुलाई जतिसुकै बर्ष व्यवसाय गरेको भए तापनि चालु आ.ब. भित्र दर्ता वा नविकरण गराउन आएमा पछिल्लो ५ बर्षको शुल्क लिई लाग्ने जरिवानामा शतप्रतिशत छुट दिइनेछ ।
    ट। बुटवल उप–महानगरपालिका क्षेत्र भित्रका कुनै व्यक्ति वा संघ संस्थाले भवन, जग्गा, गोदाम सेड बहालमा लगाएकासँग बहाल रकमको बार्षिक १० प्रतिशतका दरले सम्बन्धित धनीसँग वहाल कर लिने व्यवस्था यथावत रुपमा राखि निजी निवास प्रयोजनका लागि व्यक्ति वा परिवारलाई वहालमा दिएकोमा लाग्ने बहालकर रकममा २० प्रतिशत छुट दिईनेछ ।
    ठ। अस्थायी प्रकृतिका हाटवजार, चोक चोकमा ठेलामा गरिने फुटपाथ ब्यवसाय, मुख्य वजार क्षेत्र भित्रका सडक किनारमा गरिने पार्किङ्ग लाई निरुत्साहित गरिनेछ ।
    ड। सम्पत्ती कर, पेशा व्यवसाय कर र घरजग्गा बहाल कर लगायतका बिभिन्न कर, शुल्क, दस्तुर सफ्टवेयरको माध्यमवाट वडाबाटै असुली भईरहेकोमा सो कार्यलाई थप व्यवस्थित र प्रभावकारी वनाईनेछ ।
    ढ। कर प्रशासनलाई व्यवस्थित बनाउन आवश्यकतानुसार कार्यविधि बनाइनेछ । केबुल संचालक र डिसहोम बिक्रेता डिलरहरुसंग समन्वय गरी प्रत्येक केबुल संचालकबाट ग्राहक संख्याको आधारमा मासिक रुपमा मनोरञ्जन कर लिने व्यवस्था मिलाईनेछ ।
    ज्ञण्। राजश्वका सबै श्रोतहरुको वस्तुपरक पहिचान, विश्लेषण, प्रक्षेपण गरी समतामूलक, प्रगतिशिल र न्यायपूर्ण बनाई राजश्वको दायरा बृद्धि गरिनेछ ।
    ज्ञज्ञ। आफै वा संगोल परिवार (एकाघरका सदस्य) ले बु.उ.म.न.पा लाई भुक्तान गर्नुपर्ने कर शुल्क, दस्तुर समयमा भुक्तान नगरी बक्यौता कायम राख्ने करदातालाई न.पा वा वडा बाट प्रदान गरिने कुनै पनि सिफारिस सेवा सुविधा रोक्का गरिनेछ तर चालु आ.व.को कुनै कर, शुल्क, दस्तुर भुक्तान गर्ने समयावधि रहेको अवस्थामा त्यस्तो बन्देज गरिने छैन ।
    ज्ञद्द। कुनै पनि योजनाहरुको सम्झौता गर्नु अगावै उपभोक्ता समितिका पदाधिकारीहरु र योजनाबाट लाभान्वितहुने उपभोक्ताहरुलाई आफुले बुझाउनु पर्ने सम्पत्ति कर, व्यवसायकर र बहाल कर चुक्ता गर्न अनिवार्य गरिनेछ सो योजनाबाट लाभान्वित उपोक्ताहरुलाई त्यस्ता कर शुल्क तिर्न प्रोत्साहित गरिनेछ ।
    ज्ञघ। राजश्व संकलन सम्बन्धि कार्यमा निजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउदैं लगिनेछ ।
    ज्ञद्ध। नगरको विकास निर्माण तथा सेवा सुविधा प्रवाह गर्न आवश्यक पर्ने वित्तीय श्रोतको कमिलाई पूर्ति गर्न संघीय सरकार, प्रदेश सरकार, दातृ निकाय तथा संघ–संस्था र निजी क्षेत्र एवं नागरिक समाज लगायत सबै सम्भाव्य आन्तरिक एवं बाह्य क्षेत्र स“ग समन्वय गरी श्रोतको अधिकतम परिचालन गरिनेछ ।
    ज्ञछ। नगरको स्वामित्व र भोगाधिकार रहेको र नगरपालिकाले संरक्षण र परिचालन गर्नसक्ने भवन जग्गा जमिन, हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ । यस्ता श्रोतको परिचालन गर्दा प्रतिस्पर्धात्मक पद्धतिको अवलम्बन गर्न जोड दिइनेछ ।
    ज्ञट। नदीजन्य पदार्थ, माटो, बनजन्य लगायतका प्राकृतिक स्रोतको महत्तम उपयोग गरिनेछ । यसका लागि आवश्यक सम्भाव्यता अध्ययन वातावरणिय परीक्षण गरिनेछ ।
    ज्ञठ। श्रोत परिचालनमा निजी क्षेत्रको सहभागितालाई प्रबद्र्धन गर्न सार्वजनिक निजी साझेदारीमा जोड दिइनेछ ।
    ज्ञड। समुदायद्वारा शुल्क उठाई गरिएका फोहर व्यवस्थापन कार्यलाई थप व्यवस्थित गर्न उपयुक्त कानुनी प्रवन्ध मिलाइनेछ ।
    ज्ञढ। आवासिय घर, व्यवसायिक भवन, विद्यालय, रेष्टुरेन्ट, होटल, थोक व्यापारी, फलपूmल तथा तरकारी व्यवसायी लगायत अन्य फोहरमैला उत्पादन र उत्सर्जन गर्नेबाट तोकिए बमोजिमको फोहरमैला ब्यवस्थापन शुल्क लिने नीतिलाई निरन्तरता दिई क्षेत्र बिस्तार गर्दै लगिनेछ ।
    द्दण्। अस्थायी प्रकृतिका हाटबजार, ठेला तथा फुटपाथ व्यवसाय, उचित पार्किड्ड व्यवस्थापन र शुल्क संकलन गर्न टोल विकास संस्था वा उपयुक्त सस्थाको सहकार्यमा वडातहबाटै व्यवस्थापन गर्न आवश्यक कार्यविधि बनाई अघि बढिनेछ ।
    द्दज्ञ। उप–महानगरपालिका क्षेत्र भित्र रहेको अव्यवस्थित वसोवासमा आधारभुत सेवालाई थप व्यवस्थितगर्न आ.व.२०७६÷०७७ देखी पूर्वाधार विकास सेवा शुल्क लागु गरिनेछ ।
    द्दद्द। नगरको सरसफाइ व्यवस्थापन तथा हरियाली प्रबद्र्धन एवं सौन्दरीकरण, राजश्व संकलन तथा स–साना विकास निर्माणका कार्यमा टोल विकास सस्थाहरुलाई सहयात्रीको रुपमा प्रवद्र्धन गरिनेछ ।
    द्दघ। वडास्तरवाट संकलन हुने राजश्वलाई क्ष्लतचबलभत ऋयmउगतभच क्थकतझ वाट उप महानगरपालिकाको केन्द्रिकृत प्रणालीमा आवद्ध गराउने कार्यलाई थप व्यवस्थित बनाइनेछ ।
    द्दद्ध। खर्च प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।
    ३. वातावरण, विपत व्यवस्थापन, सूचना प्रविधि तथा अनुगमन सम्बन्धी नीतिहरुः
    ज्ञ। “एक वन एक पोखरी” कार्यक्रमलाई निरन्तरता दिंदै थप पोखरी निर्माण गर्न प्रोत्साहित गरिनेछ ।
    द्द। जिविकोपार्जनसँग बनलाई जोड्ने गरी विभिन्न कार्यव्रmमहरु सञ्चालन गरिनेछ ।
    घ। तिनाउ जलाधार संरक्षणका लागि तिनाउ जलाधार संरक्षण योगदान कोषसँग सहकार्य गरिनेछ ।
    द्ध। सामुदायिक वनहरुसँग सहकार्यमा कम्पोष्ट प्लान्ट स्थापना गर्न पहल गरिनेछ ।
    छ। हरित नगर बुटवलको नारालाई सार्थक बनाउन सडक किनारहरु, सिंचाइ नहरका किनार लगायतका सम्भाव्य स्थानहरुमा फलफूलका बिरुवा वृक्षारोपण गरिनेछ ।
    ट। “एक घर–दुई विरुवा तथा एक वडा–एक हरियाली पार्क” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
    ठ। सम्बन्धित निकायहरुसँग समन्वय गरी टोल विकास संस्थाहरु मार्फत प्रमुख सडकहरुलाई हरियाली युक्त बनाइनेछ ।
    ड। संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा शिवनगर सामुदायिक वन क्षेत्रमा रामापिथेकश जिओलोजिकल पार्क र सिद्धबाबा धार्मिक वनलाई रामापिथेकश बोटानिकल गार्डेनको रुपमा विकास गरिनेछ ।
    ढ। नगरमा नर्सरी स्थापना तथा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
    ज्ञण्। वन क्षेत्रको संरक्षण गर्दै पर्यापर्यटनको प्रवद्र्धन गरिनेछ ।
    ज्ञज्ञ। विपत व्यवस्थापन सम्बन्धी पूर्व तयारी, उद्वार, राहत, पुनरस्थापना र पुनरःनिर्माण जस्ता कार्यलाई समन्वयात्मक, शीघ्र र सामाजिक न्यायमा आधारित बनाइनेछ ।
    ज्ञद्द। वारुणयन्त्र सेवा संचालनलाई उपयुक्त स्थानमा व्यारेक समेत वनाई स्थानान्तरण गर्ने प्रव्रिmया थालिनेछ । वारुणयन्त्रका कर्मचारीहरुलाई समायानुकुल क्षमता विकास गरिनेछ ।
    ज्ञघ। नगर क्षेत्रभित्र रहेको सम्पूर्ण खेल मैदानलाई खुल्ला क्षेत्र घोषणा गरिनेछ ।
    ज्ञद्ध। विभिन्न साझेदारहरुको सहयोगमा जलवायु अनुकुलन सम्बन्धि कार्यक्रमहरु कार्यान्वयन गरिनेछन् ।
    ज्ञछ। नगरक्षेत्र भित्र निजी क्षेत्रसँगको सहकार्यमा सार्वजनिक शौचालयको निर्माण तथा सञ्चालन गर्ने प्रबन्ध मिलाइनेछ ।
    ज्ञट। नगरको सरसफाई व्यवस्थापनमा सामुदायिक संघ संस्था एवं निजी क्षेत्रको सहकार्य प्रबर्धन गर्ने नीति लिइनेछ ।
    ज्ञठ। फोहर व्यवस्थापन तथा सरसफाई कार्यमा सार्वजनिक निजि साझेदारीलाई प्रोत्साहित गरिनेछ ।
    ज्ञड। जैविक अजैविक फोहरलाई उत्पादन तहदेखि नै वर्गिकरण गरी छट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइनेछ । जैविक फोहरवाट घरैमा कम्पोष्ट मल वनाउन प्रेरित गरी गमला, कौशी, छत, करेशावारीमा तरकारी खेती गर्न प्रोत्साहित गरिनेछ ।
    ज्ञढ। घर, टोल र नगरको सरसफाईलाई संस्कृतिको रुपमा विकास गर्दै लगिनेछ ।
    द्दण्। फोहरलाई स्रोतमै वर्गीकरण गरी वर्गीकरणको आधारमा फोहर संकलन र अन्तिम व्यवस्थापन गरिनेछ ।
    द्दज्ञ। फोहर व्यवस्थापनलाई शुल्कमा आधारित बनाई निजी तथा सामुदायिक सहभागिता वृद्धि गर्दै लगिनेछ ।
    द्दद्द। स्वयमसेवी भावनाका साथ सरसफाई अभियान सञ्चालन गर्नेलाई उत्प्रेरित गर्दै सहकार्य गरिनेछ ।
    द्दघ। वडा तहमा वा क्षेत्रतहमा (वडाहरु मिलि) सामुदायिक कम्पोष्ट प्लान्ट बनाउने÷संचालन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
    द्दद्ध। बजार क्षेत्रमा मोवाइल शौचालय व्यवस्थाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
    द्दछ। औद्योगिक, हस्पिटलजन्य र रासायनिक फोहरको व्यवस्था सम्वन्धित पक्षले नै गर्नुपर्ने कार्यलाई कडाईका साथ लागु गरिनेछ, सो को लागि आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।
    द्दट। बुटवललाई वातावरणमैत्री शहरको रुपमा विकास गर्न स्थानीय शासनका सुचकलाई व्रmमशः कार्यान्वयन गर्दै लगिनेछ ।
    द्दठ। सञ्चारकर्मीको क्षमता विकास तथा स्वास्थ्य उपचारमा सहायता पु¥याउन कोषको स्थापना गरिनेछ ।
    द्दड। “बुटवल विकास पत्रकारिता पुरस्कार” लाई व्यवस्थित गर्न कार्यविधि बनाईनेछ ।
    द्दढ। उपभोक्ता हित प्रबद्र्धन सम्बन्धी कार्यव्रmम सञ्चालन गरिनेछ ।
    घण्। अनुगमन कार्यलाई मापन योग्य सुंचाङ्क तयार गरी स्वीकृत सबै किसिमका योजना तथा कार्यव्रmमहरुको अनुगमन तथा मूल्यांकन गरी पृष्ठपोषण गर्ने नीति लिइनेछ ।

    ४. आर्थिक विकास सम्बन्धी नीतिहरु
    (क) पर्यटन
    ज्ञ। नगर क्षेत्र तथा आसपासका पर्यटकीय स्थलहरुमा सहज पहुँचका लागि संघ तथा प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा बस सेवा सञ्चालन गरिनेछ ।
    द्द। नगरभित्र संघ र प्रदेशको सहयोगमा महत्वपूर्ण पार्कहरुको निर्माण र भैरहेका पार्कहरुको सुधारलाई प्राथमिकता दिईनेछ ।
    घ। नगरभित्र संघ र प्रदेशको सहयोगमा ऐतिहासिक धार्मिक, सांस्कृतिक पौराणिक महत्व रहेका स्थलहरुको संरक्षण, विकास तथा प्रर्वधन गरिनेछ ।
    द्ध। जलपर्यटन विकासको लागि उपयुक्त स्थानमा सम्भाव्यता अध्ययन गरीनेछ ।
    छ। केवलकार, स्तरीय होटल सञ्चालन जस्ता पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी आर्कषित गर्न आवश्यक सहजिकरण गरिनेछ ।
    (ख) कृषि तथा पशुपंक्षी
    ज्ञ। स्थानीय सम्भाव्यता, तुलनात्मक लाभ तथा विशिष्ट अवसरको पहिचान गरी कृषिमा व्यवसायिकरण गर्दै कृषि उत्पादन एवं उत्पादकत्व बढाई स्वरोजगार सृजना गरिने छ ।
    द्द। उर्वरा कृषि भूमि तथा सार्वजनिक जग्गालाई गैर कृषिको रुपमा प्रयोगमा ल्याउन निरुत्साहित गर्दै फलफुल तथा सुहाउदो बाली क्षेत्र विस्तार कार्यव्रmम सञ्चालन गरिने छ ।
    घ। प्रदेश सरकारसँगको संयुक्त लगानि र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा यसै वर्ष आधुनिक पशु बधशाला निर्माण कार्य प्रारम्भ गरिनेछ ।
    द्ध। सिचाई ब्यबस्थापनमा प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा विशेष जोड दिईनेछ ।
    छ। उत्पादित कृषि बस्तुको संकलन, प्रशोधन, संचय र ढुवानी आदि कार्य गर्ने कार्यका लागि प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा प्रदेशस्तरीय कृषि थोक बजार नगर भित्र स्थापना गर्न आवश्यक सहयोग तथा सहजिकरण गरिनेछ ।
    ट। नगर भित्र रहेका कृषक समूह, कृषि तथा पशु पालक सहकारीहरु, व्यवसायिक कृषि फर्म तथा कृषि पेशासँग सम्बन्धित अन्य समितिहरुको व्यवस्थित अभिलेख राखिनेछ । नगरमा कृषि कार्यव्रmम सञ्चालन गर्दा सम्बन्धित समूह वा सहकारीहरुसँग समन्वय गरिनेछ ।
    ठ। सम्भाब्यताको आधारमा उचित कृषि पकेट क्षेत्र विस्तार र प्राङ्गारीक खेति गर्न प्रोत्साहित गरिनेछ ।
    ड। शहरी क्षेत्रमा विषादी रहित ताजा तरकारी उत्पादन कार्यक्रमका लागि कौसी खेती प्रवद्र्धन तथा पुष्प खेती कार्यक्रम संचालन गरिनेछ ।
    ढ। कृषि विकास “के पाइन्छ होइन के चाँहिन्छ” भन्ने नीति अनुरुप मागमा आधारित कृषि कार्यक्रम संचालन गरिने छ ।
    ज्ञण्। कृषि सहकारीका माध्यमबाट कृषिमा चक्लाबन्दी खेती कार्यव्रmम परीक्षणको रुपमा सञ्चालन गरिनेछ । यसका लागि अनुदान दिने कार्यविधि बनाई कार्यान्वयन गरिनेछ ।
    ज्ञज्ञ। पशु खोप, विमा, आहारा र गोठ व्यवस्थापन जस्ता कार्यव्रmम सहकार्यमा संचालन गरिनेछ । ब्यबसायिक पशु पालन तथा दुग्ध उत्पाादन कार्यमा विशेष अनुदानको ब्यबस्था गरिनेछ । साथै सेक्स सिमेन निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
    ज्ञद्द। पशुहरुमा लाग्ने महामारी रोग विरुद्द खोप निःशुल्क उपलव्ध गराईनुका साथै वर्डफूलु रोगको नियमित सर्भिलेन्स गरिनेछ ।
    ज्ञघ। अन्तरपालिका समन्वय गरि छाडा पशुचौपाया व्यवस्थापन गरिनेछ ।

    (ग) रोजगार तथा गरिवी निवारण
    ज्ञ। गरिब घर परिवारको पहिचान गर्ने मापदण्डको आधारमा नगरभित्रका सम्पूर्ण गरिब परिवारको तथ्यांक तयार गरिनेछ ।
    द्द। विभिन्न संघ संस्था तथा विकास साझेदारहरु समेतको सहकार्यमा बेरोजगार युवाहरुलाई लक्षित गरी रोजगारमुलक शीप प्रदान गर्न मेयर युवा इलम कार्यव्रmम लाई निरन्तरता दिइनेछ ।
    घ। नगरका गरिब परिवारलाई लक्षित गरी आर्थिक सशक्तिकरणका उपयुक्त कार्यव्रmमहरु विभिन्न संघसंस्थाहरुको सहकार्यमा सञ्चालन गरिनेछ ।
    द्ध। प्रधानमन्त्री रोजगार कार्यव्रmमलाई नगरमा रोजगारी सिर्जनाको महत्वपूर्ण अवसरको रुपमा लिई न्यूनतम रोजगारीको सुनिश्चितता गरिनेछ ।
    छ। विकास साझेदार तथा सरोकारवालाहरुको सहयोगमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जीकरण गरिनेछ ।
    ट। बुटवललाई बेरोजगार शुन्य नगरको रुपमा अघि बढाइनेछ ।

    (घ) सहकारी
    ज्ञ। उत्पादनमा आधारित सहकारी संस्थाहरुको प्रबद्र्धन गरिनेछ । सहकारीहरुको एकीकरणलाई प्रोत्साहित गरिनेछ । विधिसम्मत ढंगबाट सहकारी सञ्चालनका लागि नियमन कार्यलाई प्रभावकारी बनाइनेछ ।
    द्द। सहकारी सस्थाको पुजी उत्पादनमुलक रोजगारी सृजना गर्ने कार्यमा लगानी गर्न सहजिकरण गरिनेछ । सार्वजनिक सहकारी साझेदारी सम्भावनाका क्षेत्र पहिचान गरिनेछ ।
    घ। सहकारी सम्बन्धी स्थानीय एकिकृत तथ्यांक तयार गरिनेछ ।
    द्ध। स्थानिय सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरुलाई लक्षित गरी क्षमता विकासका कार्यव्रmमहरु सञ्चालन गरिनेछ ।

    (ङ) उद्योग
    ज्ञ। नगर भित्रका सम्पूर्ण उद्योग व्यवसायको व्यवस्थित अभिलेख राखिनेछ । शहरी क्षेत्रमा राखिने उद्योगहरुको प्रकृति निर्धारणका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
    द्द। नगर विज्ञ स्वास्थ्य सेवा , इन्जिनियरिङ्ग कलेज, टेक्निकल कलेज तथा तारे होटल स्थापना तथा सञ्चालनमा सहजिकरण गरिनेछ ।
    घ। उद्योगी र श्रमिकबीचको सम्बन्धलाई सुमधुर बनाई औद्योगिक वातावरण कायम गर्ने नीति लिइनेछ ।
    द्ध। सुरक्षा प्रबन्ध, सुलभ शौचालय, स्वच्छ पिउने पानी र यातायात व्यवस्था सहित रात्री कालिन बजार संचालन व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
    छ। नियमित वजार अनुगमन र वजार नियमनलाई व्यवस्थित रुपमा सञ्चालन गरी उपभोक्ता हितको प्रवद्र्धन गरिनेछ ।
    ट। व्यवसायिक प्रतिष्ठान तथा कम्पनीहरुको सहयोगमा नगरमा छुट्टै “सामाजिक उत्तर दायित्व कोष” को स्थापना गरिनेछ । उक्त कोषको रकम सरोकारवाला समेतको सहभागितमा सञ्चालन गर्ने गरि कार्यविधि निर्माण गरिनेछ ।

    ५. शहरी योजना तथा पूर्वाधार विकास
    ज्ञ। नगरको पहिचानसँग सम्बन्धित एवं बजार व्यवस्थापन ट्राफिक व्यवस्थापन, पर्यटकीय पूर्वाधार र स्रोत परिचालनसँग सम्बन्धित पूर्वाधार विकासका आयोजनाहरुलाई विशेष प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ ।
    द्द। नगर क्षेत्रभित्र संघ तथा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाहरुको कार्यान्वयनमा सहजीकरण गरिनेछ ।
    घ। अधुरा आयोजना, जनताको प्रत्यक्ष सरोकार सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिनेछ ।
    द्ध। पूर्वाधार विकासमा बढि भन्दा बढि जनसहभागीता जुटाउन प्रतिस्पर्धामा आधारित जनसहभागिता मुलक पूर्वाधार विकास कार्यव्रmम सञ्चालन गरिनेछ ।
    छ। पूर्वाधार विकाससँग सम्बन्धित सडक यातायात, कृषि, सिंचाई, वैकल्पिक उर्जा, सेनेटरी ल्याण्ड फिल्ट साईट, खेल पूर्वाधार, खानेपानी, ढल निकास, पर्यटन पूर्वाधार, शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, पार्किङ्ग स्थल÷पार्किङ्ग बिल्डीङ्ग लगायतका सम्भावित क्षेत्रहरुमा निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजनाहरु सञ्चालन गर्ने नीति लिइने छ ।
    ट। निजी क्षेत्रबाट निर्माण एवं सञ्चालन गरिने अत्यावश्यक सहरी पूर्वाधार, पर्यटकीय पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य पूर्वाधार निर्माणलाई प्रोत्साहन र आवश्यक सहजीकरण गरिनेछ ।
    ठ। पूर्वाधार विकासमा निजी तथा वैदेशिक लगानी भित्र्याउनका लागि आवश्यक सम्पर्क र समन्वय तथा सहजीकरण गरिनेछ ।
    ड। मुख्य बजार क्षेत्रमा फुटपाथ निर्माणलाई प्राथमकितामा राखिनेछ र अब निर्माण गरिने पच्चिस फिट भन्दा फराकिला सडकहरुमा नाली सहितको फुटपाथ निर्माण गर्ने नीति लिइनेछ ।
    ढ। छरिएको बस्ती रहेका वडाहरुमा न्यूनतम शहरी सेवा विस्तार गर्दै लगिनेछ । त्यस्ता वडाहरुमा कृषि तथा पशु पालनमा आधारित पूर्वाधार विकासका कार्यव्रmमहरु सञ्चालन गर्न जोड दिइनेछ ।
    ज्ञण्। नगर क्षेत्रभित्रका निर्धारित सार्वजनिक सडकहरुको नियमित एवं शीघ्र मर्मत सम्भार गर्नका लागि उपयुक्त कदम चालिनेछ ।
    ज्ञज्ञ। नगर कार्यपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । जग्गा व्यवस्था भएका र अति आवश्यक देखिएका वडा कार्यालयको कार्यालय भवन व्रmमशः निर्माण गरिनेछ ।
    ज्ञद्द। नगरको पूर्वाधार विकास दीगो, वातावरणमैत्री, अपाङ्गमैत्री, बालमैत्री तथा लैगिंकमैत्री बनाइनेछ ।
    ज्ञघ। घर नक्शा पारितका लागि प्रयोगमा ल्याईएकोे भ्द्यएक् क्थकतझ लाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
    ज्ञद्ध। १००० वर्ग फिटसम्मको क्षेत्रफलमा निर्माण गरिने संरचनाको घर नक्सा डिजाइन नगरबाटै गरिने कार्यलाई निरन्तरता दिइनेछ । ःच्त् र तीन तल्ला (भुईतल्ला समेत गरी) भन्दा बढी वा पिल्न्थ एरिया एक हजार वर्गफुट भन्दा माथिका संरचना निर्माणको लागि मात्र क्तगअतचब िब्लबथिकष्क गर्ने गरी आवश्यक व्यवस्था मिलाईनेछ ।
    ज्ञछ। पार्किङ्ग व्यवस्थापनका लागि मुख्य शहरी क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य रुपमा ग्लमभचनचयगलम एबचपष्लन सहितको भवन निर्माण गर्ने गरी कानूनी प्रबन्ध मिलाइनेछ । साथै नगरका अन्य क्षेत्रमा समेत ग्लमभचनचयगलम एबचपष्लन सहित संरचना निर्माण गर्नेलाई नक्शा पास शुल्कमा निश्चित प्रतिशतका दरले छुट दिई प्रोत्साहित गरिनेछ ।
    ज्ञट। हालको भवन निर्माणको उचाई सम्बन्धी मापदण्ड पुनरावलोकन गर्न अध्ययन गरिनेछ ।
    ज्ञठ। ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सार्वजनिक निजी साझेदारी मार्फत एबचपष्लन द्यगष्मिष्लन निर्माणका साथै नगरको ट्राफिक समस्याको दीगो समाधान गर्न पहल गरिनेछ । नगरका विभिन्न क्षेत्रमा सःशुल्क र निःशुल्क पार्किङ क्षेत्र तोकिनेछ ।
    ज्ञड। टोल विकास संस्थाहरुसँग समन्वय गरी सडक बत्ती व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
    ज्ञढ। नगरको भौगोलिक सूचना प्रणाली न्क्ष्क्, ज्यगकभ ल्गmदभचष्लन ७ भ्एद्यक् लाई अद्यावधिक गर्दै प्रविधि मैत्री बनाईनेछ ।
    द्दण्। “हाम्रो सडक–हाम्रो सहभागिता, स्तरिय सडक–हाम्रो प्रतिबद्धता” अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइनेछ ।
    द्दज्ञ। नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा संचालनका लागि समन्वय गरिनेछ ।
    द्दद्द। संघ, प्रदेश तथा विकास साझेदारहरुको सहयोगमा संम्पूर्ण सडकहरुलाई समेटने गरी सतह ढल निर्माणका लागि गुरुयोजना तयार पारिनेछ ।
    द्दघ। खानेपानीको क्षेत्रमा रहेका विभिन्न निकायको सेवालाई एकीकृत तथा नियमन गर्न एकीकृत खानेपानी तथा सरसफाई बोर्डको गठन गर्ने विषयलाई अघि बढाइनेछ ।
    द्दद्ध। ऐतिहासिक बटौली क्षेत्रमा रहेका परम्परागत धार्मिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि विकास साझेदारीहरुसँगको सहकार्यमा गुरुयोजना तयार गरिनेछ ।
    द्दछ। मोतिपूर र सेमलार क्षेत्रमा स्याटेलाईट सहरको विकासका निम्ती आवश्यक अध्ययन कार्य अघि बढाईनेछ ।
    द्दट। बुटवल उप–महानगरपालिकाको एकीकृत शहरी विकास योजना अनुरुप योजना तथा कार्यव्रmम तय गरी कार्यान्वयनमा ल्याईनेछ । अधुरा तथा व्रmमागत आयोजनाहरुलाई प्राथमिकता दिई सम्पन्न गर्दै लगिनेछ ।
    द्दठ। पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यव्रmमलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
    द्दड। “शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, कृषि, उद्योग र व्यापार—बुटवल उपमहानगरको विकासको मूलआधार” अभियान भित्रका बुटवलको समग्र विकासका अग्रणी क्षेत्र उन्मुख कार्यव्रmम सञ्चालन गर्न विषयगत क्षेत्रसग सम्बन्धित संघ सस्था र निजीक्षेत्रसँग समन्वय र सहकार्य गरी सानिसालाई प्रबर्धन गर्ने नीति लिइनेछ ।
    द्दढ। वडा भेला तथा वडा कार्यालयहरुबाट सिफारिस भै आएका सबै योजनाहरुको एचयवभअत द्यबलप वनाई समपुरक कोषबाट कार्यान्वयन गर्न अधिकतम पहल गर्ने नीति लिइने छ ।
    घण्। संघ÷प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, हिलपार्कमा विशाल बुद्ध मूर्ति स्थापना र जितगढी युद्ध संग्राहलय निर्माण तथा पुरानो बटौलिको मौलिक पहिचान स्थापित गर्न गुरु योजना तयार गरि कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ ।
    घज्ञ। नगरको मुख्य शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरुमा अव्यवस्थित रुपमा रहेका टेलिफोन, केवल लगायतका तारहरुको व्यवस्थापन गर्न लगाइनेछ ।
    घद्द। छिमेकी नगरपालिकाहरुसँग समेत समन्वय गरी फोहर व्यवस्थापनको लागि संयुक्त परियोजना संचालन गर्न पहल गरिनेछ ।
    घघ। संघ÷प्रदेश सरकारको सहकार्यमा खेलकुद पूर्वाधार विकास निर्माणमा जोड दिईनेछ ।
    घद्ध। पुनः नापीको बाँकी रहेका कार्यलाई निरन्तरता दिईनेछ । ब्लक जग्गाको जग्गा धनी पुर्जा वितरण गर्न आवश्यक व्यवस्था गरिनेछ ।
    घछ। बुटवल उप–महानगरपालिका क्षेत्र भित्र नापी गर्न बाँकी सम्पूर्ण जग्गाको नापी कार्य सम्पन्न गरी डिजिटल नापी नक्शा तयार पारीनेछ । नक्सा पास तथा पूर्वाधार योजना कार्यान्वयनकालागि उक्त प्रविधीलाई प्रयोगमा ल्याइनेछ ।
    घट। समग्र नगर क्षेत्रका सार्वजनिक जग्गाको पहिचान तथा लगत तयार गरी संरक्षण गर्न वडा समिति र समुदायलाई थप जिम्मेवार र सव्रिmय बनाइनेछ ।
    घठ। नगरका विभिन्न क्षेत्रमा रहेका अव्यवस्थित बसोवासको लगत संकलन गरिएको छ । जग्गा नाप जाँच गरी अभिलेखिकरण गर्ने कार्य सञ्चालन गरिने छ । नापजाँच र अभिलेखिकरणमा असुरक्षित ठाँउ र अवस्थाको बसोवासलाई स्थानान्तरण गरी आवश्यक व्यवस्था मिलाइनेछ ।

    ६. सामाजिक विकास सम्बन्धी नीतिहरु
    ज्ञ। मानवीय मूल्य र मान्यतालाई आत्मसात गरी मानव सभ्यता र संस्कृतिहरुको प्रबद्र्धन गर्दै, सरल जीवन शैली र पद्धतिको धरातलमा “मानवताको शहर बुटवल उपमहानगर” ९ऋष्तथ धष्तज ज्गmबलष्तथ० बनाउने लक्ष्यका साथ सञ्चालन गरिदै आएका अभियानहरुलाई निरन्तरता दिइनेछ ।
    (क) लैङ्गिक मैत्री, बाल मैत्री, अपाङ्गमैत्री, युवा मैत्री, ज्येष्ठ नागरिक मैत्री तथा सडक मानव मुक्त शहर बुटवल उपमहानगर बनाउने महत्वपूर्ण अभियानहरु सञ्चालन गरिनेछन् ।
    (ख) आदीवासी जनजाति, थारु, मुस्लिम, अशक्त तथा विपन्न समुदायलाई लक्षित गरी उनीहरुको उत्थानमा सहयोग पुग्ने कार्यव्रmमहरु सञ्चालन गरिनेछ ।
    (ग) घोषणा गरिएका “साक्षरता युक्त, खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त, छुवाछुत मुक्त बुटवल” अभियानलाई थप प्रवद्र्धन गरिनेछ ।
    द्द। टोल विकास संस्थाहरुलाई नगरपालिकाको आधारभुत÷समुदायतहको सहयोगी अंगको रुपमा थप स्थापित गर्दै विकास निर्माण, समुदाय परिचालन सामाजिक अभियान सञ्चालन र राजश्व संकलन समेतमा सहकार्य गरी थप सुदृढ बनाउदै लगिनेछ ।
    घ। उद्यम विकासमा महिलाहरुको भूमिका अभिवृद्धि गर्न र उद्यमी महिलालाई प्ररेरित गर्न उप–प्रमुख महिला उद्यमशिलता तथा प्रोत्साहन कार्यव्रmम सञ्चालन गरिनेछ । यस अन्र्तगत स्वदेशी श्रमिकलाई रोजगारी दिने महिला उधमिले सञ्चालन गरेको वस्तु वा सेवा उधोगलाई तोकिएको व्यवसायमा लाग्ने करमा निश्चित दरमा छुट दिने लगायतका प्रोत्साहनका कार्यव्रmम सञ्चालन गरीनेछ ।
    द्ध। लैंङ्गिक तथा घरेलु हिंसा, यौन शोषण, जोखिममा परेका बालबालिका, अपाङ्गता, एकल महिला तथा यौनिक अल्पसंख्यकहरुलाई दृष्टिगत गरी अवसर र हित प्रबद्र्धन सम्बन्धी विशेष कार्यव्रmम सञ्चालन गरिनेछ ।
    छ। महिला, आदिवासी जनजाति, दलित लगायतका लक्षित वर्ग उत्थान समितिहरु गठन गरी ती वर्ग समुदायलाई सशक्तिकरणका माध्यमबाट मूलप्रवाहमा ल्याइनेछ ।
    ट। गैसससँगका सहकार्यका कार्यव्रmममा दोहोरोपन नहुने गरी मात्र उद्देश्य, गतिविधि र अनुभव समेतलाई दृष्टिगत गरी प्रतिस्पर्धात्मक प्रस्तावको माध्यमबाट गरिनेछ ।
    ठ। गैर सरकारी संस्थाको दर्ता, नविकरण, विघटन र खारेजी तथा नियमन कार्यलाई व्यवस्थित गरिनेछ ।
    ड। स्थानीय तहमा निर्माण गरिने भौतिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक सबै प्रकारका विकास योजनाहरूमा लैगिंक, बाल तथा अपाङ्गतामैत्री बनाउनका लागि आवश्यक पहल गरिनेछ ।
    ढ। नगरको पहिचान दिने, रोजगारी र स्वरोजगारिता सृजना गर्ने, स्थानीय श्रोत साधनको अतिकतम प्रयोग हुने योजना कार्यव्रmमलाई प्राथमिकता दिई गरिबी न्यूनीकरण एवं समावेशी विकासबाट सामाजिक विभेद कमगर्दै जाने नीति लिइनेछ ।
    ज्ञण्। “श्रमिक महिलाहरुको आवश्यकता र शिशुको स्याहार पाउने हक” लाई ख्याल गर्दै नगरक्षेत्र भित्र कम्तीमा २५ सिट क्षमताको शिशु स्याहार केन्द्र संचालन गर्ने व्यक्ति वा संस्थालाई प्रोत्साहन गरिनेछ ।
    ज्ञज्ञ। आश्रय आवश्यक पर्ने पीडित वालवालिकाहरुको लागि सुरक्षित आवासको व्यवस्था मिलाइनेछ । निकृष्ट प्रकारको वालश्रमलाई निषेध गरिने छ ।
    ज्ञद्द। हिंसा पीडित महिलाहरुको लागि सुरक्षित आवासको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
    ज्ञघ। परम्परागत पेशा शीप र व्यवसायलाई प्रोत्साहित गरिनेछ ।
    ज्ञद्ध। समाजका अग्रज सम्मानित ज्येष्ठ नागरिकहरुको भूमिका र योगदानलाई उच्च महत्व दिइनेछ । ज्येष्ठ नागरिकहरुको दिनचर्यालाई सहज र सव्रिmय वनाउन “ज्येष्ठ नागरिकः एक वडा, एक मिलन केन्द्र” संचालनका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।
    ज्ञछ। नगरबाट प्रदान गरिने सेवाहरुमा असाहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अशक्तलाई सेवामा अग्राधिकार दिइनेछ ।
    ज्ञट। गैर सहकारी संस्थाका कार्यव्रmमहरु नगरको नीति, कार्यव्रmममा आवद्ध गराइनेछ ।

    ७. शिक्षा
    ज्ञ। “बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समतामूलक अवसर” भन्ने आदर्श वाक्यलाई आधार मानि नगरका प्रत्येक विद्यालयहरुमा भौतिक, प्राविधिक तथा वातावरणीय पक्षमा सुधार गरी वालमैत्री, लैङ्गीकमैत्री तथा अपाङ्गमैत्री वातावरण सिर्जना गरिनेछ ।
    द्द। विद्यालयमा दरवन्दी मिलान गरी शिक्षक, विद्यार्थी अनुपात तथा कक्षा विद्यार्थी अनुपात उपयुक्त बनाइनेछ ।
    घ। विद्यालय शिक्षक, कर्मचारीहरु तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरिनेछ ।
    द्ध। शिक्षक दरवन्दी कम भएका विद्यालयहरुमा थप शिक्षक व्यवस्थापन गरिनेछ ।
    छ। नगरक्षेत्र भित्र विद्यालय वितरणको अवस्थाको मूल्यांकन गरी आवश्यकता अनुसार नयाँ विद्यालय खोल्ने समायोजन गर्नु पर्ने भएमा सो समेत गरिनेछ ।
    ट। संस्थागत विद्यालयहरुको वर्गीकरण गरी विद्यालयहरुले उठाउने शुल्कलाई सुत्रमा आधारित र न्यायोचित हुने गरी निर्धारण गरी कार्यान्यन गरिनेछ ।
    ठ। संस्थागत विद्यालयहरुले उपलब्ध गराउने विभिन्न प्रकारको छात्रवृत्तिलाई व्यवस्थित गरी न्यायोचित बनाइनेछ ।
    ड। विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयको पहुंचमा ल्याइनेछ ।
    ढ। शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै उपलब्ध गराइने सेवालाई छिटो छरीतो र गुणस्तरीय बनाइनेछ ।
    ज्ञण्। नगरका १९ वटै वडामा १÷१ वटा नमूना बाल विकास केन्द्र र १÷१ वटा नमूना आधारभूत विद्यालय व्रmमशः विकास गरिनेछ ।
    ज्ञज्ञ। सबै विद्यालय कम्पाउण्ड भित्र वृक्षारोपण गरी विद्यालयमा हरीयाली वातावरण बनाइने छ । साथै विद्यालयहरुमा रङरोगन गरी आकर्षक बनाइनेछ ।
    ज्ञद्द। कम्प्यूटर नभएका आधारभूत विद्यालयहरुलाई कम्प्यूटर सहयोग गर्नुका साथै शिक्षकहरुलाई कम्प्यूटर, गणित तथा विज्ञान विषयमा मागमा आधारित तालिम सञ्चालन गरिनेछ ।
    ज्ञघ। बालबिकास कक्षाका लागि उपलब्ध गराइदै आएको खाजा कार्यव्रmमलाई समयानुकुल उपयुक्त नम्र्सका आधारमा व्यवस्थित गर्दै लगिनेछ ।
    ज्ञद्ध। शिक्षकहरुलाई अवलोकन भ्रमण गराई अनुभव गरिएका राम्रा अभ्यासहरुलाई विद्यालयहरुमा कार्यान्वयन गरिनेछ ।
    ज्ञछ। विद्यालय निरीक्षण र अनुगमन कार्यलाई नियमित र व्यवस्थित गरी शैक्षिक गुणस्तर अभिवृद्धिसंग आवद्ध गरिनेछ ।
    ज्ञट। बालबालिकाहरुको सर्वाङ्गीण पक्षको बिकासका लागि प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप संचालन गरिनेछ ।
    ज्ञठ। विद्यालय व्यवस्थापन तथा सिकाई उपलब्धिमा सुधारका लागि प्रोत्साहनका कार्यव्रmम संचालन गरिनेछ ।
    ज्ञड। न्यूनवेतनधारी विद्यालय कर्मचारीहरु तथा बालबिकासका सहयोगी कार्यकर्ताहरुका लागि पोशाकको व्यवस्थाका साथै उनीहरुको पारिश्रमिकलाई न्यूनतम राष्ट्रिय मापदण्ड बमोजिम पु¥याउन क्रमशः प्रयास गरिनेछ ।
    ज्ञढ। विद्यालय शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन यस बर्ष ४ वटा विद्यालयहरुमा नमूना डिजिटल कक्षा सञ्चालन गरिनेछ ।
    द्दण्। संस्थागत र सामुदायिक विद्यालयका पदाधिकारीहरुलाई एकै ठाउँमा राखि विद्यालयमा भएका असल अभ्यास र समस्या पहिचान गरी कार्यान्वयन योजना बनाइ कार्यान्वयन गरिनेछ ।
    द्दज्ञ। धार्मिक विद्यालयहरुलाई मुलप्रवाहीकरण गर्दै प्रभावकारी र गुणस्तरीय शिक्षा उपलब्ध गराउने गरी आवश्यक सहयोग गरिनेछ ।
    द्दद्द। खेलकुदका लागि पुर्वाधार विकास गर्नुका साथै खेल र खेलाडीहरुलाई उत्साहित र क्रियाशिल बनाउने खालका विभिन्न खेलकुद कार्यव्रmम संचालन गरिनेछ ।
    द्दघ। राष्ट्र र समाजका लागि उल्लेखनिय योगदान दिने व्यक्ति को सम्मानमा स्थापना गरिएका विभिन्न खेलकुद कार्यव्रmम तथा रचनात्मक कृयाकलाप सञ्चालनमा सहयोग गरिनेछ ।
    द्दद्ध। युवा वर्गलाई खेलकुदको माध्यमवाट स्वस्थ जीवनशैली निर्माण, सिर्जनात्मक क्षमताको विकास र समाजको प्रतिष्ठा अभिवृद्धि गर्न प्रेरित गरिनेछ ।
    द्दछ। संघसस्था र क्लवहरुसँगको सहकार्यमा हरेक वडामा शारिरीक व्यायामशाला, खेल मैदान, कभर्ड हल निर्माण र संचालन गरिनेछ ।
    द्दट। युवा वर्गलाई लक्षित गरी लागु पदार्थ दुव्र्यसन सम्बन्धमा सचेतीकरण कार्यव्रmम सञ्चालन गरिनेछ ।
    द्दठ। विकासका हरेक गतिबिधिहरुमा युवाहरुको अर्थपूर्ण सहभागिताद्वारा क्षमता विकास गर्दै उनीहरुलाई आत्मनिर्भर तर्फ उन्मुख बनाइनेछ ।
    द्दड। युवा वर्गमा रहेका सिर्जनशिल सिप, क्षमताको पहिचान गर्दै सिप तथा क्षमता विकासको माध्यमबाट युवा उद्यमशिलता विकास तथा प्रोत्साहन कार्यव्रmमहरु संचालन गरिनेछ ।
    द्दढ। युवा क्लव गठन, युवा संसद स्थापना र अभ्यास कार्यव्रmमद्वारा हरेक वडा स्तरको विकासमा भएका प्रयासहरुलाई द«ुत गतिमा अगाडी बढाइनेछ ।
    घण्। युवा वर्गमा योग तथा साधनाको माध्यमबाट स्वस्थ जीवन शैली निर्माणका लागि अभिमुखिकरण कार्यव्रmम संचालन गरिनेछ ।
    घज्ञ। भाषा, कला, साहित्य, संस्कृतिको उन्नयन विकास, प्रवद्र्धन, संरक्षण, सम्वद्र्धन गर्न कला साहित्य प्रतिष्ठान स्थापनाका लागि कानूनी प्रबन्ध मिलाई सकिएको हुँदा सोसँग सम्बन्धित विषय प्रतिष्ठान मार्फत सञ्चालन गर्ने प्रबन्ध मिलाईनेछ ।

    (क) जनस्वास्थ्य
    ज्ञ। पूर्ण खोप सुनिश्चितताको निरन्तरताका लागि खोप सम्बन्धी कार्यव्रmमलाई प्रभावकारी बनाउँदै लगिनेछ ।
    द्द। शहरी स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको अवस्थिति, सेवा प्रवाह र संरचनामा समयानुकूल पुनरावलोकन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लगिनेछ । सबै वडाहरुमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सहज पहूँच हुने गरी सेवा विस्तारमा जोड दिइनेछ ।
    घ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ एवं प्रभावकारी रुपमा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्दै करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा एकरुपता कायम गर्दै समयानुकूल सुधार गरिनेछ ।
    द्ध। ज्येष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धनको लागि नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यव्रmमलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ ।
    छ। पोषणयुक्त खानाको बारेमा सचेतना फैलाउँदै पोषण शिक्षा कार्यव्रmमलाई प्रभावकारी र नतिजामुखी बनाउनुको साथै कुपोषण भएका बालबालिकाहरुलाई उचित उपचार तथा पोषणको प्रबन्ध मिलाउन पहल गरिनेछ ।
    ट। स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रको भौतिक स्तरोन्नति, न्यूनतम औषधि तथा औजार, उपकरणको उपलब्धतामा बृद्धि गर्दै लैजानुको साथै औषधि भण्डारण र ढुवानीलाई थप प्रभावकारी बनाइनेछ ।
    ठ। स्वास्थ्य कार्यव्रmममा सरकारी, गैरसरकारी, सहकारी र निजी क्षेत्रसँगको सहयोग, समन्वय र सहभागितालाई जोड दिइनेछ । स्वास्थ्य सेवा प्रदायक निजी स्वास्थ्य संस्थालाई व्यावसायिक एवं जवाफदेही बनाई पेशागत स्तरीयता कायम गराउन र सेवाको गुणस्तर सुनिश्चित गर्न पहल गरिनेछ ।
    ड। मातृशिशु स्वास्थ्य कार्यव्रmमलाई थप प्रभावकारी र नतिजामुखी बनाउनको लागि उप¬–प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यव्रmमलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ ।
    ढ। सर्ने तथा नसर्ने रोगको प्रकोप न्यूनीकरण र नियन्त्रणका लागि विभिन्न स्वास्थ्य प्रबद्र्धनात्मक कार्यव्रmममा जोड दिदै लगिनेछ ।
    ज्ञण्। विद्यालय स्वास्थ्य कार्यव्रmमलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा संचालन गर्दै लगिनेछ । यस आर्थिक वर्षमा सबै संस्थागत विद्यालयहरुले एकजना स्वास्थ्यकर्मीको व्यवस्था गर्नको लागि पहल गरिने छ । सामुदायिक विद्यालयका हकमा वडाहरुमा स्थापना भएका शहरी स्वास्थ्य केन्द्रहरु मार्फत विद्यालय स्वास्थ्य कार्यव्रmम सञ्चालन गरिनेछ ।
    ज्ञज्ञ। महामारीको पूर्व तयारी, रोकथाम तथा व्यवस्थापनको लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गरिनेछ । डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि वडास्तरीय खोज र नष्ट गर अभियानलाई सामाजिक परिचालनमार्फत् प्रभावकारी रुपमा संचालन गरिनेछ ।
    ज्ञद्द। मेडिकलजन्य फोहोरको दीगो व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारी नीति अबलम्वन गरिनेछ ।
    ज्ञघ। नगरपालिका अन्तर्गत संचालित सबै स्वास्थ्य संस्थाहरुमा परिवार नियोजनका पाँच वटै सेवा उपलब्ध गराउन आवश्यक पहल गरिनेछ ।
    ज्ञद्ध। प्रदेश सरकारसँगको समन्वयमा पिउने पानीको गुणस्तर परीक्षण, तरकारी र फलफूल लगायत खाद्यपदार्थमा प्रयोग हुने विषादिको नियन्त्रण तथा सूर्तीजन्य पदार्थको प्रयोगमा कानूनबमोजिम प्रभावकारी नियमनका लागि पहल गरिनेछ ।
    ज्ञछ। उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गर्दै लगिनेछ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यव्रmमहरुलाई निरन्तरता दिइनेछ ।
    ज्ञट। एचआइभी÷एड्स, क्षय÷कुष्ठ लगायतका राष्ट्रिय कार्यव्रmम तथा अभियानलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ ।
    ज्ञठ। लुम्बिनी बस टर्मिनलमा यात्रु स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनेछ ।

    नगरसभा सदस्यज्यूहरु
    उल्लेखित नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ ।
    उल्लेखित नीति कार्यव्रmमहरु सफलता पूर्वक कार्यान्वयन गर्न सकिएमा मुलुकले अगाडि सारेको “सम्वृद्ध नेपाल खुसी नेपाली” को महायात्रा “सम्वृद्ध बुटवल खुसी बुटवल” को अभियानमा थप इट्टा थप्दै हामीले परिकल्पना गरेको “सबल आर्थिक केन्द्र समुन्नत बुटवलको लक्ष्य प्राप्त गर्न सकिन्छ र पर्यटन, कृषि, उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य तथा यातायात र सञ्चारको हवको रुपमा बुटवललाई स्थापित गर्दै जान सकिन्छ भन्ने दृढ विश्वास लिएको छु ।
    अन्त्यमा,ं
    उल्लेखित नीति कार्यव्रmम गर्न उप–महानगरपालिका मात्रैको प्रयासले मात्र कार्यान्वयन हुन सक्दैन यसका लागि संघ तथा प्रदेश सरकारको आड र भरोसा, विकास साझेदारहरुको सहकार्य, सबै तहका जनप्रतिनिधिहरु, सबै राजनीतिक दल, उद्योगी व्यवसायी, विभिन्न सरकारी, गैर सरकारी निकाय संघसंस्था, टोल विकास संघ संस्था, सामाजिक अभियन्ता, निर्माण व्यवसायी लगायत सम्पूर्ण नगरबासी आमा, बाबु, दाजुभाई दिदीबहिनीहरुको साथ सहयोग र सव्रिmयता खबरदारी अनि रचनात्मक आलोचना समेत प्राप्त भएमा मात्र कार्यान्वयन सफल हुने हुँदा यस अवसरमा त्यस प्रकारको सहयोगका लागि विनम्रतापूर्वक अनुरोध गर्दै प्रस्तुत नीति कार्यव्रmम तैयार गर्न सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि कर्मचारीहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

    © 2022 krishipatra All right reserved