विषादी परिक्षण गरेर मात्रै तरकारी र फलफुल भित्राउने प्रावधानपछि रोकीए भारतीय गाडी

  • कहाँ गर्ने विषादी परिक्षण
  • बुटवल, असार ।
    सरकारले विदेशबाट आयत हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भन्सार गर्ने प्राबधान लागू गरेको छ।

    बाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रबारको परिपत्र अनुसार यतिबेला देशैभरका भन्सार कार्यलयले विषादी अवशेष परिक्षण नगरेसम्म तरकारी जन्य पदार्थको भन्सार गरेका छैनन्। जसको कारण शुक्रबारदेखि नेपालमा आलु, प्याजलगायत तरकारी र फलफूल भित्रिएको छैन।

    भैरहवा भन्सारबाट मात्रै दैनिक तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालयको मंगलबारको परिपत्र अनुसार विषादी छैन भनि प्रमाणित गरेको प्रमाण भएमा मात्रै भन्सार पास गर्ने भन्ने निर्देशानुसार उक्त प्रमाणपत्र नलिएकाहरुको भन्सार नगरिएको भैरहवा भन्सार कार्यलयका सूचना अधिकृत कलिराम पौडेलले बताए।

    क्वरेन्टाईनले बिषादी चेकजाच गरी विषादी छैन भनी प्रमाणपत्र दिएपछि मात्रै भन्सार हुने नियम मंगलबारदेखि लागू भएको हो। अहिलेसम्म कृषि सुधार शुल्क ५ प्रतिशतमा भारतबाट दैनिक पचासौं गाडी तरकारी भैरहवा भन्सारबाट मात्रै नेपाल भित्रीरहेको थियो।

    बेलहियामा रहेको प्लान्ट क्वारेन्टाईनले विषादी अवशेष परिक्षणको विषयमा आफुलाई कुनै पनि किसिमको निर्देशन नआएको बताएको छ। उक्त कार्यलयका प्रमुख विष्णप्रसाद काफ्लेले भने, ‘यो विषयमा भन्सारसंग बैठक भएको थियो।

    तर अहिले सम्म हामीसंग उपकरण पनि छैन, उक्त   क्षेत्रको दक्ष जनशक्ति पनि छैन अनि माथिबाट कुनै निर्देशन पनि आएको छैन।’ धेरै दिन भन्सारमा रोकिदा तरकारी सड्ने भएपछि व्यपारीहरुले उक्त गाडीहरु भारत फर्काउने कि के गर्ने भन्ने अलमलमा परेका छन्।

    भारतबाट तरकारी आउँदा स्थानिय किसानहरु मर्कामा पर्ने गरेका थिए। धेरै परिमाणमा हुने उत्पादनसँग नेपाली किसानहरुको उत्पादनले प्रतिषपर्धा गर्न हम्मेहम्मे परेको थियो। मर्चवारमा वर्षौदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका हरिओम लोध भारतीय तरकारीमा भएको कडाईको खबरले खुसी भएको बताए। उनले भने, ‘अब हाम्रो तरकारीले भाऊ पाउछ कि।’

    प्रदेश नं ५ को सरकारले हरेक निर्वाचन क्षेत्रमा कृषि पकेट क्षेत्रको लागि बजेट समेत छुट्टाएको छ। प्रदेशस्तरीय क्षेत्रमा स्मार्ट कृषि कार्यक्रम घोषणा भई कायान्वयनमा आइसकेको छ।

    कृषि स्मार्ट कार्यक्रमको घोषणासँगै सरकारले भारतीय तरकारी र फलफूलमा गरेको कडाईले स्वदेशी कृषकहरुमा उत्साह बढाएको देवदह घोडाहा स्मार्ट कृषि कार्यन्वयन कार्यक्रम संयोजक पिताम्बर खरालले बताए। उनले भने, ‘अब नेपाली किसानलाइ राहत मिल्ने भयो। ’
    यसअघि सरकारले खसीबोका, बाख्रामा पनि कडाई गरेपछि गएको फागुन २६ गतेदेखी नेपालमा खसीबोका भित्रिएका छैनन्। खसीबोका भित्र्याउँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को नियमावली ५६ अनुसार अन्तराष्ट्रिय स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने भएपछि भारतीय व्यवपारीले उक्त प्रमाणपत्र पेश गर्न नसक्दा खसीबोका आयत स्वतः रोकिएको हो।
    विषादी परिक्षण कँहा?
    नेपालकै दोस्रो ठुलो भन्सार नाका हो भैरहवा । भैरहवामा रहेको पशु क्वारेन्टाईनमा नाम मात्रैको प्रयोगशाला छ । जुन सामान्य परिक्षण हुन्छ । बुटवलमा रहेको छ आधुनिक विषादी अवशेष पत्ता लागउने प्रयोगशाला ।
    बुटवलमा रहेको विषादी अवशेष दुत्र विश्लेषण ईकाई(प्रयोगशाला) अहिले बन्द छ । कर्मचारी अभावको कारण बन्द छ । जसले पहिला नियमित रुपमा विषादीको अवशेष विश्लेषण गरी के कती मात्रामा विषादी प्रयोग गरिएको छ भन्ने विषयमा जानकारी दिदै आएको थियो । यद्यप िअहिले बन्द छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको उक्त प्रयोगशाला बन्द भएको करिव ६ महिना भएको लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवर बताउछन् ।
    कहाँ परिक्षण गर्ने भन्ने विषयमा निरर्कोल नै नगरी फलफुल र तरकारी आयातमा रोक लागाईनु आफैमा गैर जिम्मेबारीपना भएको अध्यक्ष कुँवरको भनाई छ । (नेपाल समयको सहयोगमा )

    © 2025 krishipatra All right reserved