बुटवल, १ असार ।
प्रदेश नम्बर ५ सरकारले बजेट सार्वजनिक गरकेो छ । कुल बजेटको ४ अरव ७ करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजना गरिएको छ । कुल ४ अरब ७ करोड बजेटमा सरकारले किसानहरुलाई कृषि ऋणको व्याजमा अनुदान प्रदान गर्ने गरी नयाँ योजना ल्याएको छ ।
कृषि ब्याजमा अनुदान प्रदान गर्नको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै कृषिकर्मी रोजगार कार्यक्रमको लागि पनि सरकराले १० करोड रुपैयाँ विनियोजन गरेको छ । जस अनुसार कृषि क्षेत्रमा काम गर्ने कृषिकर्मीहरुको अभावलाई पुर्ती गर्नको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
स्मार्ट कृषि गाउँ कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको छ । गत बर्ष प्रत्येक निर्वाचन क्षेत्र अनुसार ५२ वटा स्मार्ट कृषि गाँउ निर्माण गरेकोमा यस बर्ष पनि यसलाई थप निरन्तरता दिई थप सब ३४ स्थायि तहको लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यि हुन कृषिमा बजेट
यन्त्रीकरणमा ६ करोड
शिक्षित युवा किसान कार्यक्रम युवा लक्षित १० करोड ।
चाक्लाबन्दी गरी कृषि कर्म गर्न ५ करोड
भुमिहिन करारक कृषि खेती निरन्तरता
प्रदेश ५ मा २लाख फलफुल विरुवा रोपमा २ करोड
ट्श्युकल्चर प्लान्ट स्थानाको लागि आवश्यक बजेट ।
सित भण्डार स्थापनाको लागि ३५ करोड
किसान मिसन कार्यक्रम १८ करोड
माछा पालन केन्द्र, माछाको दाना, उद्योग, प्रयोशाला स्थापनाको लागि निजी क्षेत्रसंगको सहकार्य
प्रादेशिका कृषि प्रोत्साहन सहितका कार्यक्रम ५ करोड
कृषि सडक निर्माणको लागि ८ करोड बजेट
सिंचाई आयोजना ३ करोड ९५ लाख