स्मार्ट कृषिगाउँबाट किसान उत्साहित

  • देशमा पहिलो पटक सुभारम्भ गरिएको स्मार्ट कृषि गाउँको करिव एक बर्षमा किसानहरुमा परिर्वतन देखा परेको हो ।
  • बुटवल, असार ।
    आज भन्दा पहिला परम्परगत रुपमा खेती गर्दै आएका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घोडाहाका किसान अहिले नविनतम प्रविधिको अभ्यास गर्दै छन् । सिंचाईंको लागि ४ स्थानमा स्यालो ट्युवेल जडान गरिएको छ ।
    दुई स्थानमा ठुलो आकारमा हाईटेक टनेल निर्माण गरेकाछन् । वडा कार्यालयसंगै जोडीएको भवनमा राखिएको कृषि सूचना केन्द्रमा निरन्तर सूचना तथा प्राविधिक परामर्स लिईरहन्छन् । उत्पादन भएको कृषि उपज राजमार्गको छेउमा रहेको कृषि उपज शंकलन केन्द्र तथा कष्टम हायरिङ्ग सेन्टर मा लगेर जम्मा गर्दछन् । त्यहाँबाट व्यपारिहरुले उचित मुल्य निर्धारण गरी कृषि जन्य उपज लैजाने गर्दछन् ।

    यसरी नयाँ पद्धतीमा अभ्यारभएको देवदहका किसानहरु धेरै भएको छैन । प्रदेशमा पहिलो पटक सुभारम्भ गरिएको स्मार्ट कृषि गाउँको करिव एक बर्षमा किसानहरुमा परिर्वतन देखा परेको हो । एक बर्षको अन्तरमा किसानहरुले गाउँमा धेरै परिर्वतन गरेका छन् ।
    रुपन्देहीको देवदहका किसान पहिला पारम्परागत रुपमा खेती प्रणालीमा अभ्यस्तै हुदै आएका थिए । खेती पद्धती परम्परगत, सिंचाई तथा अन्य प्राविधिक ज्ञानको अभावले उत्पादनमा वृद्धि आउन सकेको थिएन । तर अहिले प्रदेश सरकारले पहिलो पटक सुरुवात गरेको स्मार्ट कृषि गाउँले किसानहरुमा जागरण पैदा गरेको छ ।
    पहिलो पटक प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरेको स्मार्ट कषि गाउँमा अहिले किसानहरु आधुनिक प्रविधिको प्रयोग देखि लिएर विभिन्न उपकरणको प्रयोगबाट उत्पादकत्व वृद्धिमा लागेका छन् ।

    भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ल्याएको योजना अनुसार आफुहरुले आधुनिक टनेल निर्माण गरी कृषि कर्ममा लागेको स्थानिय किसान विष्णु प्रसाद पाण्डे बताउछन् ।
    देवदह स्मार्ट कृषि गाउँ कार्यान्यवन समितिको सदस्य सचिव रहेका विष्णु प्रसाद पाण्डेले किसानहरुमा परिर्वतनको लहर देखा पर्न लागेको जानकारी दिए । उनका अनुसार पहिला पनि खेतीपाती गर्दै आएका किसानहरु अहिले आधुनिक प्रणालीमा अभ्यस्त हुदै गएको छन् ।
    टनेल निर्माण गरी कृषि कर्म गर्दा अन्य भन्दा दोब्बर आम्दानी हुने भएको कारण स्मार्ट कृषि गाउँको दुई स्थानमा टेनलमा खेतीलाई अगाडी बढाइएको उनको भनाई रहेको छ । हाल सम्म करिव ९५ प्रतिशत काम सम्पन्न गरेको उनी बताउछन् ।

    प्रदेश सरकारले ५० लाख र स्थानिय तहले १० लाख गरी कुल ६० लाख लागतमा अहिले स्मार्ट कृषि गाउँमा विभिन्न कार्यक्रमहरु जारी रहेकाछन् । स्मार्ट कृषि गाउँ अन्र्तगत सूचना केन्द्र निर्माण गरिएको छ । जहाँ किसानहरुले आवश्यक परेको बेला आफुलाई चाहिने सूचनाहरु प्राप्त गर्न सक्नेछन् । जहाँ ईमेल, ईन्टर नेट सहित प्रीन्टरहरु समेत जडान गरिएको छ ।
    यस्तै स्मार्ट कृषि गाँउ अन्र्तगत नै संकलन केन्द्र तथा कष्टम हायरिङ्ग सेन्टर समेत स्थापना गरिएको छ ।
    देवदह स्मार्ट कृषि गाउँ कार्यान्यवन समितिका संयोजक पिताम्बर खराल ले १ सय ५ जना किसानहरुले व्यवसायीक रुपमा कृषिमा लागेको जानकारी दिए । उनका अनुसार किसानहरुमा कृषि गाउँले एउटा जागरण पैदा गरेको छ ।

    उनका अनुसार गाउँमा करेला, भिन्डी, खुार्सानी, फर्सी लगायतका दैनि उपभोग्य बस्तुहरु उत्पादन हुदै आएको जानकारी दिए । किसाहरुको आम्दानीको स्रोत समेत बलियो भएको उनी बताउँछन् । उनी भन्छन्–‘ किसानहरुमा एक प्रकारको लहर ल्याउने काम स्मार्ट कृषि गाउँले गरेको छ । ’ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी किसानहरुमा प्रविधिको सिकाई र विस्तारमा यस्तो प्रकृतिको कार्यक्रम सफल हुने जानकारी दिए । प्रदेश नम्बर ५ सरकारले अघिल्लो आर्थिक बर्षमा सुरु गरेको स्मार्ट कृषि गाउँ अन्र्तगत प्रदेश ५ का ५२ वटा स्थानमा अहिले स्मार्ट कृषि गाँउ कार्यान्वयन रहेका छन् ।

    आगामी आर्थिक बर्षमा थप गरी सबै पालिकाहरुमा स्मार्ट कृषि गाउँको अवधारण ल्याएको छ । जस अनुसार १ सय ९ वटा स्थानिय तहमा स्मार्ट कृषि गाउँ निर्माण हुने छन् ।
    प्रदेश सरकारले विएस्सी एजी, आईएस्सी एजी अध्यायन गरेका विद्यार्थीहरुलाई प्रत्येक स्मार्ट कृषि गाँउमा सहजीकरणको लागि समेत राखेको छ । जसबा ति विद्यार्थीहरुले आफुले सिकको सिप पुर्णरुपमा व्यहारिक ज्ञान किसानहरुलाई प्रदान गर्नेछन् । अर्थात उनीहरुले खेती नै गरेर किसानहरुलाई नमुनाको रुपमा देखाउनेछन् । जसबाट किसानहरुले नयाँ प्रविधिको विषयमा जानकारी प्राप्त गरी सोही प्रविधिलाई आत्मसाथ गर्ने गरी अगाडी बढेमा कम लागतमा बढि प्रतिफल प्राप्त गर्ने अपेक्षा मन्त्रालयले गरेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप सचिव बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए । (बुटवलटुडेबाट साभार)

    © 2025 krishipatra All right reserved