केहि दिन अझै धानको व्याड नराख्न सुझाव

  • बाँके र बर्दियामा अझैपनि गर्मि धेरै भएकाले राखेको व्याड पनि मर्ने अवस्थामा पुगेको छ
  • नेपालगन्ज १९ जेष्ठ ।

    कृषकहरु बर्खे सिजनका लागी धानको व्याड राख्न तयारी सुरु गरीसकेका छन । केहिले त सिचाई सुविधा पुगेको स्थानमा व्याड राख्न थालिसके । केहिले पानि पर्ने आसा सहित खेतको तयारीका लागी सिचाई गरीरहेका छन ।

    बाँके र बर्दियामा अझैपनि गर्मि धेरै भएकाले राखेको व्याड पनि मर्ने अवस्थामा पुगेको छ । बाँके र बर्दियाका किसानहरुलाई कृषिविज्ञहरुले अझै धानको व्याड नराख्न किसानहरुलाई सुझाव दिएका छन् ।

    बाँके र बर्दियामा किसानहरुले धानको व्याड राख्न थालेपछि कृषिविज्ञहरुले अत्यधिक गर्मीका कारण ब्याड नउम्रने जोखिम बढ्ने भएकाले एक दुई झरी पानी परेपछि मात्र व्याड राख्न सुझाव दिएका हुन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेका बाली बैज्ञानिक रामदास चौधरी जेष्ठको १५ देखि लास्ट सम्म विउ राख्न सकिने भएपनि यस क्षेत्रमा अहिले मौसम एकदम तातो छ ।

    अहिले वीउ राख्दा बेर्ना मर्ने सक्ने सम्भावना बढि हुने भएकाले एक दुई पटक पर्दा वीउ राख्दा उपयुक्त हुने बालि बैज्ञानिक चौधरीले बताए । वीउ विग्रन सक्ने भएकाले सचेत रहन आग्रह । यो बेला भनेको वीउ व्यवस्थापन तिर किसान लाग्न पर्ने बैज्ञानिक चौधरीको भनाई छ । मौसम हेरेर एक हप्ता भित्रै धानको व्याड राख्न सकिने चौधरीले बताए ।

    क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराले पनि गर्मि धेरै भएकाले व्याड नराखेको बताए । बालि बैज्ञानिक चौधरीले धानको व्याडको शुरक्षाको लागी अहिले पानी सिचाई गर्दे गर्न सकिने बताउछन । धानको व्याड राख्दै गर्दा किसानलाई झारले बढि सताउने हुँदा अहिले बाटै खेतमा पानि भरेर राख्न सुझाव दिन्छन्, बैज्ञानिक चौधरी ।

    © 2024 krishipatra All right reserved