
बुटवल, जेठ ।
प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले किसानलाई आत्मनिर्भर बनाउनको लागि सरकार लागि परेको बताएका छन् । उनले सरकारले सहकारी लक्षित कृषि व्यवसायलाई पोत्साहन गर्ने नीति ल्याएको बताउँदै परम्परागत ढाँचा भन्दा फरक प्रकृतिको कार्य प्रदेश सरकारले गरेको बताएका हुन ।
व्यवसायीक फर्म तथा सहकारीका लालिग सहकार्यमा दाता तथा अन्य पशुजन्य पदार्थको ढुवानीको लागि पिक आफ गाडीको साँचो हस्तानान्तरण तथा उत्पादनमा आधारित(दुध) किसान तथा सहकारी समुहलाई उत्पादन प्रर्वद्धनको लागि चेक हस्तानान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले सबै किसानहरुलाई प्रतिनिधिमुलक ढंगबाट सरकराले पोत्साहन गर्दै जाने बताएका हुन ।
उनले एक पटक अनुदान वितरण भयो भनेर निरान नबन्नको लागि अन्य किसान, समुह तथा उद्यमीहरुलाई आग्रह गर्दैै सरकारले अनुादान निरन्तर रुपमा प्रदान गर्ने जानकारी दिए ।
प्रदेश नम्बर ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र पशुपंक्षि तथा मत्स्य विकासको आयोजनामा गरी २६ वटा कृषक समुह तथा सहकारीहरु लाई उत्पादनमा आधारित नगद अनुदान प्रदान तथा १२ वटा समुह, सहकारी र फर्मलाई यातायातको साधन पिक अफ भ्यान प्रदान गरिएको हो ।
मुख्य मन्त्री पोखरेलले कृषि बाट नै प्रदेशको समृद्धीको आधार खडा भएको भन्दै अहिले अन्य प्रदेशको तुलनामा प्रदेशको जिडीपी दर उच्च रहेको बताए । उनले भने–‘हामी अन्य प्रदेशको तुलनामा उत्पादकत्वको वृद्धिदरमा उच्च छौं, जुन गर्व गर्न लाएक कुरा हो ।’
प्रदान गरिएका साधानहरु लक्षि कार्यमा मात्र प्रयोग हुनुपर्ने र लक्षित समुहलाई प्रदान गरिएको अनुदान सदुपयोग हुनुपर्नेमा मुख्य मन्त्री पोखरेलले सचेत गराएका थिए ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको मागमा आधारित योजनाहरुमा प्रदेश सरकारले योजना बनाएर लागिपरेको बताएकी थिईन् । उनले अनुदानको लागि किसानहरुको आवेदन व्यापक मात्रामा आएको भएपनि आवश्यकता, किसानहरुको प्रगति लगायत बजारीकरणमा भएको कठीनाईलाई लक्षित गरेर पिक अफ भ्यान प्रदान गरिएको बताईन् ।
उनले सरकारले आगामी बजेटमा उत्पादनमा आधारित बजेटमा विशेष जोड दिएको जानकारी दिदै यसबाट प्रतिफल राम्रो आउनेमा आफु विश्वस्त भएको बताईन् ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. युगोल किशोर तिवारीले किसानलाई प्रदान गरिएको करिव अडाई करोड अनुदानमा करिव ४ हजार किसानहरु लाभांवित भएको बताएका थिए । उत्पादनमा आधारित पोत्साहनमा प्रति लिटर १ रुपैयाँ ९२ पैसा रुपैयाँलाई उत्पादनको आधारमा रुपान्तरण गरी प्रदान रकम प्रदान गरिएको हो । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, बरिष्ठ पशुचिकित्क डा. भक्त न्युरे, किसान ईन्द्र लुईटेल लगायतले बोलेका थिए ।