बुटवल, जेठ ।
‘प्रशोधित दुध पिऔं, स्वथ्य र सुखी रहौं’ भन्ने मुल नाराका साथ १९ औं विश्व दुध दिवस रुपन्देहीमा पनि मनाइएको छ । प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मत्स्य तथा पशुपंक्षि विकास निर्देशनालयको आयोजना तथा जिल्ला दुग्ध उत्पादकसंघ, रुपन्देही डेरी व्यवसायी संघ र दुग्ध वितरण आयोजना (डिडीसी)को सह– आयोजनामा बुटवल प्रभात फेरी तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को कार्यालय परिषरबाट सुरु भएको प्रभातफेरी बुटवलको हाटबजार, अमरपथ, बिपी चौक, अस्पताल लाईन हुदै ट्राफिक चौकबाट पुनः मन्त्रालय परिषरमा पुगेर समापन भएको थियो ।
प्रभात फेरीमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कार्यमाचारीहरु, कृषि विकास निर्देशनालयका प्रमुख तथा कार्मचारीहरु, मत्स्य तथा पशुपंक्षि विकास निर्देशनालयका प्रमुख तथा कर्मचारीहरु, डेरी व्यवसायीहरु, किसान लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
मन्त्रालयमा गएर टुङ्गीएको ¥यालीलाई सम्बोधन गर्दै प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ सरकार विस्तारै कृषिमा आत्मनिर्भर बन्दै गएको बताएकी थिईन् । उनले दुध खाने बानीको विकास हुनुपर्ने भन्दै सरकारले किसानलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न अनुदान ग्राही कार्यक्रमम र सहयोग गर्दै आएको बताईन् ।
यस्तै कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले सबैको साथ र सहयोग भएमा दुधमा प्रदेश ५ आत्मनिर्भर हुनको लागि धेरै समय नलाग्ने बताएका थिए ।
यस्तै कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पंशुपंक्षि विकास महाशाखा प्रमुख बरिष्ठ पशु िचिकित्सक डा. प्रदिप शर्मा पौडेलले दुधको महत्वको विषयमा प्रकाश पारेका थिए ।