
बुटवल, जेठ ।
तराईंको उखरमौलो गर्मी, त्यहि गर्मी मौसममा पनि हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ फलेको छ । सानो प्रयासबाट होईन । रुपन्देही जिल्लाको तिलोत्तमा मणिग्रामका एक युवाले यो प्रयासमा सफलता प्राप्त गरेका छन् । यि हुन रमेश पाण्डे ।
डेढ दशक देखि विभिन्न फलफुल, सौन्र्दयकरणका विरुवाहरु उत्पादन, अनुसन्धान गर्दै पाण्डेले स्याउ फलाउन सफल भएका छन् । दई बर्ष पहिला भारतबाट आयात गरिएको विरुवा मा स्याउ टरम्म फलेपछि अहिले हेर्ने, सोधखोज गर्र्नेहरुको संख्या बढेको छ ।रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका को माणिग्राममा रहेको एक लुम्बिनी नर्सरीका सञ्चालक रमेश पाण्डेले स्याउ फलाउन सफल भएका हुन ।
डेढ दशक भन्दा बढि समय देखि विभिन्न फुलहर, कट् फ्लावर, सौन्दर्यकरणका विरुवाहरु समेत उत्पादन गर्दै आएका पाण्डेले सुरुवात बर्षमा नै फल लागेको बताउँछन् । गत बर्ष पहिलो बर्षमा नै स्याउ फलेपछि हौसीएका उनले यसलाई अध्ययान अनुस्धान गर्नको लागि कुनै पनि प्रकारको विषादी प्रयोग नगरिएको बताउँछन ।
सञ्चालक पाण्डे भन्छन्–‘पहिलो बर्ष मा नै केही दाताहरु लागेको थियो, तर यो बर्ष लटरम्म नै फलेको छ, म सन्तुष्टी छु, हेर्ने, चाँसो देखाउने व्याक्तिहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । ’
मिलिङ्ग जातको जंगली स्याउँमा लो चिलिङ्ग क्रस गरिएको नयाँ जातको स्याउ उनले लगाएका हुन । तराईका जिल्लाहरुमा यसको सफल खेती गर्न सकिने भन्दै सञ्चालक पाण्डेले यसको अझै विस्तृत अध्यायन गरी व्यवसाय विस्तार गर्न सकिने बताए ।
मणीग्राममा रहेको लुम्बिनी नर्सरीमा लो चिलिङ्ग जातको स्याउ फलेको छ । सञ्चालक पाण्डेका अनुसार स्याउ फलेपछि हेर्नेहरु र चासो व्यक्त गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए । गत वर्ष ४ ÷५ वटा मात्रै फल लागेका थिए । यो वर्षभने स्याउको बोटमा लटरम्म फल लागेका छन ्।
जंगली प्रजातिको चिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमी गरी स्याउको बोट तयार गरिएको हो । चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ । जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको हो ।
सञ्चालक पाण्डेले भने–‘५० वटा विरुवाको ग्राप्टीङ्गगरी लो चिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ ।’
उनको नर्सरीबाट विरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको छ । गुल्मी र पाल्पामा समेत एकैसाथ विरुवा रोपिएको थियो । ती सबै बोटले फल दिएका छन ्।
सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ। तर गर्मी मौसमका कारण तराईमा बैशाखमै फल देखिएको उनले बताए। गत वर्ष फलेको फल गुलियो रहेको पाण्डेले बताए ।
भारतका कतिपय क्षेत्रमा उच्च तपक्रममा समेत स्याउ फलाउने गरिएको छ । सोही जातको बोट भएमा यसको उत्पादन हुने विश्वास गरिएको छ। पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्काे वर्ष व्यवसायिक खेती नै शुरु गर्ने योजना बनाएका छन ्।
स्याउको बोटमा कुनै प्रकृतिको किटनाशक विषादी राखिएको छैन । सामान्य मल र पानीमात्रै राखिएको छ । किराको आक्रमण समेत अहिलेसम्म देखिएको छैन । कृषि विज्ञहरु भने तराईमा फल्ने स्याउको स्वाद नहुने दाबि गर्छन । तर यसको परीक्षण नै भने अहिलेसम्म भएको छैन । निकट भविश्यमा अझ बढि भन्दा बढि विस्तार गर्ने योजना बनाइएको सञ्चालक पाण्डेको भनाई रहेको छ ।
४ विघा क्षेत्रफलमा लुम्बिनी नर्सरी स्थापान गरिएको छ । जसमा रमेश पाण्डेले अन्य विभिन्न जातका विरुवाहरु तयार गरेका छन् । फलफुल र फुलका विभिन्न प्रजातीका जातहरु लगाएका हुन ।