च्याउ उत्पादक किसान संघ प्रदेश ५ मा नयाँ नेतृत्व

  • सवल च्याउ तथा कृषि उद्यमी समुह रुपन्देहीका अध्यक्ष कृष्ण राज पोखरेल सचिवमा मा चयन भएका छन्
  • बुटवल, बैशाख ।
    च्याउ उत्पादक किसान संघ प्रदेश ५ मा नयाँ कमिटि गठन गरिएको छ । मंगलबार बुटवलमा भएको च्याउ उत्पादक किसानहरुको भेलाबाट केवल प्रसाद शर्मा(बाँके)को अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो ।
    जसको उपाध्यक्ष गंगाधर शर्मा(रुपन्देही) चयन भएका छन् । यस्तै सवल च्याउ तथा कृषि उद्यमी समुह रुपन्देहीका अध्यक्ष कृष्ण राज पोखरेल सचिवमा मा चयन हुनुभएको हो । । यस्तै सह–सचिवमा सुरज थापा (पाल्पा), कोषाध्यक्षमा रमेश केसी(कपिलवस्तु) चयन भएका छन् । यस्तै प्रदेश सदस्यहरुमा शेरबहादुर घर्ती(, तुलसी शुढा(रोल्पा), रुपा थापा(दाङ्ग), रिषव पोखरेल(रुपन्देही), महेन्द्र ज्ञवाली(कपिलवस्तु), राजन शर्मा(रुपन्देही) चयन भएका छन् ।
    नव निर्वाचित सचिव कृषराज पोखरेलले अन्य जिल्लामा समेत कार्यसदस्य विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उनका अनुसार निकट भविश्यमा च्याउ किसानहरुको वृहत भेला आयोजना गरी च्याउ किसानहरुको हक, हितको लागि समेत विभिन्न कार्यक्रम आयोजना गरिने छ । नव निर्वाचित समितिले किसानहरुको हक हितका विभिन्न १४ वटा बुँदा समेटेर प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लाई ज्ञापन पत्र समेत बुझाउने निर्णय गरेको सदस्य रिषव पोखरेलले जानकारी दिनुभयो ।
    नव निर्वाचत पदाधिकारीहरुलाई अखिल नेपाल किसान महासंघका कार्यवाहक अध्यक्ष तथा पुर्व मन्त्री केशवलाल श्रेष्ठले पद तथा गोपनियातको सपथ ग्रहण गराएका गराउनुभएको थियो । । कार्यक्रममा च्याउ उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष प्रेम नारायण अधिकारी, केन्द्रीय महासचिव सन्तोष कार्कीले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका दिनुभएको थियो ।

    © 2025 krishipatra All right reserved