पहाडी जिल्लामा नमुना खेती, ४० रोपनीमा मात्रै सिमला मीर्च

  • बार्षिक रूपमा खर्च कटाएर यस्तै ३०–३५ लाख आम्दानी गर्न सफल
  • बुटवल,  बैशाख । रैनादेवी छहरा गाउँपालिका –१ सिद्देश्वर अर्चले पाल्पाका सुदर्शन पन्त केही बर्ष पहिला अध्यनको लागि शहर पसे । शहरमा जे कुरा पनि किनेर खानुपर्ने बाध्यता थियो । करिलो उमेरको मानपटलमा उनलाई त्यो चित्त बुझे । अझ त्यसमा पनि दैनिक उपभोग्य बस्तु तरकारी महङ्गोमा किन्नु पर्ने बाध्यताले कक्षा १२ मा अध्ययन गर्दै गर्दा पन्तको मानसपटलमा एउटा तरङ्ग पैदा भयो ‘अब व्यवसायिक रूपमा गाउँमै तरकारी खेती गर्छु ।’


    यहि सोँचका साथ उनले परिवारको सहयोग लिएर वि.स. २०६९ सालमा नै स्नातक तह अध्यायन गर्दै गर्दा उनले फर्म नै दर्ता गरेर व्यवसायीक रूपमा तरकारी खेतीको सुरुवात गरे । अध्ययान र कृषि पेशा उनको एकै साथ अगाडी बढ्यो । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालीका –१ सिदेश्वर अर्चलेमा २९ बर्षिय युवा किसानको रूपमा पहिचान बनाएका सुर्दशन पन्तले अहिले नमुना तरकारी खेती गरेका छन् ।

    पहाडी जिल्लाको ७० रोपनी कुल क्षेत्रफलमा सबै थोपा सिंचाई प्रणालीबाट नै उनले नमुना तरकारी खेती गरेका छन् । हाल सम्म करिब १ करोड रूपैयाँ भन्दा बढि लगानी गरिसकेका पन्तले ४० रोपनी क्षेत्रफलमा मात्रै क्याप्सीकम (सिमला मिर्च) को व्यवसायिक खेती गरेका छन् ।

    पाल्पा जिल्लाको तानसेनदेखि ४० किलोमिटर पश्चिममा युवा किसान पन्तले एभरग्रीन एग्रो फर्म स्थापना गरि सञ्चालनमा ल्याएका हुन् । गाउँमा जाने जो कोही पनि पन्तको पौरख देखेर लालहित हुने गर्दछन् । सबैले उनको पौरखको प्रसंसा गर्दछन् । पछिल्लो समयमा पन्तको फर्म आगन्तुकहरूको लागि अध्यायनको नमुना केन्द्र समेत विकास हुँदै गएको छ । बुटवलबाट समेत उनको नमुना फर्म हेर्नको लागि मानिसहरू जाने गरेका छन् ।


    विगत ४ बर्षदेखि निरन्तर रूपमा क्याप्सीकमको खेती गर्दै आएका उनको मुख्य बजार बुटवल हो । बुटवलको अलवा पोखरामा समेत तरकारी जाने गरेको छ । खेरा गैरहेको पाखो बारीमा (लिफ्टीङ्ग प्राणालीबाट) पानी तानेर थापा सिंचाई मार्फत तरकारी, फलफूलको लागि चाहिने पानीको मात्रा आपूर्ति गर्दैै आएका छन् ।
    सुदर्सन पन्त भन्छन्–‘सहरी क्षेत्रमा भन्दा पनि गाउँ नै पौरखले हराभरा बनाउनुन मन लाग्यो, त्यँहि भएर नै कृषिमा काम गर्ने जोस जाग्यो ।’ प्राविधिक ज्ञान को अभावको कारण निरन्तर ४ बर्ष सम्म फर्म नै घाटामा गएको तितो यथार्थ समेत पन्तको रहेको छ । तर अहिले भने उनलाई कुनै पनि प्रकारको घाटा व्यहोर्नुपरेको छैन ।

    गत बर्ष असिनाको कारण बारीमा लगाईएको क्याप्सीकममा पूर्णरूपमा क्षति पुगेको मा यस बर्ष उनले असिना रोक्ने गरी टनेल निर्माण गरेका छन् । गाउँमा नै रहेका कुमाल समुदायका करिव १८ जनालाई नियमित रूपमा रोजगारी प्रदान गरेका पन्तले बार्षिक ३० देखि ३५ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन् । उनी भन्छन्–‘फर्ममा यति नाफा घाटा भन्दा पनि बार्षिक रूपमा खर्च कटाएर यस्तै ३०–३५ लाख आम्दानी गर्न सफल भएका छौं ।’


    व्यवस्थापन विषयमा स्नकोत्तर गरेका पन्त सरकारी निकायबाट ठोस सहयोग नआएको बताउछन् । विभिन्न ईन्टरनेट, अध्यायन अनुसन्धानबाट नै अहिले सफलता हाता परेको भन्दै उनले व्यवसायीक तरकारी खेतीको लागि ३ महिना सम्म भारतका विभिन्न स्थानमा गएर अध्यायान अनुसन्धान समेत गरेको बताउँछन् । ६ रोपनीका करेला, ३ रोपनीमा क्राका लगाएका छन्, ४ रोपनी क्षेत्रफलमा व्यवसायीक रूपमा कागती खेती समेत गरिरहेका छन् । बेमौसमी खेतीलाई मुख्य जोड दिएका पन्तले प्रदेश सरकारबाट १० लाख रूपैयाँ एन्टी स्टोन नेटको लागि अनुदान प्राप्त भएको जानकारी दिए । यस बाहेक अन्य सरकारी निकाय, स्थानिय तहबाट ठोस सहयोग नभएको पन्तको गुनासो रहेको छ ।

    सरकारी निकायबाट सहर केन्द्रीत, सहजको नजिकै रहेको फर्मलाई सहयोग गरिदै आएको गुनासो पोख्दै पन्तले गाउँ गाउँमा गरिएको कृषि कर्मलाई पनि सरकारी निकायबाट सहयोग हुनुपर्ने बताउँछन् । उनी भन्छन्–‘गाउँ गाउँमा पनि कृषि कर्महरू भैरहेका हुन्छन्, सरकार त्यहाँ पनि जानु प¥यो’ पुर्णरूपमा आधुनिक प्रविधि प्रयोग गरि गरिएको खेती भएको कारण समयमा नै उत्पादन लिन सफल भएको फर्म सञ्चालक शुर्दशन पन्तको भनाई रहेको छ । à

    © 2025 krishipatra All right reserved