
बुटवल, चैत । पछिल्लो समयमा कृषि क्षेत्रमा समूहगत लगानी बढ्दै गएको छ । ठुलो –ठुलो लगानीमा समूहगत लगानी भएको धेरै उदाहरण पाईन्छन् । तर रूपन्देहीमा रहेका ८ जना स्वरोजगार किसानले ५० हजार रूपैयाँको लगानीबाट सुरु भएको च्याउ फर्म अहिले ५० लाख रूपैयाँ बराबरको सम्पत्ती जोड्न सफल भएका छन् ।
रूपन्देही जिल्लाका विभिन्न स्थानका हाटबजारहरूमा स्वारोजगारमुलक व्यापार–व्यवसाय गर्दै आएका ८ जना किसानहरूले समुह गठनगरी च्याउ उत्पादनमा राम्रो सफलता हातापारेका छन् । ८ जनाको समुहरूमा ५०/५० हजार रूपैयाँ उठाएर सुरु भएको उनीहरूको अभियानमा युवा स्वरोजगार कोष मार्फत अनुदान ऋण ७ लाख रूपैयाँ प्राप्त गरेपछि अझै हौसीएका हुन ।
रूपन्देही जिल्लामा केही समय देखि व्यवसायीक रूपमा च्याउ उत्पादन गर्दै आएका केही किसान, केही हाटबजारमा स्वारोजगारमुलक व्यवसाय गर्दै आएका किसानहरू मिलेर ‘सबल च्याउ कृषि उद्यमी समुह’ निर्माण गरी व्यवसायीक रूपमा च्याउ खेती गर्दै आएका हुन ।
सबै किसानहरूले नै उत्पादन देखि बजारीकरणको काम समूहमा नै मिलेर गर्दै आएका छन् ।
हाल रूपन्देही जिल्लाको २ स्थान र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका घुम्ती गरी ३ स्थानमा उक्त समुहको च्याउ फर्म सञ्चालनमा रहेको छ ।
५० हजार रूपैयाँ बाट सुरु भएको समूहले हाल ५० लाख रूपैयाँ बराबरको सम्पत्ती जम्मा गर्न सफल भएका छ ।
३ स्थानमा ६९ वटा टनेलमा २५ हजार ५ सय वटा च्याउको बल्व निर्माण गरी व्यवसायीक उत्पादनमा भैरहेको छ ।
केही समय पहिला लुम्बिनी च्याउ फर्मले सञ्चालन गर्दै आएको अर्घाखाँचीको फर्म लाई अहिले समूहले नै स्वामित्व ग्रहणगरी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर–२ घुम्तीमा व्यवसायीक च्याउ खेती सुरुवात गरेका छन् । पहाडी जिल्लामा पनि च्याउ खेती गरी तराईका जिल्लामा बेमौसममा च्याउ पु¥याउने योजनाका साथ च्याउ उत्पादनको काम थालनी गरिएको समुहका अध्यक्ष कृष्णराज पोखरेल बताउनुहुन्छ ।
तराईमा मौसम अनुकुल हुँदा रूपन्देही र यस आसपासमा र तराईको मौसम अनुकुलन नहुँदा पहाडी जिल्लामा च्याउ उत्पादन गरी विक्रि वितरण गर्ने किसानहरूको लक्ष्य रहेको छ ।
गत असोज महिना देखि बुटवल–१३ बेलबासमा रहेको सबल च्याउ कृषि उद्यमी समूहले रूपन्देहीकै देवदह गरपालिका वडा नम्बर १० भलुहीमा १४ वटा टनेलमा ९ हजार ५ सय च्याउका बल्व निर्माण गरी च्याउ उत्पादन गरेका छन् । बेलबासमा १९ वटा टनेलमा ७ हजार ५ सय च्याउ को बल्व राखेका छन् ।
समूहका सञ्चालक रिषव पोखरेलले निकट भविश्यमा डल्ले च्याउ उत्पादन गर्ने योजना बनाएको बताउनुभयो । उहाँले निकट भविश्यमा नै बुटवलमा च्याउको रेष्टुरेन्ट सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।
अहिले अर्घाखाँची बाट दैनिक रूपमा रूपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लामा समेत च्याउ विक्रि गर्दै आएका छन् । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर २ घुम्तीमा २६ वटा टनेल निर्माण गरी ८ हजार ५ सय बल्भ च्याउ उत्पादन जारी रहेको छ । उक्त स्थानबाट अहिले दैनिक १७०० किलो च्याउ उत्पादन भई विक्रि वितरण हुदै आएको छ ।
२ सय रूपैयाँ प्रतिकिलो च्याउ विक्रि गर्दै आएको समुहले निकट भविश्यमा बटम मस्रुम(डल्ले च्याउ) पनि उत्पादन गर्न योजना बनाएको छ ।
खासगरी ठुला–ठुला होटलहरूमा प्रयोग हुने डल्ले च्याउको माग बढि भएको कारण उक्त उत्पादनलाई पहिलो चरणमा परिक्षणको रूपमा अगाडी बढाउने योजना रहेको र निकट भविश्यमा व्यवसायीक उत्पादन गर्ने लक्ष्य लिएको समुहका सञ्चालक विष्णु न्यौपाने बताउनुहुन्छ ।
समुहमा कृष्णराज पोखेल, रिषव पोखरेल, विष्णु न्यौपाने, जीवलाल न्यौपाने, सोभा पोखरेल, पदमराज न्यौपाने, राजकुमार चौधरी र रेनुखर खनाल रहनुभएको छ ।