शिक्षणसंग संगै कृषिमा पनि रमाउँदै सुनिल

  • शिक्षक भन्दा पनि व्यवसायिक कृषक भनेर सबैको सामु चिनाउन मन लाग्छ
  • बाँके, चैत ।

    हरेक व्यक्तीले आफ्नो लक्ष्य प्राप्तिका लागि छुट्टै पहिचानका साथ अगाडि बढ्ने जमर्काे गरीरहेको हुन्छ, हो त्यसैगरी समजमा केही उदाहरणीय काम गरेर व्यवसायिक बन्नुपर्छ भन्ने सोँच बोकेर हिडँेका वैजनाथ गाउँपालिका–३ मैटहवाका सुनिल कुमार ढकाल आफ्नै खेतबारीमा निकै व्यस्त् देखिनुहुन्छ । उहाँ पेशाले शिक्षक पनि हुनुहुन्छ ।

    ‘तर अहिले भने उनिलाई शिक्षक भन्दा पनि व्यवसायिक कृषक भनेर सबैको सामु चिनाउन मन लाग्छ, यो नै मेरो लागि गर्वको कुरा हो’– उहाँले भन्नु भयो । पहिले दखि नै तरकारी खेति गर्र्दै आएको भए पनि पछि तरकारी खेति बाट आफुले सोचे भन्दा पनि राम्रो आमदानी हुने भएकाले वि.स २०७१ सालमा समृद्धि कृषि फर्म दर्ता गरी व्यवसायिक रूपमा नै तरकारी खेती गर्दै आएका आउनुभएको हो ।

    बाँकेमा पनि व्यवसाहिक रूपमा तरकारी खेती गर्ने किसानहरूको सँख्या बढ्दै गएको पाइएको छ । कृषि पेशाका लागि पकेट क्षेत्र मानिएको बाँकेमा तरकारी खेतिबाट पनि राम्रो आम्दानी हुने भएकाले अहिले तरकारी खेती गर्ने किसानहरूमा विस्तारै बृद्धि भएको हो । यहाँका कतिपय व्यक्तिहरूले अहिले पनि कृषक भनेका नपढेका मानिसहरू मात्र हुन भन्ने सोचार्इं राख्ने गर्दछन् । यस्तो सोचाईंलाई हामी आप्mैले परिमार्जन गर्दै लिन पर्छ भन्ने सोच भएका एउटा उदारण पनि हुन सुनिल काफ्ले– भन्नु भयो ।

    उहाँले खेती गरेको पनि धेरै समय भएको छैन । व्यवसयिक कृषक रूपमा चिनिने उदेश्य बोकेका काफ्ले क्याम्पस पढाउन छाडेर तरकारी खेति शुरु गर्नुभएको हो । क्याम्पस पढाएर दिनभरी समय खेर फालेको जस्तो लाग्ने उहाँ अहिले त्यहि समय तरकारी खेतीमा सदुपयोग गर्दा सोचे अनुसारको आम्दानी हुने गरेको र आफू पनि यसैमा सन्तुष्ट भएको बताउनु भयो ।

    आफ्नै सम्बृद्धि कृषि फर्म दर्ता गरी ७ विघा जग्गामा इजरायली प्रविधिबाट तरकार खेती गर्नुभएको छ । नेपाल सरकार, कृषि आधुनिककिरण परियोजनाको पकेट विकास कार्यक्रम र साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोग गरी १ करोडको लगानीमा शुरु गरेकोे तरकारी खेतिमा अहिले करेला, लौका,गोभी, खुर्सानी, बोडी, टमाटर, काक्रा जस्ता विभिन्न प्रकारका तरकारी हरू लगाइएको छ । यस समृद्धि कृषि फर्मले यहाँका रोजगारीबाट बञ्चीत भएका युवा युवतिहरूलाई रोजगारी समेत उपलब्ध समेत गराएको र आफुले दर्ता गरेको फर्मबाट यहाकै युवा युवतिलाई उनिहरूले भने अनुसारको पारिश्रमिक उपलब्ध गराउन सकेकोमा पनि आफु खुशी भएको बताउनुभयो । à

    © 2025 krishipatra All right reserved