खुल्ला दुध ब्यवसायीको महासंघ गठन गर्दै ब्यवसायी

  • खाद्य ऐन बनाईदा साना ब्यवसायीहरुको लगानी खतरामा परेको दाबी गर्दै उनले सरकारबाट यसलाई संशोधन गर्नुपर्ने
  • बुटवल,  चैत
    बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दुधजन्य पदार्थको शुद्धतामा जोड दिनुपर्ने बताएका छन । रुपन्देही डेरी ब्यवसायी समितिको आठौ साधारण सभामा बोल्ने सरोकारवालाहरुले देशमा स्वरोजगार हुने र कृषिलाई प्रवद्धन गर्ने उद्योगका रुपमा रहेको पेशालाई दिर्घकालिन बनाउन दुधजन्य बस्तुको शुद्धतामा जोड दिनुपर्ने बताएका हुन ।
    कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा रुपन्देही दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले दैनिक ५ लाख भन्दा बढी उत्पादन हुने गरेको भन्दै डेरी ब्यवसायीहरुबाट स्थानिय उपभोक्तासमक्ष पुयाउने काम गर्दै आएको बताए ।


    ठुलो लगानीकर्तालाई लक्षित गरि खाद्य ऐन बनाईदा साना ब्यवसायीहरुको लगानी खतरामा परेको दाबी गर्दै उनले सरकारबाट यसलाई संशोधन गर्नुपर्ने बताए । अहिलेको निर्वाहमुखी ब्यवसायलाई सरकारले सुलभमुखी कर्जाका ब्यवस्था, ब्यवसायीको लगानीको आधारमा वर्गिकरण गर्नुपर्ने उनले बताए । सरकार नै पुनसंरचनाको अवधिमा रहेको भन्दै यस्तो अवस्थामा ल्याएको खाद्य निर्देशिका कार्यान्वनमा भएका बाधालाई मुल्याकन गर्नुपर्ने उनले बताए । समितिका अध्यक्ष नेत्र पाठकले संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै युवाहरुको अग्रसरतामा स्वदेशमा रोजगारको राम्रो विकल्पका रुपमा यो पेशा भएको बताए ।
    यसैगरि कार्यक्रममा नया वर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन समेत गरिएको छ ।

    स्थापनाको अवधिमा ७२ वटा डेरीबाट अहिले ३ सय २५ डेरी ब्यवसायीहरु आवद्ध रहेका छन । प्रत्येक वर्ष दुध दिवस, राष्ट्रिय धान दिवस, खिर दिवसमा दुधजन्य पदार्थको विषयमा सचेतनाका कार्यक्रम गरिदै आएको छ । यसैगरि दुधजन्य पदार्थको शुद्धताका लागि आन्तरिक अनुगमन समेत गरिदै आएको उनले बताए । ब्यवसायीहरु खुल्ला दुध ब्यवसायीको महासंघ गठन गरि अगाडी बढ्ने योजना रहेको उनले बताए । दुधको बजारमा मुल्य तथा गुणस्तरमा समानता ल्याई दुधको पेशालाई उपभोक्तामुखी बनाउन श्रोतबाट मापदण्ड पुर्याएर फयाट र एसएनएफको आधारमा दुध खरीद गर्ने ब्यवस्था ल्याउने योजना रहेको उनले बताए । समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष माधव ओम जोशीले संस्थागत रुपमा एकतावद्ध भएर समस्या समाधान हुने दाबी गरे ।

    समितिका सदस्य कृष्ण प्रसाद चापागाई, लेखा समितिका देबिलाल भट्टराई, महासचिव पदम प्रसाद पौडेल, कपिलबस्तु जिल्ला खुल्ला दुध ब्यवसायी शालिकराम पौडेलले सरकारको नीति ठुलो उद्योगीहरुको हितलाई लक्षित गरिएको भन्दै  साना उद्योगीहरुलाई समेत समेट्ने गरि नया ऐन ल्याउन सुझाव दिए । गोठदेखि ओठसम्म दुधको शुद्धतामा ध्यान दिनुपर्ने समेत उनिहरुको सुझाव छ ।

    © 2022 krishipatra All right reserved