यि हुन प्रदेश ५ मा पशुहाटबजार सञ्चालन गर्ने सहकारी

  • प्रति हाट बजार मन्त्रालयको १५ लाख र फर्म को १५ लाख गरी ३० लाख को लगानीमा पशु हाट बजार निर्माण हुने छ
  • बुटवल, चैत ।
    प्रदेश नम्बर ५ सरकारले ल्याएको पशु हाट बजार सञ्चालनको प्रास्ताव अनुसार ३ वटा सहकारीहरुको विचमा कार्यगत सम्झौता गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको ‘पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय’ ले तिन वटा सहकारी संस्थाहरुको विचमा सम्झौता गरेको हो ।
    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य निर्देशनालयका निर्देशक डा. युगोलकिशोर तिवारी र दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बढैया ताल–८ बर्दियाको विचामा सम्झौता भएको हो ।

    यस्तै रारा विजय बहुउदेश्यीय सहकारी संस्था लिमिटेड कोहलपुर–११ र निर्देशनालयका विचमा पशु हाटबजार सञ्चालन को लागि सम्झौता भएको हो ।

    बांके को रारा बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष दिपक राई र पशु पंक्षी बिकास निर्देशनालय का प्रमुख डा.युगल किशोर तिवारी बिच सम्झौता भएको भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकायले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रति हाट बजार मन्त्रालयको १५ लाख र फर्म को १५ लाख गरी ३० लाख को लगानीमा पशु हाट बजार निर्माण हुने छ । यस्तै मन्त्रालयबाट छनौटमा परेको एउटा बर्दिया जिल्लाको हाटबजार र अर्को पुर्वी रुकुममा रहेको हाटबजारका विचमा निर्देशनालयको सम्झौता हुदै छ ।

    © 2025 krishipatra All right reserved