५० रुपैयाँबाट सुरु भएको बसन्ती अचार उद्योग, एक सफल महिला उद्यमीको कथा (भिडियो सहित)

  • ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
  • बुटवल, चैत । मिहिनेत निरन्तर गर्ने हो भने सफल भईन्छ भन्ने उदहारणकी एक पात्र बनेकी बसन्ती खत्री अहिले असार बाटै बार्षिक लाखौ रुपैया आम्दानी गर्न सफल भएकी छन् ।

    बुटवलको शिवनगरमा रहेको बसन्ती उचार उद्योग सञ्चालन गरेकी बसन्ती खत्रीले २०५३ साल देखि अचार उद्योग सञ्चालनमा ल्याएकी हुन । ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

    ६९ वर्षीय बसन्ती खत्रीले आफैले बनाएको अचार बेचेर बार्षिक ८० लाखको कारोबार गर्ने गर्दछिन भने उनले सबै खर्च कटाएर २५ लाख रुपैयाँ आम्दानी गर्ने गर्दछिन् ।

    © 2024 krishipatra All right reserved