कृषिका उत्पादनशिल क्षेत्रमा लागानी गरौंः कृषि मन्त्री खनाल

  • उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने मात्रै कृषिमा फड्को मार्न सकिने म
  • बुटवल, चैत ।
    कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागि आग्रह गर्नुभएको छ । कृषि क्षेत्रको विकासविना अन्य विकास अशंभव भएको भन्दै मन्त्री खनालले कृषिमा पनि उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागि नीजी क्षेत्रलाई आग्रह गर्नुभएको हो ।

    ‘आर्थिक समृद्धिका लागि ग्रामिण उद्यमशिलता’ नामक संस्थाले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले सम्बन्धित सरकारी निकाय निश्क्रिय हुँदा कृषिमा उल्लेख्य प्रगति गर्न नसकेको समेत बताउनुभयो ।
    ६५ प्रतिशत जनसंख्यालाई २.९ प्रतिशत वजेट छुट्टयाएर कृषिमा कसरी कृषिमा आत्मनिर्भर हुन सकिन्छ भन्दै मन्त्री खनालले विदेशमा ५ प्रतिशत जनसंख्या कृषिमा संलग्न देशले ११ प्रतिशतसम्म वजेट छुट्टाएकाले राम्रो गरेको बताउनुभयो ।
    उहाँले झण्डै डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन नसक्ने पनि जिकिर गरे । ‘एक सय ४० अर्बको खाद्यान्न आयात गरेर मुलुक कसरी समृद्ध बन्न सक्छ ?’ मन्त्री खनालले प्रश्न गर्नुभयो ।

    कृषिमा आश्रित जनसंख्या ६५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने, कृषिमा वजेट बढाउनुपर्ने र आधुनिकीकरण गर्नुपर्नेमा मन्त्री खनालले जोड दिनुभयो । जमिनको खण्डीकरण बढ्नु र जग्गाको वर्गीकरण गर्न नसक्दा कृषियोग्य जमिन घट्दै गएको मन्त्रीले औल्याउनुभयो ।

    कृषिका लागि नेपाल ज्यादै उर्बर भूमि भए पनि उचित व्यवस्थापन हुन नसकेको बताउनुभयो । दक्षिण कोरियाको शैलीमा विदेश जाने जनशक्तिको आम्दानीलाई सरकारले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने मात्रै कृषिमा फड्को मार्न सकिने मन्त्री खनालले बताउनुभयो ।

    नेपालमा कफी उत्पादन ५ सय मेट्रिक टन र माग ११ सय टन रहेकाले अवसर प्रशस्त रहेको भनाई रहेको छ ।
    कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव यामनारायण देवकोटा, उप सचिव विनोद घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    © 2025 krishipatra All right reserved