नमुना ‘मिट मार्ट’को लागि सम्झौता

  • प्रति मार्टले ५० लाख अनुदान पाउने
  • बुटवल, चैत ।  प्रदेश नम्बर ५ सरकारले अगाडी बढाएको नमुना ‘मिट मार्ट’को योजना अनुसार शुक्रबार ४ वटा विभिन्न सहकारी र फर्म संग सम्झौता गरेको छ । शुक्रबार बाँके जिल्लामा रहेका विभिन्न ३ वटा र दाङ्ग जिल्लाको एक वटा गरी कुल ४ सहकारी र नीजि फर्मसंग सम्झौता गरिएको हो ।

     

    भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको रोहवरमा पशुपंक्षि तथा मत्स्य विकास निर्दशनालयका निर्देशक युगोल किशोर तिवारीले सम्झौता गर्नुभएको हो ।
    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का मन्त्री आरती पौडेलका स्वकीय सचिव सूर्य रोकायाका अनुसार नेपालगञ्ज बाँकेमा रहेको यम्मी फ्रोजन फुड्स नेपालगञ्ज बाँकेका प्रोपाईटर दिपेन्द्रराज श्रेष्ठ र निर्देशनालयका विचमा सम्झौता भएको हो ।

     

    यस्तै एम. के. पिग फर्म कोहलपुर बाँकेका सञ्चालक माधव रेग्मी, जय पृथ्वी कृषि सहकारी संस्था लिमिटिका नेपालगञ्ज बाँकेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द र के.सी. मिट एण्ड एग्रो फर्म प्रालि तुलसीपुर दांङ्गका सञ्चालक बलीराम खत्रीका विचमा मन्त्रालयको पशुपंक्षि तथा विकास निर्देशनालयले सम्झौता गरेको हो ।

    सम्झौता भएका नमुना मिट मार्टले नगद ५० लाख पाउने छन् । जस अनुसार बाँके जिल्लाका ३ वटा नमुना मिट मार्टले डेढ करोड रुपैयाँ र तुलसीपुरको नमुना मिट मार्टले ५० लाख रुपैयाँ अनुदान स्वरुप पाउने छन् ।

    © 2024 krishipatra All right reserved