ओमसतियाको तैरेने स्मार्ट कृषि गाउँ घोषणा

  • प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा)को निर्वाचन क्षेत्र स्मार्ट कृषि गाउँ घोषणा गरिएको हो
  • बुटवल,  चैत ।
    रुपन्देही जिल्लाको ओमसतिया गाउँ पालिका वडा नम्बर ५ तरैनी गाँउ स्मार्ट कृषि गाउँ घोषणा भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी स्मार्ट कृषि गाउँ घोषणा गरिएको हो । एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँको अवधारण अनुसार प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा)को निर्वाचन क्षेत्र स्मार्ट कृषि गाउँ घोषणा गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा प्रदेश सभा अर्थ उद्योग, पर्यटन समितिका सभापती समेत रहेका दधिराम न्यौपाने सबैको साथ र सहयोग प्राप्त भएमा कृषि क्षेत्रबाट नै प्रदेश समृद्धिको आधार भएको बताएका थिए । प्रदेश सरकार बाट प्राप्त भएको ५० लाख बजेट बाट स्मार्ट कृषि गाउँको लागि आवश्यक पर्ने सम्पूर्ण पुर्वाधार लगायतका कुराहरु विकास गरिने प्रदेश सभा सदस्य न्यौपानेको भनाई रहेको थियो ।

    कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका का उप सचिव योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरे, मन्त्रालय प्रदेश ५ को कृषि विकास निर्देशनलायका बरिष्ठ बागवानी विकास अधिकृत दिपक भट्राई, कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख राममिलन प्रसाद विश्वकर्मा, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का बालि विकास अधिकृत मदन मरासीनी, ओमसतिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओम प्रकार कुर्मी, नेकपाका नेता यज्ञ गैरे, पत्रकार दिपक घिमिरे लगायतले बोलेका थिए । पशुपती यादवको सञ्चालनमा रहेको कार्यक्रमम तैरनी स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष गजेन्द्र बहादुर चौधरी को अध्यक्षतामा भएको थियो ।

    © 2025 krishipatra All right reserved