रुपन्देहीमा आईरन र जींक बढि भएको गहुँको परिक्षण

  • नयाँ जातहरुमा ४ देखि ८ मेट्रिक टन सम्म्को उत्पादनमा वृद्धि हुने
  • बुटवल,  रुपन्देही जिल्लामा गहुँमा प्रोटिन र जिंकको मात्रा बढि भएको गहुँको उत्पादन सफल परिक्षण गरिएको छ । सिमिट परियोजनाको सहयोगमा लुम्बिनी सिड कम्पनी र कालिका विउ कम्पनीले यसलाई परिक्षणको रुपमा रुपन्देहीमा नमुनाको रुपमा लगाएका छन् ।
    रुपन्देही जिल्लाको सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ११ र तिलोत्तामा नगरपालिका भलवारी जोदाहामा नमुनाको रुपमा ८ वटा नयाँ जात लगाइएको हो । जसको सोमबार सरोकारवालाहरुले अवलोकन गरेका छन् ।

    पौष्टिक तत्व युक्त गहुँखेतीको सोमबार भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव यामनारायण देवकोटा, कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्की लगायत बरिष्ठ बैज्ञानिक मदनराज भट्ट लगायतका कृषिक र सरोकारवाला समुहले अवलोकन, अध्ययान गरेका हुन ।


    व्यवस्थापक सहितको टोलीले सिमिट परियोजना, राष्ट्रिय गहुँबाली अनुन्धन कार्यक्रम, लुम्बिनी तथा कालिका बीउ बिजन कम्पनीहरुको साझेदारीमा रूपन्देही तथा कपिलबस्तु जिल्लाका कृषकहरुको खेतबारीमा संचालन गरिएका उच्च उत्पादन तथा पोषण युक्त (जिंक र आइरन तत्व समावेस) गहुँका (जा त) बीउहरुको अवलोकन भ्रमण गरेका हुन ।
    बरिष्ठ कृषि बैज्ञानिक मदनराज भट्टले नयाँ जातहरुमा ४ देखि ८ मेट्रिक टन सम्म्को उत्पादनमा वृद्धि हुने समेत जानकारी दिए । उनले पहेलो र खैरो सिन्दुरे रोग सहजने गुण भएको जात भएको कारण किसानहरुलाई समेत लगाउनको लागि सहज हुने उनले बताए ।
    कुल ८ वटा विभिन्न जातका विउहरु लगाइएकोमा रुपन्देहीका उत्पादन समेत राम्रो भएको उनको भनाई रहेको छ । अहिले पहिलो चरणमा परिक्षणको रुपमा लगाएको गहुँको बालि सफल भएमा निकट भविश्यमा विउ प्रमाणीकरण गरी किसानलाई उपलब्ध गराउने गरिएको लुम्बिनी सिड कम्पनीका अध्यक्ष सुवास राज उपाध्ययाले जानकारी दिए ।


    प्रदेश नम्बर ५ का रुपन्देही, कपिलवस्तु, बाँके बर्दिया सहित कैलाली, कञ्चनपुर, डोटी, डढेलधुरा, प्यूठान, अर्घाखाँची जिल्लामा यसको परिक्षण गरिएको छ । जसमा जातिय प्रर्दशनी तथा सहभागीता मुलक जातिय छनौटको काम भैरहेको सिमिट परियोजनाले जनाएको छ ।
    सिमिटि परियोजनाले लुम्बिनी सिड, कालिका सिड, ग्रेस सिड, पञ्चशक्ती सिड र युनिक सिड कम्पनीहरु संग मिलेर किसानहरुको खेतमा गहुँ को परिक्षण गरेको हो ।

    खाध्य तथा पोषण शुरक्षाका लागि गहुँका नयाँ बीउ राम्रो रहेको कालिका सिडका गुड्डु मिश्रले जानकारी दिए । उनका अनुसार छनौटमा परेका ८ वटा गहुँको जातको उत्पादनको अवस्था, उत्पादकत्व, रोग किराको विषयमा जानकारी लिने र जुन जात उपयुक्त राम्रो उत्पादन दिन्छ त्यो नै सिफारिसको लागि छनौट गरिने उनले जानकारी दिए ।

    अहिले बोरालंग १००, एचडी २९६९, जेनोकल, म्याली, एन एल १३२७, बि.एल ४३४१, विएल ४६९९, विएल ४३३५ जातका गहुँका विऊ परिक्षणको लागि लगाइएको सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दिलिप यादवले जानकारी दिए ।

    © 2022 krishipatra All right reserved