‘सरकारको नीतिले विस्तापित हुने खतरा बढ्यो’

  • सरकारको नीतिको विरोधी नभएको तर यस विषयमा सरकारले आवश्यक छलफल नै नगरी ल्याएको
  • बुटवल,  चैत ।  रुपन्देही जिल्लाका डेरी व्यवसायीहरु र दुग्ध उत्पादक किसानहररुले सरकारले ल्याएको दुग्धजन्य पदार्थ सम्बन्धि नीतिहतार गरेर ल्याएको बताएका छन् । उनीहरुले सरकारले ल्याएको निति अनुसार किसान, दुग्ध व्यवसायीहरु विस्तापित हुने खतार बढेको बताएका हुन ।

    बुटवलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष नेत्र प्रसाद पाठकले किसान, सहकारी तथा डेरी व्यसायीहरुलाई नै नयाँ नितिले समेट्न नसकेको बताए । उनले दुग्ध निर्देशिका– २०७५ लाई संशोधन गरीकिसान मैत्री नीति ल्याउनको लागि आग्र्रह गरेका हुन ।

    किसानहरुको रोजाईमा अहिले डेरी पसलको खुल्ला दुध भएको भन्दै प्याकिङ्ग गरेको दुधमा उपभोक्ताहरुको रोजाई नभएकै कारण जबरजस्ती उपभोक्तामथि नै नीति लाद्न खोजेको बताएका हुन ।
    केही समय पहिला सरकारले एक महिनाको समय सिमा निर्धारण गरी अनिवार्य रुपमा लोगो अंकित प्याकेजिङ्ग दुध मात्रै विक्रि वितरण गर्नको लागि डेरी व्यवसायीहरुलाई आग्रह गरेका थियो ।


    डेरी व्यवसायी समिति रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद पाठकले आफुहरु सरकारको नीतिको विरोधी नभएको तर यस विषयमा सरकारले आवश्यक छलफल नै नगरी ल्याएको कारण यसका संसोधनको लागि माग गरिएको बताए ।
    उनले भने–‘उपभोक्ताको रोजाईमा अहिले पनि खुल्ला दुध हुने गरेको छ , तर जबरजस्ती रुपमा पोके दुध खुवाउनु पर्ने यो कस्तो बाध्यता हो ।’ आफुहरुले किसानले दुध दुध देखि लिएर संकलन केन्द्र, डेरी सम्म को पुर्णरुपमा गुणस्तरियता कायम गरिरहेको परिपेक्ष्यमा सरकारले हचुवाको भरमा नीति ल्याउनु आफैमा विरोधासपुर्ण भएको अध्यक्ष पाठकले बतनाए ।
    नीजि दुग्ध व्यवसायी व्यसायी गणेश देव भण्डारीले आफुहरुलाई कम्तीमा पनि एक बर्ष भन्दा बढिको समय प्रदान गर्नुपर्ने बताए । उनले व्यवसायीहरुले प्याकेजिङ्ग उद्योग स्थापना गर्नको लापि पनि करोडौ रुपैया लागत लाग्ने र यसको लागि कम्तिीमा पनि १ बर्ष लाग्ने भएको ले हचुवाको भरमा एक महिना भित्र नै डेरी बन्द गर्ने गरी ल्याएको नीतिको विरोध गरिएको बताए ।
    उनले मिल्क होलिडेको समयमा, नाकाबन्दीको समयमा किसानबाट तोकीएको मुल्यमा दुध संकलन गरी पु¥याएको योगदानको सरकराले अबमुल्यन गरेको उनको भनाई रहेको थियो ।
    रुपन्देहीमा ३ सय २५ जना डेरी व्यवसायीहरु रहेका छन् । ९५ प्रतिशत खुल्ला दूध उपभोग हुँदै आएको छ । यदि दुध प्याकेजिङ्ग गरेर वितरण गर्ने हो भने यसको प्रक्रियागतरुपमा जाँदा आज संकलन गरिएको दुध कम्तीमा १५ दिन पछि मात्रै उपभोक्ताकँहा पुग्ने भएको कारण पोकाको दुधमा गुणस्तरियतामा शंंका पैदा भएका डेरी व्यवसायीहरुले बताएका छन् ।

    © 2025 krishipatra All right reserved