दुईवटा निर्देशनालयको प्रगति समिक्षा

  • कृषि विकास निर्देशनालय र पशुपँक्षि तथा मत्स्य विकास निर्देशनालयको संयुक्त गोष्ठी सुरु भएको हो
  • बुटवल, चैत ।  प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतका दुई वटा निर्देशनालयको दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठी बाँकेमा सुरु भएको छ ।
    बाँकेको नेपालगञ्जमा आयोजना गरिएको समिक्षा गोष्ठीमा प्रदेश ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय र पशुपँक्षि तथा मत्स्य विकास निर्देशनालयको संयुक्त गोष्ठी सुरु भएको हो ।

    गोष्ठीको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले उद्घाटन गरेकी गनुभयो । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा आयोजना गरिएको गोष्ठी दुई दिन सम्म चल्ने छ ।

    कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले किसानहरुको लागि आयोजना गरिएको बजेटले किसानलाई नै पुग्नेमा आफु विश्वस्त भएको बताउनुभयो ।

    उहाँले किसान लक्षित विभिन्न कार्यक्रम गर्दै आएको मन्त्रालयले किसानहरुको समस्या समाधानको लागि समेत विशेष भुमिका खेलेको जानकारी दिनुभयो ।

    दोस्रो चौमासिक तथा अष्टमासीक प्रगती समिक्षा गोष्ठी २०७५ मा मन्त्रालयका योजना तथा अनुगमन महाशाखा का प्रमुख उप–सचिव बिनोद घिमिरे, कृषि विकास निर्देशनालयका प्रमुख डा. शान्ता कार्की, पशु पक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. युगोल किसोर तिवारी, मन्त्रालय अन्तरगत का सम्पुर्ण बिकास कार्यलय , कृषि ज्ञान केन्द्र र पशु बिज्ञ केन्द्रका कार्यलय प्रमुखहरू को उपस्थिती रहेको थियो ।

     

    © 2022 krishipatra All right reserved