योगीकुटीमा कृषि  हाटवजार निर्माण हुदै

  • हाटवजार व्यवसायी उत्साहित
  • बुटवल, फागुन । उपभोक्ताको स्वास्थ्य र व्यवसायीको समस्यालाई ख्याल गरी तिलोत्तमा नगरपालिका वडा नम्बर दुई योगीकुटीमा कृषिजन्य हाटवजार निर्माणको काम भैरहेको छ ।

    कृषिजन्य हाटवजारलाई व्यवस्थित गराउने गरी स्थायी संरचना बनाउन थालिएको हो । खुल्ला आकासमुनीको चौरमा कृषिजन्य वस्तु विक्री वितरण गर्दा व्यवसायीलाई घाम, पानी र हावाहुरीबाट समस्यामा परेका थिए । त्यस्तै खुल्ला चौरको भुईमा राखिएको तरकारी तथा फलफुल खरिद गर्न बाध्य थिए । धुलो र धुंवा लागेको फोहोर खालको कृषिजन्य वस्तु खांदा उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न थालेपछि स्थानीयको सक्रियतामा हाटवजारको संरचनालाई स्थायी बनाउन लागिएको हो ।
    हाटवजारको संरचना पक्की तथा स्थायी बनाउनका लागि केही दिन यतादेखि सेटहरुको जग उठाउने काम भैरहेको छ ।

    प्रदेश सरकार कृषि मन्त्रालय, तिलोत्तमा नगरपालिका र उपभोक्ता समितिको त्रिपक्षीय लगानीमा पक्ककी संरचना बनाउन लागिएको हो । प्रदेश सरकार कृषि मन्त्रालयको २५ लाख तिलोत्तमा नगडरपालिकाको २५ लाख र उपभोक्ता समितिको ३ लाख ६८ ह जार लगानीमा हाटवजारका लागि स्थायी संरचना बनाउन थालिएको हो ।

    हाटवजारका लागि स्थायी भवन तथा सेट नहुंदा ३ सय बढी हाटवजार व्यवसायीले खुल्ला आकाशमुनी दैनीक उपभोग्यवस्तु विक्री वितरण गर्दै आएका थिए । अहिले तत्कालका लागि २० वटा सेट निर्माण गरी करिव १ सय व्यवसायीलाई पक्की संरचनामा व्यवस्थापन गरिने हाटवजार निर्माण व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज अर्यालले बताउनुभयो । अध्यक्ष डिल्लीराज अर्यालका अनुसार आगमी चैत्त भित्र २० वटा सेट तयार गरेर व्यवसायीलाई उपलब्ध गराइने छ ।
    योगीकुटीमा गत वर्षदेखि सञ्चालन गरिएको उक्त हाटवजारमा व्यवसाय गर्दै आएका ३ सय व्यवसायीका लागि आगमी तीन वर्ष भित्र ६० वटा पक्की सेट निर्माण गरी वितरण गरिने योजना रहेको छ । २ करोड ९६ लाख ३ सय वढी व्यवसाय अटाउने गरी सेट निर्माण गर्ने योजना रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।
    खुल्ला चौरमा राखिएको दैनिक उपभोग्य वस्तु तथा कृषिजन्य वस्तु खरिद गर्दा मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै स्थानीयले हाटवजार व्यवस्थापनको लागि माग गरेका थिए । स्थानीयको सक्रियतामा हाटवजार निर्माण व्यवस्थापन उपभोक्ता समिति गठन गरी हाटवजार निर्माणका लागि प्रदेश सरकार र तिलोत्तमा नगरपालिकासंग सहयोग माग गरिएको थियो । रुपन्देहीमा नमुना कृषिजन्य हाटवजार बनाउने गरी अहिले ३ सय बढी व्यवसायी अटाउने गरी पक्की सेट निर्माणका लागि डिपिआर तयार गरिएको छ ।

    बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगीकुटीस्थित देवस्थल मन्दिरको जग्गामा रहेको हाटवजारलाई गत २०७५ जेठ १४ गते तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा उक्त हाटवजार सारिएको थियो ।
    हाटवजार स्थानान्तरण गरिएको एक वर्ष नपुग्दै स्थानीयको सक्रियतामा कृषिजन्य हाटवजारको लागि सेट बनाइएको छ ।
    चैत्र मसान्त भित्र केही व्यवसायीलाई व्यवस्थित रुपमा सेट उपलब्ध गराईने र सेट नपाएका अन्य सबै व्यवसायीलाई पनि आवश्यक अनुसार सेट उपलब्ध गराइने अध्यक्ष अर्यालले प्रतिवद्वता गर्नुभएको छ । स्थायी सेट बन्न लागेपछि हाटवजार व्यवसायी पनि उत्साहित भएका छन् ।

    © 2025 krishipatra All right reserved