कृषि मन्त्रालयद्धारा पशुपंक्षितर्फका अनुदानग्राहीको नाम प्रकाशित (सूचीसहित)

  • सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र उजुरी निवेदन पेश समेत सकिने
  • बुटवल, फागुन । प्रदेश नम्बर ५ को भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी उत्पादन तथा बजार प्रवद्र्धधन कार्यक्रम अन्र्तगत अनुदान ग्राहीहरुको नाम प्रकाशन गरेको छ ।

    मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार २०७५/११/०८ गते बसेको अनुदान व्यवस्थापन समितिको निर्णयानुसार पशु बधशाला स्थापना सहयोग तथा प्रवर्द्धन, नमूना मिटमार्ट स्थापना सहयोग र व्यवसायिक फर्म तथा सहकारीका लागि सहकार्यमा दाना तथा अन्य पशुजन्य पदार्थ ढुवानीका लागि पिकअप खरिद सहयोग कार्यक्रम को अनुदानग्राहीहरुको नाम प्रकाशन गरेको हो ।

    स्वीकृत भएको अनुदानग्राहीहरुको विस्तृत विवरण सम्बन्धि सूचना मन्त्रालयको वेभसाइड www.molmac.p5.gov.np मा प्रकाशित गरिएको छ ।

    स्वीकृत भएका अनुदानग्राहीहरुको सम्बन्धमा तपसिलका कारणबाट स्वीकृत हुन नपर्ने देखिएमा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र मन्त्रालय मातहतका कार्यालय वा molmac.p5.gunaso@gmail.com मा लिखित रुपमा कारण सहित उजुरी निवेदन पेश समेत सकिने जनाइएको छ ।

    कोहलपुर नगरपालिका र बुटवल उपमानगरपालिकामा दुई स्थानमा पशु बधासला सञ्चालनको लागि १ करोड, ९७ लाख ५० हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ ।
    यस्तै नमुना मिटमार्ट सञ्चालनको लागि ४ जना अनुदान ग्राहीहरुको नाम प्रकाशित गरिएको छ । जसले ५०/५० लाख रुपैयाँ अधिकतम् रकम प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

    यस्तै व्यवसायीक फर्म तथा सहकारीका लागि सहकार्यमा दाना तथा अन्य पशुजन्य पदार्थको ढुवानका लागि पिकअप खरिदको लागि ११ जना अनुदान ग्राहीहरुको नाम प्रकाशित गरिएको छ । जसले अधिकतम् १०/१० लाख रुपैयाँ अधिकतम साझेदारी सहित रकम पाउने छन् ।

    सूचना थाहा पाउन यहाँ दिएको लिंक क्लिक गर्नुहोस् ।

    पशुपक्षितर्फ अनुदान ग्राहीहरुको नामावली

    © 2025 krishipatra All right reserved