बुटवल, फागुन प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान कोष कर्याक्रम २०७५/०७६ को लागि स्वीकृत भएका अनुदान ग्राहीहरूको विवरण सर्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक सूचना अनुसार कृषि अनुदान कोष कार्यक्रम संचालन कार्यविधि २०७५ मा व्यवस्था भए अनुसार मिति २७५/११/५ र ६ गते बसेको अनुदान व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्वीकृत अनुदानग्राहीहरूको विस्तृत विवरण सम्बन्धी प्रकाशन गरिएको हो ।
जसको सबै विवरण मन्त्रालयको वेभ साइट www.molmac.p5.gov.np मा प्रकाशित गरिएको छ । अनुदान ग्राहीहरूसंग सूचना प्रकाशन भएको ८ औ दिन बाट सम्झौता गर्ने कार्यक्रम सुरु हुने जनाइएको छ ।
प्रकाशित सूचना अनुसार अनुदानग्राहीको विवरण कृषि अनुदान कोष कार्यक्रम तर्फ बर्गिकरण १ (क) अन्तर्गत खाद्य तथा पोषण सुरक्षा, ब्यबसाय उन्मुख कृषि तथा नविन प्रविधि कार्यक्रमको लागि मूल्याङ्कन गरि चार लाख पाउने किसान १ सय जना, ६ लाख पाउने ६० जना र १० लाख पाउने किसानहरु २४ जना गरी कुल १ सय ८४ जना को निवेदन स्वीकृत भएको हो ।
मन्त्रालयले यस अघि सोही विषयमा कुनै पनि निकायबाट दुई बर्ष भित्र दुई लाख वा सो भन्दा माथि अनुदान लिएको भएमा उजुरी दिन समेत सबैमा आग्रह गरेको छ । यसतै यस अघि नै प्राप्त भएको अनुदान दुरुपयोग गरेको पाइएमा वा अन्य कुनै विशेष कारण भएमा पनि अनुदान रद्ध गर्न समेत सकिने जनाएको छ ।
अनुदान ग्राहीको सूचीमा परेका किसान, फर्म वा समुहले अनुदान प्राप्त गर्न नहुने कारण सहित कुनै पनि कारण भएमा सात दिन भित्र उजुरी गर्न सकिने जनाएको छ । जसको लागि ईमेल molmac.p5.gunaso@gmail.comp मार्फत पनि उजुरी गर्न सकिने जनाएको हो ।