बुटवल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना रुपन्देहीको देवहमा खाद्य मेला सुरु भएको छ । देवदह नगरपालिकाका सह-आयोजानमा भएको खाद्य मेलाको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्यान्नको स्वच्छतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाले सबैको सहकार्यबाट नै उपभोक्ताको स्वाथ्य लाई राम्रो बनाउन सकिने भन्दै यसमा सबैको ध्यान जानुपर्ने बताउनुभयो । । सानो लापरवाहीको कारणले पनि मानिसको स्वाथ्यमा ठुलो प्रभाव पार्ने भन्दै यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले खाद्यको सुरक्षाको सुनिश्चिताको लागि सबैसंग आग्रह गर्नुभयो । कार्यलयमा खाद्य प्रविधि तथा गुणस्तर कार्याय भैरहवाका प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्त बहादुर राईले परम्परागत पोषिला एवं स्थानिय खाद्य पदार्थको प्रबद्र्धन गरौ, असल पोषणका लागि खाने बानीमा सुधार गरौ भन्ने नाराका मेला आयोजना गरिएको जानकारी दिनुभयो ।
देवदह मण्डप घोडाहमा लागेको मेला स्टल र प्रवेश समेत निशुल्क हुनेछ । त्यसका अतिरिक्त स्टल राख्ने स्टललाई प्रति दिन १ हजार रुपैया दिने समेत कार्यालयले बताएको छ । मेलामा परम्परागत र जातिय परिकारहरु, स्थानिय खाद्य परिकार सम्बन्धी उद्योग र व्यवसाय, होम स्टे, खाद्य प्रविधि तथा पोषण स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु हुनेछन् ।
त्यसतै मेलामा घरेलु प्रशोधन उद्योग सम्बन्धी प्रविधि तथा उपकरणको प्रर्दशनी मा राखिएको छ । मेलामा राष्ट्रिय एवं स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने मेलामा भैरहेको छ ।
खाने बानी सुधारका लागि स्थानिय रुपमा उत्पादन तथा उपलब्ध हुने पौष्टिक महत्वका खाद्य पद्धार्थ बारे मेलामा जानाकारी दिने कार्यक्रम तय गरिएको छ । मेलामा साना घरेलु खाद्य उद्योगहरुः कृषि, पशु र बनजन्य स्रोतहरुबाट उपलब्ध हुने खाद्य पदार्थ प्रसोधन गर्ने , स्थानिय परम्परागत खाद्य पदार्थको सेवामा संलग्न होटेल होमस्टेहरु, स्थानीय जातजातीका परम्परागत परिकारहरुः सेल रोटी, थेकुवा, चिचिरि भात, घुङ्गी, खाद्य पोषण र प्रबिधिका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुः कृषि पोषण र खाद्य प्रबिधि कलेजहरु, पोषण ज्ञान सम्बन्धि सरकारी र गैर्हसरकारी संघ संस्थाहरु सहभागी छन् ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले खाद्यान्नको उत्पादन मात्रै नभएर यसको प्याकेजिङ्ग, व्यवस्थापन लगायतमा विशेष ध्यान दिनुपर्ने बताए । खाद्य प्रविधि गुण नियन्त्रण विभागका प्रमुख सञ्जीव कुमार कर्णको सभापतित्वमा भएको थियो ।