बुटवलमा सूचना प्रविधि प्रर्दशनी मेला सुरु

  • आईसिटी सिटी बनाउन सहकार्य गरौंं– मुख्य मन्त्री पोखरेल
  • बुटवल बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रर्दशनी क्यान इन्फोटेक मेला २०१९ सुरु भएको छ । मेलाको शुक्रबार प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभयो । मुख्य मन्त्री पोखरेलले क्यान नमुना प्रविधियुक्त सहर बनाउनको लागि प्रदेश सरकार जहिले पनि तयार रहेको बताउनुभयो । उहाले क्यान महासंलाई नमुना आईसिटी सीटी बनाउनको लागि आग्रह गर्दै जसको लागि प्रदेश सरकार सहयोग गर्न तयार भएको बताउनुभयो । उहाले भन्नुभयो–‘मेला महोत्सव भन्दा पनि एउटा नमुना सिटीको रुपमा आईसीटी सहर बनाउने तर्फ लाग्नुहोस्, हामी हातेमालो गर्न तयार छौ ।

    उहाले सस्तो खालको ल्यापत बनाउने परियोजना ल्याउनुको लागि आग्रह गर्दै त्यसमा सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाले भन्न्नुभयो–‘सस्तो खाले ल्यप्टप बनाउने परियोजना ल्याउनुहोस, पहिलो पटक सानो जिल्लाबाट सुरुवात गर्दै हरेक विद्यालयमा आईसीटीको कक्षा चलाउने गरी प्रदेश सरकारले जिम्मा लिन्छ । ’

    कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले डिजिटल नेपालको परिकल्पना सरकारले गरेको भएपनि सोही अनुसारको नीजि क्षेत्र संग सहकार्य गर्न नसकेको बताउनुभयो ।

    सरकार संग संमन्वय गरी अगाडी बढ्न सकिने भन्दै सबैको हातेमालो आवश्यक रहेको बताएका थिए ।यस्तै क्यान महासंघ नेपालका संस्थापक अध्यक्ष डा. विमल शर्मा क्यान संगको सहकार्यमा सरकारले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

    उहाले कुरा भन्दा पनि काममा जोड दिनको लागि सरकारलाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सरकारले पनि डिजिटल नेपाल निर्माणको लागि हातेमालो गरेको बताउनुभयो । प्रदेश भित्र रहेका विभिन्न जिल्लाहरुमा सूचना तथा प्रविधिकोक्षेत्रमा विस्तारै फड्को मार्दै गएको बताउनुभयो ।

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल बुटवलउपमानगरपालिकाका प्रमुख शिवराज सुवेदी, कमला बस्नेत कुँवर लगायतले बोल्नुभएको थियो । इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका एक सय बढी स्टल रहेको क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    ५ दिनसम्म बुटवको बुटवलमण्डपमा सञ्चालन हुने इन्फोटेकमा एक सय २५ स्टलको सहभागिता रहेको छ ।

     

     

    © 2024 krishipatra All right reserved