कृषि मन्त्री कुचो समाएर सडक आएपछि…

  • सडकको दायाँबायाँ आकर्षक लहरेदार फूलहरु रोप्ने योजना
  • बुटवल, प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश नम्बर ५ का विभिन्न स्थानमा सरसफाई गरिएको छ । जस अनुसार राजमार्गबाट सरसफाई अभियानको थालिन गरिएको छ ।

    बुटवलको पाखापानीमा मुख्य मन्त्री शंकर पोखरेलले सडक सफाई गरी अभारम्भ गर्नुभएको अभियान प्रदेश ५ का अन्य मन्त्रीहरुले समेत विभिन्न स्थानबाट सरसफाई गर्नुभएको हो ।


    भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री आरती पौडेलले नवलपरासीको बर्दघाटबाट राजमार्ग सरसफाइ अभियानको गर्नुभएको थियो । राजमार्गमा सफाई अभियानमा सयौंको संख्यामा स्थानिय जनता, सर्वसाधारण, विभिन्ने पेशा तथा व्यवसायमा संलग्न व्यवाक्तिहरुको सहभागीता रहेको थियो ।
    राजमार्गलाई सफा बनाउँदै सडकको दायाँबायाँ आकर्षक लहरेदार फूलहरु रोप्ने योजना प्रदेश प्रदेश सरकारले सरकारले बनाएको छ ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोहलपुर, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीले बर्दियाको भुरीगाउँ, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्दौटा, सामाजिक विकासमन्त्री सुदर्शन बरालले दाङको लमही बाट विहिबार सरसफाईको थालनी गर्नुभएको हो ।
    बुटवलको पाखापानी मनकामना चोकदेखि तिनाउ पुलसम्मको सडक क्षेत्र सफाइ कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितका जनप्रतिनिधि, प्रदेश सरकारका प्रमुख, सचिव, सचिवसहितका कर्मचारी, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलका उच्च अधिकारी र स्थानीय बासिन्दाको समेत सहभागिता थियो ।

    © 2025 krishipatra All right reserved