
बुटवल । प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएका कृषि मेला आज सकिएको छ ।
मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको कारोवार भएको बुटवल आयोजक संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनु भयो । उहाँले कृषिलाई प्रबृद्धि र किसानसंग जोड्न र व्यबसायिक बिकासलाई जोड दिएर मेला आयोजना गरिएको बताउनु भयो ।
मेलाको समापन गर्दै बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषिको व्यबसायिक बिकास बिना मुलुकको समृद्धि समृद्धि सम्भव नभएको बताउनु भयो । उहाँले कृषिको व्यबसायिक बिकासकालागि नगरपालिका लागि परेको बताउँदै बुटवलमा बृहत स्तरको थोक मन्डि निर्माण गरिने र आन्तरिक तथा बाह्य मुलुकबाट समेत आयात भएको तरकारी तथा फलफूल ग्रेडिङ् गरेर देशभर बिक्रि तिवरणको प्रवन्ध मिलाईने बताउनु भयो ।
पहाडी जिल्लामा पालन सुरु भएको खसी बोका लगायतका पशुजन्य उत्पादन संकलन गर्ने र किसानलाई समेत मालिक बनाएर बुटवलमा बधशाला सञ्चालन गरिने उल्लेख गर्नुभयो । प्रदेशको राजधानी बुटवलमा उद्योग र व्यबसायिक बिकास गर्ने तथा जिल्लाको ग्रामिण क्षेत्र कृषि बिशेष कार्यक्रम सञ्चालन गर्ने रणनीति नगरपालिकाले लिएको उल्लेख गर्नुभयो ।
मेलामा सहभागि स्टल मध्ये लुम्बिनी हाईड्रो पोनिक्स प्रथम, प्रेम निशा अल्लो धागो तथा तयारी पोशाक र गुप्ता नर्सरी द्वितीय, कृषि संग्रालय र माडी टर्की फार्म तृतीय तथा देउराली प्राबिधिक शिक्षालय, लुम्बिनी बोर्डिङ्, एग्रो पार्क एण्ड रिसर्च सेन्टर, नेपाल ट्रेड होस्ट प्राली, र नेशनल रेफ्रिजरेटर सान्त्वना भएको मुल्याङ्कन समितिका सदस्य बसन्त ढकालले बताउनु भयो । सहभागि मध्यबाट उत्कृष्ट भएका ती स्टललाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ ।
मेलामा कृषि उत्पादन तर्फ सहभागि भएका ८६ वटा स्टललाई विधागत रुपमा ११ विधामा विभाजित गरि प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय छनौट गरी पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषि तथा पशुपालन व्यबसाय गर्न चाहने किसानकालागि प्रदेश सरकारले किसानलाई बिशेष व्यबस्था गरेको बताउँदै त्यसबाट लाभ लिन किसानलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय कृषि बिकास निर्देशनालयका निर्देशक युगलकिशोर तिवारी, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनकुमार श्रेष्ठ, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनी लगायतले शुभकामना बोल्नु भएको थियो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजुले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने महासचिव दिनेशप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
त्यस अवसरमा मेला सञ्चालनमा सहयोग गर्ने सहयोगी व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिएको थियो । मुख्यमन्त्रि शंकर पोखरेलले माघ २१ गते उदघाटन गर्नु भएको मेलामा ६ दिनसम्म कृषि केन्द्रित अन्तरबिद्यालयस्तरीय बाद बिवाद, बक्तृत्वकला तथा कवितावाचन प्रतियोगिता, दुग्धपान प्रतियोगिता, मत्स्य बल्छि प्रतियोगिता तथा बिभिन्न गोष्ठि र माटो परीक्षण शिबिर सञ्चालन गरीएको थियो