बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु हुदै छ ।
बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
बिहान ११ बजे मेलाको एक समारोहका बीच मुख्यमन्त्रि पोखरेलले उदघाटन गर्ने आयोजक बुटवल उद्योग वाणिज्य संघका सचिव कमल पौडेलले जानकारी दिनुभयो ।
मेलामा कृषि सम्वन्धि एक सय २६ स्टल सहभागि हुदै छन ।मेलामा गाउका उत्पादनदेखि कृषिका प्रबिधिसम्म रहने संघका कार्यसमिति सदस्य तथा स्टल प्रवद्र्धन समितिका संयोजक अनुपमान सैजुले जानकारी दिनुभयो ।
मेलाका अवसरमा कृषि केन्द्रित प्रतियोगिता, अन्र्तक्रिया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरीदै छ ।
मेलामा प्रदेश नम्वर ५ को उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रबद्र्धकको भुमिकामा रहेका छन ।
२०६२ सालदेखि पहिलो पटक कृषि मेला आयोजना बुटवल उद्योग वाणिज्य संघले राष्टिय औद्योगिक व्यापार मेला आयोजना नगर्दाको बर्ष कृषि मेला गर्दै आएको छ । संघले बिशिष्किृत रुपमा आयोजना गरेको यस बर्षको कृषि मेला नवौ सस्करणको रहेको छ ।