देवदह प्रदेश ५ को पहिलो स्मार्ट कृषि गाउँ बन्दै

  • केही दिनमै उद्घाटन हुदै
  • बुटवल /प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउ सुभारम्भ गर्ने तयारी गरेको छ ।  मुख्य मन्त्री तथा मन्त्री परिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधी स्वीकृत भएपछि मन्त्रालयले यसको तयारी गरेको हो । प्रदेशका ५२ निर्वाचन क्षेत्रमा एक/एक स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने सरकारले यस अघि नै योजना अघि सारेको थियो । सोही अनुसार कार्यविधि समेत स्वीकृत भएको छ ।


    पहिलो चरणमा रुपन्देहीको देवदहमा स्मार्ट कृषि गाउँ मुख्य मन्त्री बाट नै अवको एक हप्तामा उद्घाटन गर्ने गरी कार्य अगाडी बढाइएको मन्त्रालयले जनाएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कार्यविधि मन्त्री परिषद्बाट स्वीकृत भएपछि कार्यलाई जोड तोडका साथ अगाडी बढाइएको जानकारी दिईन् ।

    प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले नमुना गाउँ निर्माण गर्ने योजना अगाडी बढाएको थियो । सोही अनुसार स्मार्ट कृषि गाउँमा किसानहरुले गर्ने खेती प्रणाली देखि लिएर, किसानको उत्पादन, बजारीकरण सम्मको कार्य पुरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडी बढाइएको हो ।

    कार्यक्रम सञ्चालनका लागि कृषि तथा भूमि व्यवस्थामन्त्रीको संयोजकत्वमा कार्यक्रम निर्देशक समिति गठन हुने व्यवस्था अनुसार अहिले कार्य अगाडी बढेको छ ।

    कृषि मन्त्री पौडेलले भनिन्–‘स्मार्ट कृषि गाउँको लागि ५२ वटै क्षेत्र छनौट कार्य सकिएको छ । अहिले ति गाउँको अवस्थाको बारेमा विस्कृत प्रतिवेदन बनाउने र के के क्षेत्रमा विकास गर्ने भन्ने विषयमा अध्यायन भैरहेको छ । ’ मन्त्री पौडेलका अनुसार स्मार्ट कृषि गाउमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कको समेट टिम परिचालन हुने छ । यस्तै कृषि विश्व विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको समेत समुहले सामाजिक परिचालन देखि लिएर त्यहाँको बस्तुस्थीतिको बारेमा जानकारी दिने छ ।

    सुरुवाती चरणमा छनौट भएको गाउँको माटो परिक्षण देखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने मन्त्रालयले जनाएको छ ।

    किसानहरुलाई व्यवसायीक रुपमा उत्पादन तर्फ डो¥योउानको लागि यो अवधारण अगाडी बढाइएको मन्त्रालयको भनाई रहेको छ ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का उप सचिव, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले नमुनाको रुपमा सुरुवात गरिएको गाउँबाट अन्य किसानहरुको लागि समेत सिक्ने थलोको रुपमा विकास हुने अपेक्षा व्यक्त गरिएको छ ।
    उनी भन्छन्–‘पहिलो चरणमा फाउन्डेसनको काम हुने छन्, ५२ वटा स्मार्ट कृषि गाउँले एउटा सन्देश पैदा गर्नेछ । ’ सोही अनुसार अन्य किसानहरुले समेत सिको गर्न सक्ने उनको अपेक्षा रहेको छ ।
    प्रदेश ५ को पहिलो देवहमा स्मार्ट कृषि गाउँ अर्गानिक
    अवको एक हप्तामा उदघाटन हुन लागेको देवदहको स्मार्ट कृषि गाँउलाई अर्गानिक गाउँको रुपमा सुभारम्भ गर्न लागिएको छ ।

    देवदह नगरपालिका वडा नं ९को बुद्धनगर प्रदेश ५ कै पहिलो गाउँको रुपमा विकास गर्न थालिएको छ । रुपन्देही क्षेत्र नं १ कृषि पकेट क्षेत्रका रुपमा विकास हुदै गएको सो क्षेत्रका प्रदेश सांसद डा।कृष्ण न्यौपाने को गाउँको रुपमा रहेको छ ।
    प्रत्येक निर्वाचन क्षेत्रका सांसादहरुले एउटा एउटा गाउँ स्मार्ट कृषि गाउँको रुपमा छनौट गर्ने छन् । सोही अनुसार पहिलो पटक प्रदेश ५ मा रुपन्देही क्षेत्र नम्बर १(१) का सांसाद डा. कृष्ण न्यौपानेको गाउँ छनौटमा परेको हो ।
    कृषि स्मार्ट गाँउमा किसान लाई सहयोग गर्न मल, बिउबिजन,संकलन र बजारीकरण गर्न सहकारी मार्फत काम गरिने सांसाद डा। कृष्ण न्यौपाने बताउँछन् ।-butwal today

    © 2022 krishipatra All right reserved