बुटवलको कृषि मेला भव्य बनाउने तयारी

  • बढि भन्दा बढि कृषि र प्रविधिसंग जोड्ने
  • बुटवल बुटवलमा आयोजना हुने कृषि मेला २०७५ लाई बढि भन्दा बढि कृषि र प्रविधिसंग जोड्ने प्रयास गरिने भएको छ । किसानहरूलाई अन्य कोरा शिक्षा भन्दा पनि किसानलाई बढि भन्दा बढि फाइदा पु¥याउने खालको मेलाको रूपमा विकास गर्न लागिएको हो ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा हुन लागेको मेलालाई बढि भन्दा बढि कृषि प्रविधि मेलाको रूपमा विकास गर्न लागिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम बहादुर हमालले जानकारी दिए ।

    उनका अनुसार कृषि जन्य उपजको प्रदर्शनी भन्दा पनि बढि जोड किसानले कुन प्रविधि प्रयोग गरेर कृषिजन्य उपज उत्पादन गर्न सफल भए भन्ने विषयमा मेला बढि केन्द्रीत हुने जानकारी दिए । माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको तयारी तीब्र पारिएको छ ।

    बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना हुने मेलाको तयारी अहिले तिब्र पारिएको छ । मेला आयोजना हुने स्थान बुटवल मण्डपमा मेला सचिवालय नै स्थपान गरेर प्रसार प्रसार देखि स्टल निर्माणको कार्य तिब्र पारिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले जानकारी दिए ।

    विगतका बर्षहरूमा बुटवल उद्योग बाणिज्य संघले एक्लै नै कृषि मेला आयोजना गर्दै आएकोमा यस बर्ष भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले समेत आयोजकको रूपमा साथ दिएको छ ।
    प्रदेश नम्बर ५ मा खपत हुने दधजन्य मासुजन्य फलफूलजन्य, तरकारी तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरूको व्यवसायीक उत्पादनतर्फ उन्मुख गराउने गराउने मुख्य उद्देश्य लिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालको भनाइ रहेको छ ।

    मेला आयोजक समितिको प्रसार प्रसार समिति संयोजक करुण खनाल ले अहिले प्रसार प्रसारको कार्य अनुसार विभिन्न स्थानमा तुल, ब्यानर, होडीङ्ग बोर्ड टास्ने देखि लिएर, माईकिङ्ग लगायतका किसानहरूसँग प्रत्यक्ष भेटघाट नै गरी कार्य अगाडी बढाइएको जानकारी दिए ।

    मेलामा बुटवललाई १५ उपजको बृहत संकलन केन्द्रको रूपमा स्थापित गराउँदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिँदै निर्यात प्रवर्द्धन गर्ने कृषि उद्यमी, व्यवसायी कृषक तथा सहकारी सस्थाहरूसँग अन्तरकिया, सवाल जवाफ, गोष्ठीको माध्यमबाट गुनासा एवं सुझाव संकलन गर्ने समेत कार्ययोजना अगाडी बढाइएको छ ।
    ६ दिनसम्म चल्ने मेलामा कृषि प्रबिधि, उत्पादन, कृषक समुह तथा कृषि संग सरोकार राख्ने करिब १ सय स्टल रहने छन् ।

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतगको कृषि विकास निर्देशनालयका अधिकृत दिपक भट्टराईका अनुसार मेलालाई प्रादेशिक मेलाको रूपमा विकास गर्न लागिएको छ । मेला मा सहभागी हुनको लागि प्रदेश ५ का सबै जिल्लाबाट किसानहरूको सहभागीता जुटाईने उनले जानकारी दिए । किसानले उत्पादन गरेका किसानले उत्पादन गरेका कृषि जन्य उपजहरूसँगै कृषि प्रविधिको प्रर्दशनी समेत मेलामा हुने छ । BY:butwal today

    © 2022 krishipatra All right reserved