८५ विघा बाँजो जग्गामा कृषि कर्म गर्दैै दुर्गेश यादव (भिडियो सहित)

  • एउटा सफलताको कथा
  • बुटवल पछिल्लो समय कृषिमा आफ्नो भविष्य सुरक्षित नदेखेर कृषकहरु अन्य क्षेत्रमा पलायन हुँदै गईरहेको अवस्थामा गैडहवा गाउँपालिका हसनापुरमा एक यादव परिवार अपवादका रुपमा देखा परेको छ । गाउँपालिकाकै हसनापुर माध्यमिक विद्यालयको ८५ विगा जग्गा करारमा लिई एकीकृत कृषि प्रणालीलाई आंगालेको सिंगो यादव परिवार आधुनिक कृषीको सपनालाई साकार पार्न लागिपरेको छ ।

    विद्यालयले उचित रुपमा उपयोग गर्न नसकेर व्यवारिसे बनेको जग्गालाई विगत ६ बर्षदेखि यादव परिवारले करार(लिज)मा लिएर माछा पालन, भैंसि पालन, बाख्रा पालनलगायत अर्गानीक तरकारी उत्पादन गरि मनग्य आम्दानी गरिरहेको छ । बर्षेनि साढे ६ लाख रुपैंया तिर्ने गरि लिजमा लिएरको ४६ विघा क्षेत्रफलमा एकीकृत कृषी गरिरहेका छन् भने छिट्टै नै थप १२ विगाहा क्षेत्रफलमा खेतिपाती विस्तार गर्ने योजनामा छन् ।

    करिव ५ बर्ष अगाडी यादव परिवारका बाबु नारदमुनी यादवले आरम्भ एकीकृत कृषी फर्मको नाममा दर्ता गरि व्यवाासयीकरुपमा खेतिपाती गर्न सुरु गरेका थिए । तर अहिले बाबुले गर्दै आएको परम्परागत कृषीलाई आधुनिक बनाई ठूलो आकार दिन तिन भाई छोराहरु लागि परेका छन् ।

    छोराहरु मध्यका माहिला छोरा दुर्गेश यादव दाङमा रहेको पृथु कृषि क्याम्पसमा कृषि विषय अध्ययन गर्छन् । बाबुहरुले गर्दै आएको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरि आधुनिक प्रणालीमा लैजानकै लागि उनले कृषि विषय छनौट गरेका हुन् । ‘बाबुले गर्दै आएको कृषीलाई रोजीरोटीका रुपमामात्र नभई आधुनिकिकरण गर्ने योजना छ ।’ यादव भन्छन्,‘अव कृषीमात्र होईन प्यासन नै भैसक्यो ।’ हुन पनि हो । यति ठूलो क्षेत्रफलमा कृषीलाई अंगालेका उनिहरुले हाल बर्षेनि डेढ करोडको कारोबार हुन्छ ।
    यादव परिवारले अहिले ५ हेक्टर क्षेत्रफलमा माछा पालन गरेका छन् । उनिहरुले गर्ने आम्दानीको मुख्य हिस्सा माछा पालनको छ । त्यस्तै फर्ममा ५६ ओटा भैंसि र ५० ओटा बाख्रा रहेका छन् । आम्दानीको अर्कोठूलो स्रोत भनेको तरकारी खेती हो । उनिहरुले फुलगोवी, काउली, धनियाँ, प्याज, खुर्सानी लगायतका तरकारीहरु उत्पादन गररहेका छन् । कृषि फर्मबाट बर्षेनि ३० देखि ४५ लाख सम्म आम्दानी हुने गरेको छ ।

    दुर्गेशको जस्तै उनका दाई गर्जेश यादवको पनि सपना उहीँ हो । चितवन रामपुरमा भेटेनरी पढीरहेका उनले पनि कृषि आधुनिकिकरणलाई आफ्नो मुख्य ध्येय बनाएका छन् । कृषिबाट युवा पलायन हुने समाचारहरु आईरहँदा कृषिमा आफ्नो करिअर बनाउन लागी परेको यो यादव परिवार उदाहरणिय छ ।
    उनिहरुले देखेको यो सपना साकार हुन भने पक्कै सजिलो छैन । पछिल्ला समयमा युवा उद्यमशीलताको विकास गर्ने विषय चौतर्फी रूपमा उठिरहेपनि यी नारा र कार्यक्रमबाट युवाहरुले खासै लाभ पाउन सकेका छैनन् । अहिले फर्म संचालन गरिरहेका माहिला छोरा दुर्गेश यादव यो कुराले केही चिन्तीत छन् । उनलाई गरिरहेको कामबाट आफुृ विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । यस्को मुख्य कारण हो–उत्पादनले बजार नपाउनु ।
    आफ्नो उत्पादनको मुल्य भारतबाट आयातित कृषी उपजभन्दा धेरै भएपछि उनि चिन्तामा परेका हुन् ।

    http://https://www.youtube.com/watch?v=w8XBUEzUDEA

    कृषिमा ‘करिअर’ बनाउन लारिपरेकाहरुलाई भारतबाट आयातीत सस्तो मुल्यका कृषि उपजहरुले आजित पार्ने गरेको यादवको भनाई छ । उनले त्यस्ता आयातलाई रोकेर स्वदेशि उत्पादनलाई बढावा दिने कार्यक्रम नहुँदा सम्म कृषी उद्यमशिलता नारामा मात्रै सिमित रहने बताउँछन् । त्यतीमात्र होईन लगानी गर्न बैंकबाट कर्जा पाउन नसक्नु अर्को ठूलो चुनौती रहेको उनि बताउँछन् । निती निर्माताहरुले कृषक मैत्री वित्तिय प्रणाली ल्याउन नसकेको उनको आरोप छ । उनि सुनाउँछन,‘कर्जा लिन जाँदा निकास नभएको जग्गा धितो राख्न मिल्दैन भन्छन् । तर सबै किसानहरुले निकास भएकै जग्गामा खेति गर्छन् भनने त छैन नी ।’
    ‘किसानले उचित मुल्य र आफुमैत्रि मैत्रि वित्तिय निती नपाउँदा कृषि पेसाबाटै निरुत्साहित हुनु पर्ने अवस्था त आउने होईन ?’ यो सधैं खट्कीरहने प्रश्नहो उनको मनमा ।

    © 2024 krishipatra All right reserved