
बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघ बुटवलमा संयुक्त आयोजानमा हुने कृषि मेलाको तयारी तिब्र पारिएको छ । माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको तयारी तिब्र पारिएको हो ।
मेला तयारीका क्रममा मेलास्थल बुटवलमण्डपमा आज आईतवार सचिवालय स्थापना गरी स्टल दर्ता सहित स्टल निर्माण तथा अन्य तयारीका काम तिब्र पारिएको छ ।
६ दिनसम्म चल्ने मेलामा कृषि प्रबिधि, उत्पादन, कृषक समुह तथा कृषि संग सरोकार राख्ने करिव १ सय स्टल रहने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले जानकारी दिए ।
मेलाका अवसरमा कृषि केन्द्रित प्रतियोगिता, अन्र्तक्रिया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरीने छ ।
मेलाको बुटवल उपमहानगरपालिका सहित छिमेकी नगरपालिकाहरुले प्रबद्र्धकको भुमिका निर्वाह गर्ने छन