पहाडी जिल्लामा माछापालन प्रविधि सफल

  • बार्षिक ४ लाख बढि आम्दानी गर्दै ज्ञवाली
  • बुटवल: पहाडी जिल्लामा तापक्रमको हिसाबले माछापालन त्यति उपयुक्त मानिँदैन । माछाको वृद्धि सहज रूपमा नभएपनि गुल्मी जिल्लाका एक किसानले व्यवसायीक माछा पालनको ‘शाहस’ गरेका छन् ।

    चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछा पहाडी जिल्लाहरूको बग्ने पानीमा उपयुक्त हुन्छ । तर गुल्मी जिल्लाको गुल्मी जिल्लाको रुरु गाउँपालिका–४ बलेटक्सारका किसान कृष्ण ज्ञवालीले अन्य सामान्य प्रजातिका माछाहरू पालन गरी राम्रो आम्दानी गरेका छन् ।
    आम्दानी मात्रै होइन, उनको फर्म हेर्न आउने किसानहरूको लागि ‘पाठशाला’ नै भएको छ ।

    पहाडी जिल्लामा व्यवसायीक रूपमा माछापालन गरी राम्रो आम्दानी गरेका छन् । पहाडी जिल्लामा माछापालन गर्न सहज छैन भन्ने मान्यतालाई तोड्दै उनले गाउँमा माछा संगै तरकारी खेती समेत गरेर उदाहरण पेश गरेका छन् ।
    गुल्मी जिल्ला मध्य पहाडी जिल्ला अन्तर्गत पर्ने जिल्ला हो । भौगोलिक विकटताको साथै माछापालनको लागि उचित वातावरण छैन । तर पनि यहाँका एक किसानले पहाडी क्षेत्रमा नै माछापालन गरी राम्रो उदाहरण पेश गरेका हुन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका –४ का किसान कृष्ण ज्ञवालीले विभिन्न प्रकृतिका माछा पालन गरी राम्रो आम्दानी गरेका हुन् ।

    ४२ बर्षसम्म शिक्षण पेशामा लागेका ज्ञवालीले विगत लामो समयदेखि शिक्षण पेशासँगै कृषि कर्मलाई अगाडि बढाइरहेको बेला शिक्षण पेशाबाट अवकास लिएर व्यवसायिक रूपमा नै माछापालन तथा तरकारी खेतीमा लागेका हुन् । ‘श्रीकृष्ण कृषि एवं पशुपालन फर्म ’स्थापना गरी विगत ४ बर्ष देखि माछापालन गर्दै आएको उनको भनाई रहेको छ । वि.सं. २०५६ सालमा जिल्ला कृषि विकास कार्यालयमा फर्म दर्ता गरेका ज्ञवालीले अहिले माछापालन सँगै तरकारी खेती समेत गर्दै आएका छन् ।
    ११ वटा पोखरी निर्माण गरी ज्ञवालीले विभिन्न जातका माछाहरू पाल्दै आएका हुन् । उनले पोखरीमा हाल कार्प जातका सबै, कमन कार्प, विगहेड कार्प, ग्रास कार्पका साथै रहँु , नैनी भ्याकुर र माँकुर जातको माछा पाल्दै आएका हुन् ।

    चिसो मौसमको कारण माछाको वृद्धि विकास समय अनुसार नभएपनि माछा स्वादिलो हुने गरेको कारण ग्राहकहरूको कमी नभएको उनको भनाइ छ ।
    ज्ञवालीले उत्पादन गरेको माछा र अन्य तरकारी जन्य उत्पादनहरू सबै स्थानिय बलेटक्सार बजारमा नै विक्रि वितरण हँुदै आएको छ । चिसो पानीको माछा भएको कारण कतिपय माछाका पारखीहरू घरमा नै गएर माछा किनेर ल्याउने, खाने गरेको उनी बताउँछन् ।

    कुल २३ रोपनी क्षेत्रफलमा माछा पोखरी निर्माण गरेका ज्ञवालीले फलफूल, आँप, नासपाती, लगायतका फलफूल समेत रोपेका छन् ।
    उनी भन्छन्–‘यसलाई एउटा नमुना फर्मको रूपमा विकास गर्ने योजना रहेको छ । ’ प्रदेश सरकार र स्थानिय निकायको थप सहयोग भएमा अझ यसलाई विस्तार गर्ने योजना रहेको ज्ञवाली बताउँछन् ।
    गत बर्ष तरकारीमा काउली मात्रै करिब २० क्विन्टल बेच्न सफल भएको ज्ञवालीको भनाइ रहेको छ । यस्तै माछा गत बर्ष ८ क्विन्टल सम्म बिक्री गर्न सफल भएका छन् । एक बर्षमा करिब ४ लाख रूपैयाँ सम्मको आम्दानी गर्दै आएका ज्ञवालीले आफ्नो फर्मलाई मत्स्य पर्यटकको हवको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउछन ्।

    उनले पालेको माछा हेर्नको लागि विभिन्न सरकारी, गैरसरकारी निकायबाट व्याक्तिहरू, प्रदेश सरकारका मन्त्रीहरू समेत पुगेका छन् । नमुनाको रूपमा पालन गरिएको माछापालन प्रविधि अन्य किसानहरूकोलागि पनि सिकाईको थलो बन्न सक्ने बताइएको छ ।
    (बुटवल टुडेबाट)

    © 2024 krishipatra All right reserved