यसरी कमाउन सकिन्छ बोनसाइबाट लाखौं रुपैयाँ

तपाईं हामी अधिकान्शलाई अचम्म र अनौठो लाग्न सक्छ कि कुनै एउटा गमलामा हुर्काएको बिरुवाको मूल्य ५०० देखि ५०,००,००० भन्दा धेरै पर्न सक्छ है भन्दा । तर अचम्म मान्ने कुरा नै छैन । त्यो एउटा बिरुवालाई सुन्दरता प्रदान गर्ने कला मात्र हो । यसलाई सन्सार भर बोन्साई नामले चिनिन्छ । झण्डै ४०० बर्ष भन्दा बढी पुरानो सल्लाको प्रजातिको बोनसाई सन्सारको महङ्गो बोनसाईमा पर्छ । जसको मुल्य जापानमा १.२ मिलियन डलर भन्दा धेरै छ ।

नेपालमा पनि बोनसाइका बिरुवा ह’र्काउने प्रचलन केहि नर्सरीहरु र बिरुवाका सौखिनहरुले घरको छतमा गरिरहेको पाइएतापनि व्यसायिक रुपमा नै फस्टाएको भने खासै पाइदैन । नेपालमा यसलाई १५००० देखि १ लाख सम्ममा बेचिरहेको यदाकदा सुन्न भने पाइन्छ ।

काठमाण्डौ जस्ता सहर जहा जमिनको अभाब छ र हरियाली बिरलै देख्न पाइन्छ त्यस्तो ठाउमा घरलाई प्राकृतिक सुन्दरता प्रदान गर्न मानवीय तथा प्राकृतीक दृस्टीकोणबाट यो निकै लाभदायीक मानिन्छ । केहि समय अगाडी जापानमा सम्पन्न अन्तरास्ट्रिय बोनसाई सम्मेलनमा पनि झन्डै १ करोण तिस लाख बरावरको बोंसाई प्रदशनमा राखिएको थियो ।


सामान्यतया बोन्साईको अर्थ हुन्छ कुनै सानो गमलामा एउटा ठूलो बिरुवालाई त्यसको प्राकृतिक झल्को वा विशेषता नबिग्रने गरि कलात्मक ढंगले सुन्दर सजावट दिई बिज्ञानको उपयोग गरेर बिरुवा हुर्काउनु । प्राचीन समयमा चिनको पेन्जिङ कला सभ्यताबाट उत्पती भएर जापानबाट छैठौ सताब्दी देखि त्यहाका बुद्दिज्म बिध्यार्थिको पालादेखी बोन्साई बिरुवा प्रचलनमा आएको पाइन्छ ।

बिरुवा पनि एउटा क्यानभास हो । जस्लाई आफ्नो सोच अनुसारको आकारमा परिवर्तन गर्न सकिन्छ । जापनिजहरु यसलाई “जिवित कला“को रुपमा लिन्छ्न । हेर्दा सानो र होचो देखियता पनि यो कुनै आनुबान्शिक प्रक्रियामा परिवर्तन ल्याएर हुर्काइएको तरिका नभई विभिन्न कलात्मक तरिकाहरुको प्रयोग गरेर बिरुवालाई सानो आकारमा बिरुवाको पहिचान पुरै झल्किने गरि तयार गरिने विधि हो ।

यसरी हुर्काइएका बिरुवाको आयु ७०० बर्श भन्दा बढी हुने गर्छ । सहरीकरणको बढ्दो चापले गर्दा प्राकृतिक सुन्दरता हराउँदै गएको अवस्थामा घरमै प्राकृतिक कलात्मक सुन्दरतासङ झुम्न बोन्साई एउटा उतम विकल्प रहन सक्छ । यो एउटा पुरानो तरिकाको बागवानी कला हो जसमा ट्रे, सानो गमला, गोबर मल वा अन्य मल, माटो ,बिरुवा आदि सामान्यरुपमा प्रयोग गरिन्छ । सानो भाडामा ठुलो बिरुवालाई हुर्काइने हुदा यसमा काटछाटको विशेष महत्व रहन्छ । बिरुवा उमार्न अन्य बिरुवा जस्तै सजिलो भयपनी धेरै ध्यान र कला एवम आधारभुत ज्ञान चाहिन्छ ।

बिरुवालाई आफुले चाहे जस्तो आकार स्वरुप दिनलाई बर्षभरी नियमित हेरचाह, हागाबिगा तथा जराको उपयुक्त तवरमा काटछाट, र सिंचाइको ब्यवस्था हुनुपर्छ । यदि आफुले नसकेमा समय समयमा नर्स्रिबाट बिज्ञ बोलाएर पनि यी गृहकार्य गर्न सकिन्छ । यदि प्रकाशको प्रयाप्तता छैन भने बर, पिपल, स्वामी जस्ता धेरै पातहरु भएका बिरुवा प्रयोग गर्न सकिन्छ । फल लाग्ने र फुल फुल्नेको लागि प्रशस्त प्रकाश तथा उज्यालोको आवश्यकता रहन्छ । हामिले बोन्साईको रुपमा बौगेनभिलिया, सुन्तला, कागतिहरु, अनार, आँप ,जस्तै थुप्रै प्रजाती उमार्न सक्छौं ।

सुन्दर बोन्साई बनाउनका लागि महिनौ समय लाग्छ । हागाबिगालाई उपयुक्त तरिकाले ट्रेन्ड गरि आल्मुनियम वा कप्परको तारले बाधेर आफुले चाहेको आकारमा लैजान सकिन्छ । यसरि सबै आधारभुत विधि अपनाएर बोन्साई तयार पारेपछी यसको मूल्य सौन्दर्यता र उमेरको किसिमले सामान्य ५०० देखि ५ करोण वा सो भन्दा माथी पर्न सक्छ ।

हिजो आज घर,अफिस ,महलहरु, बगैचाको सुन्दरता बढाउन तथा भित्र वा बाहिरी सजावटका निमित्त यसको माग बिश्वमा मात्रै नभएर नेपालमा पनि आकर्षणको रुपमा अघि आएको पाइन्छ । काठमाडौ पोखरा लगायत केही ठाउँमा आफ्नै घरको छतमा कतिपयले ब्यवसायकै रुपमा अघि बढाएका छ्न त कतिपयले बगैचामा प्राथमिकताका साथ राखेका पनि छ्न ।

बिस्वमा हेर्ने हो भने अहिले सम्मको सबैभन्दापुरानो जिवित बोन्साई जापनिज सेतो धुपी सल्लाको प्रजाती मानिन्छ जसलाई गोयोमात्सु नाम दिएको छ । यस्लाई जापानको टोकियो शहर स्थित इम्पेरियल प्यालेसमा रास्टृय सम्पदाको रुपमा राखिएको छ । यो झण्डै ५५० बर्ष पुरानो मानिन्छ । जसको उचाई ८१ से.मि छ ।

यसलाई सन्सारका गार्डेनहरुको मास्टरपिसको रुपमा लिइन्छ । यसको बलियो फेद राम्रो सन्तुलन र कलात्मक आकर्षकले जापनिज इतिहास र प्रकृति प्रतिको झुकाबको झल्को दिन्छ । नेपालमा पनि यस्तो प्राकृतिक कलात्मक शैलिलाई सजिलै बिस्तार गर्न सकिन्छ ।

 पक्लिहवा कृषि क्याम्पस, भैरहवा रुपनदेही

© 2022 krishipatra All right reserved