ब्रोकाउली खाँदा, क्यानसर बाट बचिने

  • क्यान्सरबाट बचाउँछ
  • विशेष गरी हिउँदको समयमा पाइने ब्रोकाउली स्वादिलो तरकारी मात्रै होइन, यो भिटामिन के र सी को राम्रो स्रोत पनि हो ।

    ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पनि पाइन्छ । यसमा पाइने भिटामिन सी ले शरीरमा टिस्यु तथा हड्डीका लागि चाहिने तत्व उत्पादनमा सहयोग गर्छ, जसका कारण चोटपटक निको हुन सहयोग गर्छ । यस्तै भिटामिन सी एन्टिअक्सिडेन्टको राम्रो स्रोत पनि भएकाले शरीरलाई फाइदा गर्छ ।

    पकाउने तरिकाले फरक पार्छ
    ब्रोकाउली कसरी पकाइन्छ भन्ने कुराले त्यसबाट पाइने भिटामिन तथा अरु तत्वको अवस्था निर्धारण हुन्छ ।

    ब्रोकाउली उमालेर वा मज्जाले पकाएमा त्यसमा रहेको ९० प्रतिशत भिटामिन तथा अरु तत्व बाहिर जान्छ वा झोलमा मिसिन्छ । तर बफाउने, रोस्ट गर्ने, फ्राइ गर्ने वा माइक्रोवेभमा पकाउने गरेमा ब्रोकाउलीमा रहेका पौष्टिक तत्वहरु अधिकांश मात्रामा जोगिन्छन् ।

    इतिहास
    ब्रोकाउली रोमन साम्राज्यका बेला बन्दाकोभीबाट विकास गरिएको हो । यसलाई रोमनहरुले खुब स्वादका साथ खाने गर्थे । यसको नाम इटालियन शब्द ब्रोकोलोबाट आएको हो ।

    फाइदाहरु
    ब्रोकाउलीमा भिटामिन तथा अरु पोषण तत्व हुने भएकाले यसले पोषणमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा हुने बायोएक्टिभ कम्पाउण्डले शरीरमा हुने संक्रमणलाई रोक्न सहयोग गर्छ । यस्तै घाउहरु सुन्निन तथा संक्रमण हुन दिँदैन ।

    यस्तै बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिकाहरु मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले काम गर्छ ।

    ब्रोकाउली स्तन क्यान्सर, आन्द्राको क्यान्सर, मृर्गौलामा हुने क्यान्सर, ब्लाडरमा हुने क्यान्सर तथा प्रोस्टेट क्यान्सरको सुरक्षा कवच पनि बन्न सक्छ ।

    ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न पनि सहयोग गर्छ । यस्तै मुटु सम्बन्धी समस्या कम गर्न वा त्यसको जोखिम कम गर्नका लागि पनि ब्रोकाउली उपयुक्त हुने देखिएको छ ।

    यसैगरी ब्रोकाउलीमा भएका तत्वका कारण मस्तिष्कको क्रियाशिलतामा कमी आउने क्रम कम हुन्छ ।

    (यो सामग्री ग्रिन मेड इन्फो, हेल्थ लाइन र हेल्थी इटिङ्गको सहयोगमा तयार पारिएको हो ।)

    © 2024 krishipatra All right reserved