व्यवसायिक कुखुरा पालन व्यवस्थापन तालिम प्रदान

बुटवल, नेपाल भेटनरी एसोसियसन प्रदेश नम्बर ५ को आयोजनामा ३ दिने ब्यवसायिक कुखुरापालन तथा व्यवस्थापन तालिम प्रदेश ५ को बुटवलमा सम्पन्न भएको छ पशुपन्छीका क्षेत्रमा काम गर्दै आइरहेको यस सस्थाले बिभिन्न समयमा यस क्षेत्रमा भेटनरी संग सम्बन्धित बिषयहरुको बारेमा प्राबिधिक तथा ब्यवसायिक योजनाहरु अनुरुप कृषकको हितमा काम गर्दै आएको छ २०७५ माघ ३, ४, र ५ गते सम्म चलेको उक्त व्यवसायिक तालिममा कुखुरापालक कृषक, कुखुरा पालन गर्न नबिन सोच बनाइरहेका युवाहरुको उपस्थिति रहेको थियो देशलाई मासुमा आत्मनिर्भर बना उने सरकारको योजनालाई सहयोग पुर्याउन र प्रदेश ५ लाई भेटनरीका क्षेत्रमा सक्षम पुर्याउने लक्ष्य राखेको भेटनरी डाक्टहरुको यो एसोसियसनले उधमशिल्ताको सोचलाई बिस्तार गदै पल्ट्रि व्यवसायमा देखा पर्ने चुनौतिहरु, रोगको व्यवस्थापन, भ्यालु एडका नया तरिकाहरु, जैबिक सुरक्षाका प्राबधानहरु, स्वस्थ मासु उत्पादन तथा बजारीकरण आदि बिषयहरुमा सहभागीहरुलाई तालिम प्रदान गरिएको थियो

पोल्ट्री क्षेत्रमा लामो समय देखी अनुभव प्राप्त विशेषज्ञबाट व्यवसायिक कुखुरापालनका सम्भावना, नविनतम प्रविधी प्रयोग सहितको समग्र व्यवस्थापनपक्ष र यसका चुनौतिहरु समेटेर तालिम संचालन गरिएको कुरा संयोजन समिती सदस्य डा. युवराजपन्थले बताउनु भयो ।
सहभागीहरुलाई प्रयोगात्मक सिकाइको लागि कुखुरा खोर भ्रमण गराएकोले, सिकेका कुरालाई व्यवहारमा उतार्न सहज पुग्ने कुरा उक्त एसोसिएसनका अध्यक्ष डा. अर्जुन चापागाईंले जानकारी गराउनुभयो । उपयुक्त व्यवस्थापन अवलम्बन गरी व्यवसायलाई मुनाफा केन्द्रितबनाउन यस तालिमले सहयोग पुर्याउने भनाइ तालिम संयोजक डा. उत्तमआचार्यको रहेको छ । कुखुरा पालन लगाएतका अन्य पशुपन्छी संग सम्बन्धित बिषयहरुको बारेमा सबैसंग सहकार्य गरेर दिर्घकालिन योजनाहरुअनुसार कार्य गर्दै जाने कार्यक्रम संयोजकले बाताउनु भयो

© 2025 krishipatra All right reserved