बुटवल, नेपाल डेरी एशोसिएसनको २० औं वार्षिकउत्सवको अवसर पारेर अनाथ, अपाङग र वृद्धवृद्धाहरूलाई खाना खुवाइएको छ । एशोसिएसनले सोमबार बुटवल–८ शुख्खानगरस्थित मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा, अपाङग र अनाथलाई खाना र दूध खुवाइएको थियो ।
त्यसको शौजन्य नेपाल डेरी एसोसिएनसका पूर्व अध्यक्ष मेघराज भण्डारीले गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाज रूपन्देहीका अध्यक्ष डि. पि. खनाल ले सेवा नै धर्म रहेको बताए । उनले सडकमा हिडने अनाथहरूको संरक्षण गर्ने दायित्व सबैको भएको बताए । कार्यक्रममा नेपाल डेरी एशोसिएन प्रदेश नम्बर पाँचका संयोजक कृष्ण भट्टराईले राज्यले किसानका समस्या समाधान गरे मात्र देशको कृषि क्षेत्रले फड्को मार्ने बताए ।
उनले त्यसको लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए । सो अवसरमा पूर्व अध्यक्ष भण्डारीले हरेक व्यक्तिले केही न केही सामाजिक कार्य गनुपर्ने बताए । कार्यक्रमको सञ्चालन नेपाल डेरी एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीले गरेका थिए ।