राष्ट्रिय सहकारी नीति कार्यान्वय जरुरी–मन्त्री अर्याल

  • सहकारी व्यवस्थापन गर्न कानुन निर्माण गर्दछौः मन्त्री पौडेल
  • बुटवल राष्ट्रिय सहकारी नीतिको कार्यान्वय तथा प्रदेश एवं स्थानिय तहको भुमिका विषयक प्रादेशिक गोष्ठी बुटवलमा सुरु भएको छ । सहकारी क्षेत्रको प्रबद्र्धनमा राष्ट्रिय सहकारी नितीको कार्यान्वयन सम्बन्धी गोष्ठीको आयोजना गरीएको हो । गोष्ठीको भुमि व्यवस्था, सहकारी तथा गरिवी निबारण मन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गरिन ।

    सो अवसरमा बोल्दै उनले जनता संग प्रत्यक्ष पहुँच सहकारी बाट भएको भन्दै जनताको आर्थिक उपार्जनमा सहकारीले लगानी गर्नुपर्ने बताईन् । उनले सहकारीलाई राम्रो संग परिचालन गरेमा अर्थतन्त्र अझ मजबुद हुने बताईन् । संघियताका कारण कानुनमा केही जटिलता देखिएपनि त्यसको समधान गर्दै सहकारीलाई अझ मजबुद बनाउने उनको भनाई छ । मुलुक एकिकृत भएपनि स्वरुप संघि रहेको भन्दै स्थानिय, प्रदेश र संघिय सरकार बीच तालमेल भएमा मात्र समृद्धि नेपाल, खुसी जनता हुने उनले बताईन ।

     

    त्यसैगरी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको भन्दै आवश्यक सुझाव दिन आग्रह गरिन । अर्थतन्त्रको एउटा खम्बा सहकारी भएकाले सहकारीको अनुगमन, नियमन र पुजी परिचालनमा सरकारले विशेष ध्यान दिने बताईन ।
    राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले संघीय सहकारी ऐन र स्थानिय सहकारी ऐनका कतिपयबुदाहरु बाझिदा दुविधा उत्पन्न भएको बताए । उनले प्रदेश र स्थानिय तहमा छुट्टै डेक्स स्थापना हुनपर्ने बताए । उनले कानुन निर्माण गर्दा सरलीकृत छुट, सुविधा र सहुलियतको व्यवस्था, जोखिम व्यवस्थापन, एकिकरणका लागि प्रोत्सान तथा विगठनको व्यवस्था हुनुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, राष्टि सहकारी महासंघका सञ्चालक रविन्द्र्र केसी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी लगाएतले बोलेका थिए ।

    © 2024 krishipatra All right reserved